Sunday, February 7, 2016

सेतीपोखरी पर्यटन पदमार्ग निर्माण अभियानका चरणहरु

पहिलो चरणः
२०५५ सालतिर मकालु बरुण राष्ट्रिय निकुञ्जका गस्टी टिमसंग सोलुखुम्बु छेस्कामको भुकुर, केन्पाहुदै भालुखोपसम्म जाने अवसर पाईएको थियो । त्यसको ३ वर्षपछि २०५८ सालमा लुक्लाबाट सेतीपोखरी उपत्यका हुदै ट्रेकिङ जाँदा उक्त उपत्यकाबाट केन्पा क्षेत्र र छेस्कामको मुद्विखर्क नजिकै भएको तर बाटो नभएकोले पर्यटकहरु तल्लो सोलुखुम्बुको बुङ, छेस्काम जान नसकेको कुरा थाँहा पाईयो । त्यसक्षेत्रमा नयाँ पर्यटनमार्ग सम्भव छ कि छैन भनेर अध्ययन गरियो । त्यसक्रममा वर्षा याममा उक्त क्षेत्रमा भेडा र याक चौरी लाने गोठालाहरु र जडीभुटी संकलन गर्न जाने स्थानीयहरु प्रायजसोलाई सोधियो । कलेज पढ्दै गर्दा काठमाडौंमा यसलाई बहशको एउटा विषय बनाईयो । बिस्तारै गाँउमा पनि यो विषयले ठाँउ पायो । २०६७ तिर दुर्गम क्षेत्र विकास समिती मार्फत थोरै बजेट निकाशा भयो । धु्रब धन कुलुङ (पछि लिला चतुर कुलुङ) को नेतृत्वमा उक्त बजेटले केही बाटो खन्ने कार्यको शूरुवात भयो । २०६६ तिर बुल्तुसुम बुङका नागेश्वर कुलुङको सहयोगमा यो पदमार्गबारे बुङ जनकल्याण केन्द्रको मुखपत्रमा एउटा लेख छापियो । लेख छापेको १ वर्षभरी कुनै प्रतिक्रिया आएन । बाटो बनाउन सम्भव हुने कि नहुने बजेट बिनियोजन हुन थाल्यौ । अलि डर लाग्न थाल्यो । 

दोस्रो चरणः
खोटाङका सगरमाथा आरोही नाम्गेल शेर्पाले पनि केन्पा र मुद्विदेखि सगरमाथा जाने त्यही पदमार्गको सम्भावनाहरुबारे अध्ययन अनुसन्धान गर्दै आईरहेका रहेछ । काठमाडौंमा उहाँसंगको भेटपछि म पहिलोपटक ढुक्क भएँ उहाँले त्यो यात्रा गरिसक्नु भएको रहेछ । सोलुखुम्बु बुङका अर्का ट्रेकिङ ब्यवसायी मिलन कुलुङले पनि दुईजना अमेरिकन रिसर्च टिमसंग उक्त क्षेत्र गएको र बाटो बनाउन सम्भव भएको कुरा बताएपछि म पुर्णरुपमा ढुक्क भएँ । सगरमाथाको शिखरबाट फोहरहरु बटुलेर ल्याउने नाम्गेल यस अभियानको माहिर नेता थियो । हामीले संगै यसका लागी काम गर्ने योजनाहरु बनाएको थियौं तर त्यही साल उहाँको सगरमाथामै दुखत निधन भयो ।

