Sunday, February 7, 2016

सेतीपोखरी पर्यटन पदमार्ग निर्माण अभियानका चरणहरु

पहिलो चरणः
२०५५ सालतिर मकालु बरुण राष्ट्रिय निकुञ्जका गस्टी टिमसंग सोलुखुम्बु छेस्कामको भुकुर, केन्पाहुदै भालुखोपसम्म जाने अवसर पाईएको थियो । त्यसको ३ वर्षपछि २०५८ सालमा लुक्लाबाट सेतीपोखरी उपत्यका हुदै ट्रेकिङ जाँदा उक्त उपत्यकाबाट केन्पा क्षेत्र र छेस्कामको मुद्विखर्क नजिकै भएको तर बाटो नभएकोले पर्यटकहरु तल्लो सोलुखुम्बुको बुङ, छेस्काम जान नसकेको कुरा थाँहा पाईयो । त्यसक्षेत्रमा नयाँ पर्यटनमार्ग सम्भव छ कि छैन भनेर अध्ययन गरियो । त्यसक्रममा वर्षा याममा उक्त क्षेत्रमा भेडा र याक चौरी लाने गोठालाहरु र जडीभुटी संकलन गर्न जाने स्थानीयहरु प्रायजसोलाई सोधियो । कलेज पढ्दै गर्दा काठमाडौंमा यसलाई बहशको एउटा विषय बनाईयो । बिस्तारै गाँउमा पनि यो विषयले ठाँउ पायो । २०६७ तिर दुर्गम क्षेत्र विकास समिती मार्फत थोरै बजेट निकाशा भयो । धु्रब धन कुलुङ (पछि लिला चतुर कुलुङ) को नेतृत्वमा उक्त बजेटले केही बाटो खन्ने कार्यको शूरुवात भयो । २०६६ तिर बुल्तुसुम बुङका नागेश्वर कुलुङको सहयोगमा यो पदमार्गबारे बुङ जनकल्याण केन्द्रको मुखपत्रमा एउटा लेख छापियो । लेख छापेको १ वर्षभरी कुनै प्रतिक्रिया आएन । बाटो बनाउन सम्भव हुने कि नहुने बजेट बिनियोजन हुन थाल्यौ । अलि डर लाग्न थाल्यो । 

दोस्रो चरणः
खोटाङका सगरमाथा आरोही नाम्गेल शेर्पाले पनि केन्पा र मुद्विदेखि सगरमाथा जाने त्यही पदमार्गको सम्भावनाहरुबारे अध्ययन अनुसन्धान गर्दै आईरहेका रहेछ । काठमाडौंमा उहाँसंगको भेटपछि म पहिलोपटक ढुक्क भएँ उहाँले त्यो यात्रा गरिसक्नु भएको रहेछ । सोलुखुम्बु बुङका अर्का ट्रेकिङ ब्यवसायी मिलन कुलुङले पनि दुईजना अमेरिकन रिसर्च टिमसंग उक्त क्षेत्र गएको र बाटो बनाउन सम्भव भएको कुरा बताएपछि म पुर्णरुपमा ढुक्क भएँ । सगरमाथाको शिखरबाट फोहरहरु बटुलेर ल्याउने नाम्गेल यस अभियानको माहिर नेता थियो । हामीले संगै यसका लागी काम गर्ने योजनाहरु बनाएको थियौं तर त्यही साल उहाँको सगरमाथामै दुखत निधन भयो ।