तेस्रो चरणः
२०६८ तिर सोलुखुम्बु लोखिमका पत्रकार छिरिङ शेर्पा संग यस पर्यटन पदमार्ग सम्भावनाको बारेमा छलफल भएपछि उहाँले एभ्युन्युज टेलिभिजनका यात्रा कार्यक्रम उत्पादक रामशरण माझीसंग चिनाईदिने बचन दिनुभयो । उहाँसंगको पहिलो भेटमै त्यसक्षेत्रको छायाँकन तत्काल गर्न जाने प्रस्ताव आयो । स्थानीयको तर्फबाट सम्पुर्ण व्यवस्थापनको जिम्मा र प्राविधिक खर्च सहित करिब २ लाख पचास हजारको जोहो गर्नुपर्ने थियो । कहाँबाट खर्च गर्ने भन्ने एक पैसा बजेट थिएन तर स्थानीयको तर्फबाट सम्पुर्ण व्यवस्था गर्ने बचन दिएर बैठक टुगिंयो । गा.वि.सको बजेटबाट उक्त पदमार्गको लागत सर्वेक्षण गर्ने भनि छुटाईएको रकमबाट केही मिल्छ कि भनेर सोधियो तर भएन । बचन अनुशार सम्झौंतापत्र तयार भयो स्थानीयको तर्फबाट संयोजक भएर हस्ताक्षर गरियो । कार्यदल बनाईयो पठाइयो । देश विदेश पैसा उठाईयो । स्थानीय राजनीतिकर्मी खिलाराज बस्नेतहिम नाछिरिङ (सडक दुर्गटनामा उहाँको मृत्यु) को पहलमा जिल्ला विकास समिति सोलुखुम्बुबाट एक लाख रुपैया छुटियो । भिम राईकमल कुलुङ अमेरिका, भलाकाजी कुलुङ, पहाडी विकास तथा संरक्षण समूह नेपाल, पर्यटन व्यवसायी मिनधन कुलुङ, छिरिङ शेर्पा, श्रीधन कुलुङ, एका कुलुङ, तिलजंङ कुलुङ, यार्सा कुलुङ, खड्ग कुलुङ  र मार्मेकु बोक्सीवारका बासिन्दाले यो कार्यक्रमलाई आर्थिक रुपमा सहयोग गरे । कार्यक्रम छाँयाङनको क्रममा सोताङमा श्रीध्वज राई, बिजय नाछिरिङ लगायत स्थानीय कलाकारहरुले ठुलो सहयोग गरे । बुङमा पर्खी धन नाछिरिङ र विकास कुलुङ लगायत स्थानीय कलाकारहरुले सहयोग गरे । छेस्काममा निमाई कुलुङ र नैवर्ण कुलुङ (उच्च रक्तचापले उहाँको मृत्यु) लगायतले यात्रा ब्यवस्थापनमा ठुलो सहयोग गरे । स्थनीय शिक्षकहरु गोम बहादुर कुलुङ, चन्द्र कुमार कुलुङ, दिपेन्द्र कुलुङजस बहादुर कुलुङ, स्थानीय गोम्बु शेर्पा लगायतले कार्यक्रम व्यवस्थापनमा ठुलो जिम्मेवारी बहन गरे । गुदेलमा तारा कुलुङ लगायतको सहयोगमा भब्य छाँयाङन सम्पन्न भयो । छाँयाकनमा प्रकाश गोपाली र शुक्र धिताल खटिनुभयो । टिमलाई स्थानीय बिनोद कुलुङ र पासाङ शेर्पाले गाइड गरे । ३६ दिनको छाँयाङकनपछि उक्त कार्यक्रम ४ एपिसोड एभ्युन्युज टेलिभिजनबाट प्रशारण भयो । पछि यसलाई पहाडी विकास तथा संरक्षण समूह नेपालको सहयोगमा अंग्रेजीमा डि.भि.डी बनाउने काम भयो । यसैबीच छेस्काम गा.वि.सको गा.वि.स कोषबाट चतुर कुलुङ, राम कुमार कुलुङ र प्राविधिक मानसिंह कुलुङले ६८ लाख लागतमा उक्त बाटो बन्ने र थप ६ वटा झोलुंगे पुलहरु निर्माण गरिनुपर्ने प्राविधिक प्रतिवेदन पनि संगै बनाए ।

चौथो चरणः
टेलिभिजनमा कार्यक्रम प्रशारण भएपछि यसले अलि बढी चर्चा पायो । २०७० सालतिर चाक्चाकुर पर्वको उत्घाटन गर्न तत्कालिन अर्थ मन्त्री बर्षमान पुनः सोलुखुम्बुको बुङ जाँदा स्थानीय राजनीतिकर्मी विकास कुलुङ, सागर किरातीसंकल्प किराती लगायतको पहलमा उहाँलाई यो पदमार्ग बनाउन मागपत्र पेश गरियो । मन्त्रीले बचन पनि दिनुभयो पछि दश लाख रुपैया छुटाउनुभयो । कुमार कुलुङको नेतृत्वमा उक्त बजेटले थप बाटो बनाउने काम भयो ।

थप मिडियामा यो सवाल 
१.यो पदमार्गले खोटाङ र भोजपुरलाई पनि फाईदा गर्ने भएकोले त्यस क्षेत्रबाट समेत सहयोग जुटाउन सकियोस् भनी खोटाङको हाम्रो खोटाङडटकममा रेडियो पत्रकार दिबुमा चाम्लिङको सहयोगमा एउटा लेख र भोजपुरडटकममा बुद्व तामाङको सहयोगमा अर्को लेख प्रकाशन गरियो । सोलुखुम्बुमा नेपाली काँग्रेसको मुखपत्रमा एउटा लेख  र नेचा सन्देशमा अर्को लेख यसै पदमार्ग निर्माणको बारे लेखियो । ग्रेट हिमालयन विकास परियोजनाका कन्ट्री डाइरेक्टरलाई यस सवालबारे अपडेट गरियो । पछि यो परियोजनाले आठ लाख सहयोग ग¥यो । सोभित मान कुलुङको नेतृत्वमा उक्त बजेटले थप बाटो बनाउने काम भयो ।
२.यसैबीच अल थ्रिमिडिया हाउसका शिब श्रेष्ठ, शूनिल कोइरालाआनन्द पौडेलको सहयोगमा यस पदमार्गबारे सगरमाथा टेलिभिजनको पर्यटन अभियानका लागि अर्को एउटा कार्यक्रम तयार गरी प्रशारण गरियो । (प्रशारित कार्यक्रम हेर्नुहोस्)
३. यसैबीच दिलिप सिंह कुलुङले जि फाउण्डेसनका मिडिया अधिकृत हिमा राईसंग चिनाउनुभयो । हिमा राईले कान्तिपुर दैनिकका पत्रकार देवान राईसंग चिनाउभएपछि उहाँहरुको सहयोगमा कान्तिपुर दैनिकमा पनि यो सवाल छापियो । लेख हेर्नुहोस्
४. अलथ्रि मिडियाका आनन्द पौडेल र राजधानी दैनिकका बुद्वबिर बाहिङ लगायतको सहयोगमा त्यसक्षेत्रमा नयाँ पर्यटन पदमार्ग नहुदा भरियाहरु मर्नुपर्ने समस्याहरुको बारेमा समाचारहरु छापियो । 

अन्य समूहसंगको सहकार्यः
यसैबीच संखुवासभा स्थित मकालु मेरा शिलुचोङ पर्यटन विकास केन्द्रले पनि केन्पादेखि सेतीपोखरीसम्मको पदमार्ग निर्माण कार्य अगाडी बढाएको छ । गतवर्ष उक्त संस्थाले गरेको सर्वेक्षणमा करिब ८२ लाख रुपैया बजेट लागतमा उक्त बाटो निर्माण सम्पन्न हुने प्राविधिक प्रतिवेदन तयार गरेको छ । केन्द्रको तर्फबाट लाकपद कुलुङले उक्त सर्वेक्षण टोलीको नेतृत्व गर्नुभएको थियो भने उहाँले सोलुखुम्बुको टिमलाई उक्त प्रतिवेदन र केही त्यस क्षेत्रका फोटोहरु समेत उपलब्ध गराउनुभएको छ । 

पाँचौ चरणः
अलथ्रि मिडियाको टेलिभिजन कार्यक्रमपछि तत्कालिन ट्रेकिङ एजेन्ट एसोसियसन ckm g]kfn (टान) का मिडिया संयोजक निलम बास्तोला र नेपाली काँग्रेसका सभासद् बल बहादुर केशीसंग उक्त क्षेत्रमा राष्ट्रिय योजना आयोगका पदाधिकारीहरुलाई भ्रमण गराउने निर्णय भयो । निलम बास्तोलाले टानको तर्फबाट एउटा हेलिकप्टरको व्यवस्था मिलाउने र सभासद् केशीले आयोगका पदाधिकारीहरुसंग समन्वयन गर्ने र वागमान कुलुङले स्थानीयसंग कार्यक्रम ब्यवस्थापन गर्न संयोजन गर्ने निर्माण भयो । यसरी २०७१ जेठमा राष्ट्रिय योजना आयोगका तत्कालिन सचिब तथा पछि नेपाल सरकारका मुख्य सचिव हुनु भएका डा.सोमलाल सबेदी लगायतका सरकारी पदाधिकारीहरुले उक्त क्षेत्रको भ्रमण गरे । उक्त भ्रमणको स्थानीय संयोजन बिद्या राज कुलुङ, सोभित कुलुङपर्खीधन नाछिरिङ लगायतले गरेका थिए । यही भ्रमणपछि २०७२ मा सभासद केशीकै पहलमा २० लाख रुपैया बजेट बिनियोजन भयो । हाल यस बजेट अन्र्तगत सोभित कुलुङको नेतृत्वमा बाटो बनाउने काम हुदैछ भने गरिबी निवारण कोषमार्फत मुद्विमा एउटा झोलुंगे पुल निर्माण कार्य पनि हुदैछ ।

निर्माणपछि प्रचारप्रशारको लागि लोनली प्लानेटलाई यस पदमार्गको बारेमा अप्डेट गरिएको छ । उनीहरुबाट सकारात्मक जवाफ प्राप्त भएको छ । प्लानेटको तर्फबाट इली सिम्पसोनले हालै लेखेको इमेल
Hi Bagaman,
Thanks for recommending that we check out this new trekking route – I'm sure our authors will be very interested to hear about it. I'll pass your email on so they can check it out when next updating our Nepal guidebook. Hopefully they can look into recommending it in future editions.
Reader recommendations are a great help to our authors in choosing what to include in our books, and we appreciate you taking the time to send this in.
If you have any more suggestions or feedback that you think might be useful please feel free to send them in via our website