तेस्रो चरणः
२०६८ तिर सोलुखुम्बु लोखिमका पत्रकार छिरिङ शेर्पा संग यस पर्यटन पदमार्ग सम्भावनाको बारेमा छलफल भएपछि उहाँले एभ्युन्युज टेलिभिजनका यात्रा कार्यक्रम उत्पादक रामशरण माझीसंग चिनाईदिने बचन दिनुभयो । उहाँसंगको पहिलो भेटमै त्यसक्षेत्रको छायाँकन तत्काल गर्न जाने प्रस्ताव आयो । स्थानीयको तर्फबाट सम्पुर्ण व्यवस्थापनको जिम्मा र प्राविधिक खर्च सहित करिब २ लाख पचास हजारको जोहो गर्नुपर्ने थियो । कहाँबाट खर्च गर्ने भन्ने एक पैसा बजेट थिएन तर स्थानीयको तर्फबाट सम्पुर्ण व्यवस्था गर्ने बचन दिएर बैठक टुगिंयो । गा.वि.सको बजेटबाट उक्त पदमार्गको लागत सर्वेक्षण गर्ने भनि छुटाईएको रकमबाट केही मिल्छ कि भनेर सोधियो तर भएन । बचन अनुशार सम्झौंतापत्र तयार भयो स्थानीयको तर्फबाट संयोजक भएर हस्ताक्षर गरियो । कार्यदल बनाईयो पठाइयो । देश विदेश पैसा उठाईयो । स्थानीय राजनीतिकर्मी खिलाराज बस्नेतहिम नाछिरिङ (सडक दुर्गटनामा उहाँको मृत्यु) को पहलमा जिल्ला विकास समिति सोलुखुम्बुबाट एक लाख रुपैया छुटियो । भिम राईकमल कुलुङ अमेरिका, भलाकाजी कुलुङ, पहाडी विकास तथा संरक्षण समूह नेपाल, पर्यटन व्यवसायी मिनधन कुलुङ, छिरिङ शेर्पा, श्रीधन कुलुङ, एका कुलुङ, तिलजंङ कुलुङ, यार्सा कुलुङ, खड्ग कुलुङ  र मार्मेकु बोक्सीवारका बासिन्दाले यो कार्यक्रमलाई आर्थिक रुपमा सहयोग गरे । कार्यक्रम छाँयाङनको क्रममा सोताङमा श्रीध्वज राई, बिजय नाछिरिङ लगायत स्थानीय कलाकारहरुले ठुलो सहयोग गरे । बुङमा पर्खी धन नाछिरिङ र विकास कुलुङ लगायत स्थानीय कलाकारहरुले सहयोग गरे । छेस्काममा निमाई कुलुङ र नैवर्ण कुलुङ (उच्च रक्तचापले उहाँको मृत्यु) लगायतले यात्रा ब्यवस्थापनमा ठुलो सहयोग गरे । स्थनीय शिक्षकहरु गोम बहादुर कुलुङ, चन्द्र कुमार कुलुङ, दिपेन्द्र कुलुङजस बहादुर कुलुङ, स्थानीय गोम्बु शेर्पा लगायतले कार्यक्रम व्यवस्थापनमा ठुलो जिम्मेवारी बहन गरे । गुदेलमा तारा कुलुङ लगायतको सहयोगमा भब्य छाँयाङन सम्पन्न भयो । छाँयाकनमा प्रकाश गोपाली र शुक्र धिताल खटिनुभयो । टिमलाई स्थानीय बिनोद कुलुङ र पासाङ शेर्पाले गाइड गरे । ३६ दिनको छाँयाङकनपछि उक्त कार्यक्रम ४ एपिसोड एभ्युन्युज टेलिभिजनबाट प्रशारण भयो । पछि यसलाई पहाडी विकास तथा संरक्षण समूह नेपालको सहयोगमा अंग्रेजीमा डि.भि.डी बनाउने काम भयो । यसैबीच छेस्काम गा.वि.सको गा.वि.स कोषबाट चतुर कुलुङ, राम कुमार कुलुङ र प्राविधिक मानसिंह कुलुङले ६८ लाख लागतमा उक्त बाटो बन्ने र थप ६ वटा झोलुंगे पुलहरु निर्माण गरिनुपर्ने प्राविधिक प्रतिवेदन पनि संगै बनाए ।

चौथो चरणः
टेलिभिजनमा कार्यक्रम प्रशारण भएपछि यसले अलि बढी चर्चा पायो । २०७० सालतिर चाक्चाकुर पर्वको उत्घाटन गर्न तत्कालिन अर्थ मन्त्री बर्षमान पुनः सोलुखुम्बुको बुङ जाँदा स्थानीय राजनीतिकर्मी विकास कुलुङ, सागर किरातीसंकल्प किराती लगायतको पहलमा उहाँलाई यो पदमार्ग बनाउन मागपत्र पेश गरियो । मन्त्रीले बचन पनि दिनुभयो पछि दश लाख रुपैया छुटाउनुभयो । कुमार कुलुङको नेतृत्वमा उक्त बजेटले थप बाटो बनाउने काम भयो ।