Kind regards,
Ellie Simpson | Talk2Us feedback team
Lonely Planet

Monday, December 28, 2015

हामीले बुझेको पर्यटन

सन् १९५५ देखि १९७५ सम्म भियतनाम र अमेरिकाबीच ठुलो युद्ध भयो । यसलाई भियतनाम युद्ध भनेर चिनिन्छ । यस अवधीमा थाल्याण्डले अमेरिकन सेनालाई आफ्नो भूमी प्रयोग गर्न दियो । त्यहाँ ठुलो अमेरिकन सेनाको तालिम केन्द्र खडा भयो । यस अवधीमा धेरै अमेरिकन सेनाहरुले थाई महिलाहरुसंग पैसामा शारिरिक सम्पर्क गरे । त्यसपछि थाइल्याण्डमा महिलाहरुलाई पैसा दिएर शारिरिक सम्पर्क गर्नु सामान्य सस्कारको रुपमा विकसित हुदै गयो ।त्यसपछि थाइल्याण्डमा महिलालाई पैसा दिएर शारीरिक सम्पर्क गर्नु सामान्य संस्कारका रूपमा विकसित हुँदै गयो । त्यही संस्कारले आज थाइल्याण्ड संसारकै यौन पर्यटनको पहिलो गन्तव्य मानिन्छ । त्यहाँ ३० लाख महिला यौन व्यवसायीको रूपमा काम गर्छन् । मानिसहरू थाइल्याण्ड घुम्ने पर्यटकलाई धेरथोर यौनको खोजी गर्दै हिँड्ने पर्यटकको आशङ्काले चित्रण गर्छन् । थाईहरू पर्यटकलाई धेरथोर यौनको प्यासले भौंतारिएको मान्छेका रूपमा हेर्छन् । यो पर्यटनप्रति थाईहरूको सोच हो ।

संसारमा फ्रान्सपछि बढी पर्यटक जाने अर्को देश अमेरिका हो । अमेरिकाले सन् १८५० मा योेसेमिट राष्ट्रिय निकुञ्जको स्थापना गरेको थियो । वन्यजन्तु र झरनाहरूको कारणले यो १८औं शताब्दीमा विश्वचर्चित भयो । आज वार्षिक ३७ लाख पर्यटकले यो राष्ट्रिय निकुञ्जको भ्रमण गर्छन् । सन् १८६० मा अमेरिकाले अमेरिकाका प्रमुख शहरहरू जोड्ने अत्याधुनिक रेलमार्गको विकास गर्‍यो । त्यसपछि मानिसहरू त्यसबेला उक्त रेलमार्ग हुँदै सो राष्ट्रिय निकुञ्जको भ्रमण गर्न लालायित भए । यसपछि अमेरिकाले बुझ्यो भौतिक विकासबाट पर्यटकीय गन्तव्यहरूको सहज पहुँच बनाउनु नै पर्यटन विकास हो ।
नेपालका गाउँ होस् वा शहरका अधिकांश मानिसको बुझाइमा पर्यटन भनेको ट्रेकिङ गर्नु हो र ट्रेकिङ गर्नु भनेको भारी बोक्नु हो । भारी बोक्नु भनेको नपढेका वा पढ्न नसक्नेहरूले गर्ने पेशा हो । यसकारण पढेलेखेका युवाहरू यसमै करीअर बनाउन रुचाउँदैनन् । धेरैजसोले ट्रेकिङलाई जागीर नपाउँदासम्मको पेशा वा बाध्यताको पेशाको रूपमा लिइरहेका छन् । गाउँघरतिर एउटा अर्को समूह छ, जो हिमालतिर सडक पुगेको कुनै हालतमा पनि मन पराउँदैनन् किनभने, भारी बोक्ने पेशा खोसिन्छ । अहिले पनि पर्यटनबाट बढी फाइदा लिन सोलुखुम्बुको लुक्लादेखि माथि सडक यातायात जोडिनु हुँदैन भन्नेहरू र सडक यातायातको विकासले अन्नपूर्ण क्षेत्रमा लामो पर्यटन पदमार्गहरू मासिएर हामीलाई ठूलो घाटा लाग्यो भन्नेहरू धेरै छन् । त्यसो भए नेपालीहरूका लागि पर्यटकलाई भौतिक सुविधाविना दुःख दिई पैसा कमाउनु नै पर्यटन हो त ? यसबाहेक पर्यटक आए होटल व्यवसाय फस्टाउँछ भन्ने मुट्ठीभरका केही जना होलान् । आखिर नेपालीहरूमा यो धारणाको विकासचाहिँ कसरी भयो ?
चौभारको गल्छी काटेर पोखरीको रूपमा रहेको काठमाडौंलाई बस्नयोग्य बनाउने मञ्जुश्री नेपालमा पहिलो पटक पर्यटकको रूपमा आएको विदेशी मानिन्छ । सन् ५९२ मा राजा अंशुवर्माकी छोरी भृकुटीले तिब्बतमा बिहे गरेर जानु नेपालबाट बाहिरिएको पहिलो पर्यटक मानिन्छ । यद्यपि, नेपालीहरूको विद्यमान पर्यटन अवधारणा भने सन् १९५३ मा सर एडमण्ड हिलारी र तेञ्जिङ नुर्बु शेर्पाले सगरमाथाको सफल आरोहणपछि पर्वतारोहण कार्यको वृद्धिसँगै विकसित भएको हो ।
राजकीय भ्रमणबाहेक सन् १९५१ सम्म नेपाल आउन कुनै पनि सर्वसाधारण विदेशीहरूलाई अनुमति थिएन । सन् १९५५ मा रुसी पर्यटक बोरिस सिसानेबिचले आफ्नो कम्पनी थोमस कुक एण्ड सनमार्फत नेपालमा विदेशी पर्यटकहरू ल्याउन पहिलोपटक अनुमति पाएका थिए । बोरिसलाई दिइएको यो अनुमतिसँगै संस्थागत रूपमा नेपालमा विदेशी पर्यटक ल्याउन शुरू गरिएको हो । सन् १९६० मा संसारमा १४ ओटा ८ हजारभन्दा माथिका हिमालहरू छन् र त्यसमध्ये ८ ओटा हिमालहरू नेपालमा छन् भन्ने कुरा पत्ता लागेपछि नेपाल पर्वतारोहणको प्रमुख गन्तव्यको रूपमा संसारभर चिनिँदै आएको छ ।
सन् १९६० को दशकमा यूरोपेली देशहरूमा लागूपदार्थ ओसारपोसार र सेवनविरुद्धको कानूनहरू ल्याउने लहरै चल्यो यद्यपि, नेपालमा भने यो कानून सन् १९७३ मा मात्र आयो । यसबीच युद्धविरुद्ध मत जाहेर गर्ने यूरोपेली युवाहरू यूरोपका तर्की, मध्यपूर्वका रशिया र इरान हुँदै नेपालको काठमाडौं र भारतको गोवाजस्ता क्षेत्रहरूमा स्वतन्त्रपूर्वक गाँजा खान आउँथे । यूरोपतिर यस मार्गलाई त्यसबेला हिप्पी ट्रेल÷गाँजाको मार्ग भनेर समेत चिनिन्थ्यो (नेपाल एडभाइजर) । यसले झण्डै त्यसबेला नेपाल गाँजा खान स्वतन्त्र देशको रूपमा पनि चिनियो, यद्यपि हाल नेपाल पर्वतारोहणको केन्द्र भनेर नै चिनिन्छ ।
पर्वतारोहणको केन्द्रको रूपमा चिनिएपछि एकपछि अर्को पर्वतारोहीहरू नेपालका हिमालहरू चढ्नका लागि आउन थाले । नेपालीहरूले ती पर्यटकहरूको भारी बोकेर हिमालसम्म पु¥याउने काम गरेर आयआर्जन गर्न थाले । त्यसबेला सोलुखुम्बुको सगरमाथा क्षेत्र जान बनेपाको धुलिखेलबाटै भारी बोकेर जानुपर्ने थियो । जनतालाई सरकारबाट खासै पर्यटन शिक्षा दिने कार्य पनि भएन । त्यसैले, हामीले बुझेको पर्यटन भारी बोकेर हिमालतिर जानु भन्ने भयो । समयको क्रमले बाटो धुलिखेलबाट, खाडीचौर, जिरी, सल्लेरी हुँदै लुक्लासम्म आउन खोज्दा हामीले हाम्रो पर्यटन सिद्धिरहेको बुझ्यौं । अन्नपूर्ण क्षेत्रमा सडक जानु हाम्रो पर्यटनका दिनहरू गएको अर्थमा बुझ्यौं । नेपालमा हिमाल जाने पर्यटक बढी आउने भएकाले पर्यटन भनेको ट्रेकिङ बुझ्यौं अनि ट्रेकिङ भनेको भारी बोक्ने काम बुझ्यौं । झन् यो नपढेका व्यक्तिले गर्ने पेशा भनेर बुझ्यौं ।
यस धारणाले सक्षम व्यक्तिहरूको प्रवेशलाई निरुत्साहित गरी ट्रेकिङसँगै नेपालीहरूको फोटोपत्रकारिता जोडिएन, लेखन कार्य जोडिएन र विदेशी कूटनीति पनि जोडिएन । फोटोपत्रकारहरूको पेशा ट्रेकिङ भइदिएको भए नेपालका कति राम्रा राम्रा पर्यटकीय क्षेत्रका फोटाहरू सङ्कलन गर्थे होलान् ? लेखकहरूको पेशा ट्रेकिङ भइदिएको भए नेपालबारे कति किताबहरू छापिसक्थ्यौं होला ? कूटनीतिमा ज्ञान भएकाहरूले ट्रेकिङ गरेको भए आफूसँग हिँड्ने विदेशी व्यापारी, पत्रकार र लेखकहरूलाई कति कुरा मिलाएर नेपालबारे व्याख्या गर्थे होलान् ?
पर्यटनलाई अमेरिकी अवधारणाबाट बुझेको भए आज हामीले जति हिमालतिर सडक यातायात गयो त्यति मात्रामा विदेशी पर्यटकहरू आउन सजिलो र सस्तो हुने भएकाले पर्यटकको सङ्ख्या बढ्छ भन्ने सोच्थ्यौं । पर्यटकको सङ्ख्या बढ्यो भने उनीहरूबाट हुने खर्च बढ्छ । खर्च बढेपछि भारी बोक्न नपाउनेहरूले अन्य विभिन्न कार्यहरू गरेर भारी बोकेको भन्दा बढी पैसा कमाउन सकिन्छ भन्ने बुझ्थ्यौं होला । एकपटक सोचेर पर्यटनमा हाम्रो धारणा परिवर्तन गर्ने हो कि ? 
आर्थिक अभियान राष्ट्रिय दैनिकबाट साभार  