थप मिडियामा यो सवाल 
१.यो पदमार्गले खोटाङ र भोजपुरलाई पनि फाईदा गर्ने भएकोले त्यस क्षेत्रबाट समेत सहयोग जुटाउन सकियोस् भनी खोटाङको हाम्रो खोटाङडटकममा रेडियो पत्रकार दिबुमा चाम्लिङको सहयोगमा एउटा लेख र भोजपुरडटकममा बुद्व तामाङको सहयोगमा अर्को लेख प्रकाशन गरियो । सोलुखुम्बुमा नेपाली काँग्रेसको मुखपत्रमा एउटा लेख  र नेचा सन्देशमा अर्को लेख यसै पदमार्ग निर्माणको बारे लेखियो । ग्रेट हिमालयन विकास परियोजनाका कन्ट्री डाइरेक्टरलाई यस सवालबारे अपडेट गरियो । पछि यो परियोजनाले आठ लाख सहयोग ग¥यो । सोभित मान कुलुङको नेतृत्वमा उक्त बजेटले थप बाटो बनाउने काम भयो ।
२.यसैबीच अल थ्रिमिडिया हाउसका शिब श्रेष्ठ, शूनिल कोइरालाआनन्द पौडेलको सहयोगमा यस पदमार्गबारे सगरमाथा टेलिभिजनको पर्यटन अभियानका लागि अर्को एउटा कार्यक्रम तयार गरी प्रशारण गरियो । (प्रशारित कार्यक्रम हेर्नुहोस्)
३. यसैबीच दिलिप सिंह कुलुङले जि फाउण्डेसनका मिडिया अधिकृत हिमा राईसंग चिनाउनुभयो । हिमा राईले कान्तिपुर दैनिकका पत्रकार देवान राईसंग चिनाउभएपछि उहाँहरुको सहयोगमा कान्तिपुर दैनिकमा पनि यो सवाल छापियो । लेख हेर्नुहोस्
४. अलथ्रि मिडियाका आनन्द पौडेल र राजधानी दैनिकका बुद्वबिर बाहिङ लगायतको सहयोगमा त्यसक्षेत्रमा नयाँ पर्यटन पदमार्ग नहुदा भरियाहरु मर्नुपर्ने समस्याहरुको बारेमा समाचारहरु छापियो । 

अन्य समूहसंगको सहकार्यः
यसैबीच संखुवासभा स्थित मकालु मेरा शिलुचोङ पर्यटन विकास केन्द्रले पनि केन्पादेखि सेतीपोखरीसम्मको पदमार्ग निर्माण कार्य अगाडी बढाएको छ । गतवर्ष उक्त संस्थाले गरेको सर्वेक्षणमा करिब ८२ लाख रुपैया बजेट लागतमा उक्त बाटो निर्माण सम्पन्न हुने प्राविधिक प्रतिवेदन तयार गरेको छ । केन्द्रको तर्फबाट लाकपद कुलुङले उक्त सर्वेक्षण टोलीको नेतृत्व गर्नुभएको थियो भने उहाँले सोलुखुम्बुको टिमलाई उक्त प्रतिवेदन र केही त्यस क्षेत्रका फोटोहरु समेत उपलब्ध गराउनुभएको छ । 

पाँचौ चरणः
अलथ्रि मिडियाको टेलिभिजन कार्यक्रमपछि तत्कालिन ट्रेकिङ एजेन्ट एसोसियसन ckm g]kfn (टान) का मिडिया संयोजक निलम बास्तोला र नेपाली काँग्रेसका सभासद् बल बहादुर केशीसंग उक्त क्षेत्रमा राष्ट्रिय योजना आयोगका पदाधिकारीहरुलाई भ्रमण गराउने निर्णय भयो । निलम बास्तोलाले टानको तर्फबाट एउटा हेलिकप्टरको व्यवस्था मिलाउने र सभासद् केशीले आयोगका पदाधिकारीहरुसंग समन्वयन गर्ने र वागमान कुलुङले स्थानीयसंग कार्यक्रम ब्यवस्थापन गर्न संयोजन गर्ने निर्माण भयो । यसरी २०७१ जेठमा राष्ट्रिय योजना आयोगका तत्कालिन सचिब तथा पछि नेपाल सरकारका मुख्य सचिव हुनु भएका डा.सोमलाल सबेदी लगायतका सरकारी पदाधिकारीहरुले उक्त क्षेत्रको भ्रमण गरे । उक्त भ्रमणको स्थानीय संयोजन बिद्या राज कुलुङ, सोभित कुलुङपर्खीधन नाछिरिङ लगायतले गरेका थिए । यही भ्रमणपछि २०७२ मा सभासद केशीकै पहलमा २० लाख रुपैया बजेट बिनियोजन भयो । हाल यस बजेट अन्र्तगत सोभित कुलुङको नेतृत्वमा बाटो बनाउने काम हुदैछ भने गरिबी निवारण कोषमार्फत मुद्विमा एउटा झोलुंगे पुल निर्माण कार्य पनि हुदैछ ।

निर्माणपछि प्रचारप्रशारको लागि लोनली प्लानेटलाई यस पदमार्गको बारेमा अप्डेट गरिएको छ । उनीहरुबाट सकारात्मक जवाफ प्राप्त भएको छ । प्लानेटको तर्फबाट इली सिम्पसोनले हालै लेखेको इमेल
Hi Bagaman,
Thanks for recommending that we check out this new trekking route – I'm sure our authors will be very interested to hear about it. I'll pass your email on so they can check it out when next updating our Nepal guidebook. Hopefully they can look into recommending it in future editions.
Reader recommendations are a great help to our authors in choosing what to include in our books, and we appreciate you taking the time to send this in.
If you have any more suggestions or feedback that you think might be useful please feel free to send them in via our website

Kind regards,
Ellie Simpson | Talk2Us feedback team
Lonely Planet