Sunday, March 29, 2015

नेपालमा लगानीको वातावरण र शेयर बजारबारे केही प्रश्न उत्तरहरु

केही साथीहरुले खासगरी बिदेशमा बसेर नेपालको शेयर बजार र लगानीको वातावरणसम्बन्धी फेसबुकमा प्रश्न सोधिरहने गर्दछन् । उनीहरुको लागी थोरै आफुलाई लागेको कुरा शेयरिङ गरेको छु ।

१.कम्पनीको शेयर भनेको के हो ?
कुनै पनि कम्पनीले गरेको ब्यावसायबाट नाफा वा घाटा हुन्छ । आफुले गरेको लगानीको अनुपातमा उक्त घाँटा वा नाफा दुवैको हिस्सेदार हुन मञ्जुर भई गरिएको लगानीको अंश शेयर हो । जस्तो उदाहरणको लागि जम्मा कम्पनीको २ लाख कित्ता साधारण शेयर छन्। कम्पनीको घाँटा वा नाफा मानौ रु. २ लाख रहेछ भने १ लाख ५० हजार कित्ता साधारण शेयर किन्नेले १ लाख ५० हजार नाफा भए नाफा र घाँटा भए घाँटा ब्यहोर्छ तर ५० हजारको मात्र साधारण शेयर किन्नेले नाफा पनि ५० हजार मात्र र घाँटा पनि ५० हजारको मात्रै ब्यर्होछ ।

२. कम्पनीको शेयर कति प्रकारको हुन्छ ?
कम्पनीको शेयर २ प्रकारको हुन्छ । क) संस्थापक शेयर वा अर्गाधिकार शेयर र ख) साधारण शेयर
क) संस्थापक शेयर वा अर्गाधिकार शेयर
कुनै पनि कम्पनी दर्ता गर्दा कम्पनी दर्ता गर्नेहरुले कम्पनी रजिष्टार्डको कार्यालयमा कम्पनीको पुँजीको संरचना र कम्पनीको अधिकृत पूँजीको स्वीकृति लिनुपर्ने हुन्छ । अधिकृत पुँजी भनेको जम्मा कम्पनीको स्वीकृत बजेट हो । जस्तो कि १ अर्ब पुँजीको एउटा बैंक वा जलबिद्युत आयोजना सञ्चालन गर्ने कम्पनी भनियो भने त्यो अधिकृत पूँजी हो । तर त्यो १ अर्ब मध्ये कम्पनीको शूरुवात गर्नेहरुले ३० करोड हाल्ने, ३० करोड बैंकबाट ऋण खोज्ने र ४० करोड सर्बसाधारण जनताबाट उठाउने भनेर स्वीकृति गराईयो भने त्यो रकम उठाउने अनुपात पुँजीको संरचना हो । यसरी पुँजीको संरचना स्वीकृति गरेपछि सबैभन्दा पहिला कम्पनीको शूरुवात गर्नेहरुले आफुले कबुल गरेको रकम बराबरको शेयर हाल्छ त्यसलाई संस्थापक शेयर वा अर्गाधिकार शेयर भनिन्छ । कुनै कारणले कम्पनी चल्न सकेन र बिगठन गर्नु परे ऋण रकम पछि यो शेयरको भुक्तानी पहिला फिर्ता हुन्छ यसमा निश्चित स्थीर बोनस हुन्छ । संचालक समितिमा यो शेयरधनीको बहुमत रहनेगरी सञ्चालक समिति गठन हुन्छ ।

ख) साधारण शेयरः
संस्थापकहरुले संस्थापक शेयर हालिसकेपछि कम्पनी चलाउन लगानी जुट्ने वातावरण सृजना हुन्छ । त्यसपछि मात्र ऋण खोजिन्छ र साधारण शेयर जारी गरिन्छ । साधारण शेयर तपाई हामी सर्बसाधारण जनताबाट उठाईएको शेयर हो । सामान्यतया १ कित्ता शेयरको मुल्य रु.१०० हुन्छ । सामान्यतया सर्बसाधारणलाई ५० कित्तादेखि माथि शेयर हाल्ने अवसर दिईन्छ । कम्पनी विघटन गर्दा अन्तिममा नाफा र घाटा सबै लिने शेयर साधारण शेयर हो ।
नोटः हाल सरकारले कम्पनी ऐन १९९२ संसोधन गर्दैछ । त्यसमा साझेदार शेयर (Partner Share) को पनि ब्यवस्था गर्ने भनिएको छ । त्यो साधारण शेयर पनि होइन संस्थागत पनि होइन । यी दुई शेयरवालाहरुको बीचमा रु.५ लाखको भन्दा माथि शेयर हाल्नेहरु हुन् ।

३.आफुले किनेको साधारण शेयरको मुल्य पछि बढ्छ कि बढ्दैन ?
भविष्यमा कम्पनी नाफामा गयो भने थोरै शेयरले पनि धेरै नाफा दिन्छ । जस्तो उदाहरणको लागि एक करोडको लगानीमा सम्पन्न जलबिद्युतले २ करोड वार्षिक नाफा कमायो भने आज रु. १०० मा किनेको शेयरले प्रति वर्ष रु. २०० त नाफा मात्र गर्छ । यस्तो कम्पनीको शेयर रु. १०० मै उसले शूरुमा किनेको भए पनि आज रु.५०० मा किन्दा के फरक पर्छ र आखिर त्यसले प्रत्येक वर्ष रु. २०० नाफा दिने सम्भावना छ भने । यस्तो बेला शेयर किन्नेले भविष्यमा हुने कम्पनीको नाफाको आँकलन गरी आफुले किनेको भन्दा सयौ गुना बढी हालेर पनि शेयर अरु पहिला लिईसक्नेबाट खरिद गर्ने गर्दछ । यस्तो बेला शेयरको मुल्य बढ्ने हो । तर यसको ठिक उल्टो कम्पनी चल्नै सक्दैन घाटामा निरन्तर जान्छ भने एक दिन रु. १०० मा किनेको शेयर खर्च भएर कम्पनीको खर्चमै पनि त सिद्धिन सक्छ नि ! हो यस्तो बेला रु. १०० को शेयर रु. ५० मै किनेर पनि के गर्ने एक दिन त्यो पनि सिद्धिन्छ । यस्तो बेला बजारमा शेयरको मुल्य घट्न पनि सक्छ । नेपाली बजारमा कुनै बेला रु.१०० मा किनेको स्टान्डर्ट चार्टड बैंकको शेयर रु.९६०० सम्म भएको थियो भने चिलिमे जलविद्युतको मुल्य रु. २६०० सम्म भएको थियो । तर माओवादी युद्धकालमा फुलवारी रिसोर्टको रु.१०० को शेयर रु. ३४ सम्ममा पनि बिक्न गाह्रो भएको थियो ।

४.आफुले किनेको शेयर बिक्री गर्न र अरुले किनिसकेको शेयर खरिद गर्न कहाँ जाने हो ? 
धितोपत्र बोर्डबाट स्वीकृति लिएको कम्पनीहरु शेयर खरिदबिक्री गर्न अनुमती पाएको एजेन्ट (दलाल) का रुपमा प्रशस्तै छन् उनीहरु कहाँ बेच्ने र किन्ने दुवै जाने हो । उक्त एजेन्टले आवश्यक कागजातहरु मिलाएर किन्ने र बेच्नेको स्वामित्व हस्तान्तरण गर्छ । बुझ्नको लागि जग्गा खरिदबिक्रीको सन्दर्भमा मालपोट कार्यालयको जस्तो काम उनीहरुले गर्छन् । त्यही ठाँउमा बिक्री गर्ने बढी र खरिद गर्ने कम भयो भने स्वतः शेयरको मुल्य घट्छ तर बिक्री गर्ने कम र खरिद गर्न खोज्ने बढी भयो भने बढ्छ । यो तलमाथी भईरहने कार्यलाई नेप्से परिसुचक भनेर पत्रपत्रिकामा पढ्न पाईन्छ ।

५.बिदेशमा बस्नेहरुले कसरी स्वदेशी योजनाहरुमा लगानी गर्ने ?
भर्खरै सरकारले संसोधन गर्न लागेको कम्पनी ऐन र नियमावलीमा बिदेशमा बसेर पनि लगानी गर्न सकिने र बिदेशमा बस्ने गैर आवासिय नेपालीले पनि बिदेशमै बसेर लगानी गर्न मिल्ने नीति ल्याउन लागेको छ अरें । तर हालको पुरानो नीति अनुसार चाही तपाई आफै सक्कल नागरिकता सहित हाजिर भएर शेयर खरिद गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा मेरो व्यक्तिगत सुझाब चाही तपाईले नेपालमा रहेका विश्वासिलो प्रतिनिधीको नाममा निवेदन हालेर पछि नेपाल आएको बेला आफ्नो नाममा हस्तारण गर्न सक्नुहुन्छ । तर याद राख्नुहोस् यस्ता मान्छेहरुले बद्मास ग¥यो भने तपाईको शेयर बेचेर खान सक्छ किनभने तपाईको नाममा हस्तान्तरण हुनुपूर्ब कानूनी रुपमै त्यो शेयर तपाईको होइन उहाँको हो ।                                        

६. कम्पनीको शेयर कहिले खुल्छ कसरी निवेदन हाल्ने नि ?
कम्पनीको नियम र निर्णय अनुसार जहिले पनि शेयर खुल्न सक्छ तर उनीहरुको शेयर राष्ट्रिय स्तरको पत्रिकामार्फत सुचना जारी भएर मात्र खुल्छ । त्यो पत्रिकाहरु बारम्बार हेरेर पत्ता लगाउनु राम्रो हुन्छ । उक्त पत्रिकामा नै कहिलेसम्म निवेदन हाल्न मिल्ने ? कति रकमसम्मको हाल्न मिल्ने ? कहाँ कहाँ सम्पर्क राख्नु पर्ने जस्ता कुरा उल्लेख गरिएको हुन्छ । त्यही ठाँउमा गएर निवेदन हाल्ने हो उनीहरुले भनेको बैंकमा आवेदन हालेको रकम जम्मा गरेर सक्कल भौचर पेश गर्ने हो ।

७. शेयर पनि दिदैन पेश गरेको पैसा पनि हिनामिना हुन सक्छ ?
तपाईले गलत ठाँउमा निवेदन हाल्नु भएन भने यस्तो कहिल्यै पनि हुदैन । तपाईको पैसा निवेदन हाल्नेको बैंक खातामा मात्र जम्मा हुने गरी एकाउन्ट पेयी चेकमा फिर्ता गर्छन् । सामान्यतया ३ महिनाभित्र कि शेयर कि पैसा, कि थोरै शेयर र बाँकी पैसा वा सबै शेयर पनि दिन सक्छन् । फिर्ता भएको रकममा बजार मुल्यको बचत ब्याज पनि दिन्छ । यो बैंकमा हालेको बचत जस्तै बैंकमै रहने पैसा हो । तर शेयरसम्बन्धी कुनै संस्थाले बद्मासी ग¥यौ भने उजुरी गर्ने ठाँउ चाही धितोपत्र बोर्डको कार्यालय हो ।

८. कम्पनीले नाफा भएपछि कसरी बितरण गर्छ ?
वार्षिक रुपमा नाफा भएपछि कम्पनीले कि त बोनस शेयर दिन्छ । त्यो भनेको तपाईले मानौं १०० कित्ता शेयर अघिल्लो बर्ष किन्नुभएको थियो भने अब यसवर्ष भएको नाफाको पनि १० कित्ता शेयर कम्पनीले दिन सक्छ । अब तपाईको शेयर ११० कित्ता भयो । यसबाहेक अर्को पैसा दिन्छ यस्तो बेला सिधै तपाईको बैंक खातामा दिन्छ । अर्को केही पैसा वा केही शेयर पनि दिन सक्छ । यस्तो शेयरलाई हकप्रद शेयर (Right Share) भनिन्छ । तर कम्पनी घाँटामा गयो भने त भए पो वितरण गर्छ । तर यसको अर्थ कम्पनीको खर्च पुगेन भनेर तपाईको बाँकी सम्पत्तीबाट भुक्तानी माग्न पनि आउदैन । बढीमा तपाईले हालेको शेयरसम्मको लगानी डुब्ने हो ।

९.नेपालमा कुन क्षेत्रमा लगानी गर्दा फाइदा होला ? 

क) बिद्युतः
नाफा वातावरणको मात्र नभएर ब्यवस्थापनको उपच पनि हो । तर नेपाल सरकारले जलविद्युत, यातायात पूर्बाधार, पर्यटन, कृषी जन्य जडिभुटी प्रसोधन र खानीजन्य उत्पादनलाई नयाँ नीतिमार्फत प्राथमिकतामा राखेको छ । जलविद्युतमा लगानी गर्नेले उत्पादन गरेको बिजुली किनिदिने सम्झौता गर्ने गरेको छ । यस्ता सम्झौंतालाई पिपिए भनिन्छ । यसबाहेक उत्पादन भएको १० वर्षसम्म आयकर छुट र त्यसपछि थप ५ वर्ष आधा मात्र आयकर लिने नीति लिएकोले भारत र चिनिया कम्पनीको नेपालको जलविद्युतमा खर्बभन्दा माथीको लगानी गर्ने प्रतिष्पर्धा नै चलिरहेको छ । यी विदेशी कम्पनीहरुका आयोजनाहरु सामान्यतया २५ देखि ३५ वर्षभित्र सरकारलाई जिम्मा दिने शर्तमा आईरहेका छन् । यी आयोजनाहरुमा पनि साधारण शेयर आवहान हुनेछ ।
ख) सिमेन्टः
नेपाल अहिले सिमेन्टमा आत्मनिर्भर भईरहेको भनिए पनि ८० प्रतिशत भन्दा बढी सिमेन्ट बनाउने कच्चा पदार्थ भारतबाट ल्याउनुपर्ने हुन्छ । स्वदेशमै यस्ता कच्चा पदार्थ प्रशस्त पाईएकाले विद्युतको आपूर्ति हुन सके प्रशस्त लगानी राम्रो हुने देखेर नाइजेरियाको डंगोट सिमेन्टले करिब ७५ अर्ब, भारतको रिलायन्सले ४० अर्ब र चिनिया सिमेन्ट कम्पनी हौंशीले ले पनि सिबम सिमेन्टसंगको सहकार्यमा ३० अर्ब लगानी गर्दैछन् । उनीहरुले पनि तपाई हाम्रो लागि साधारण शेयर जारी गर्न सक्नेछन् । बढ्दो दरमा भईरहेको बिद्युत आयोजना, २५०० भन्दा बढी किलोमिटरको सडक पिच हुन बाँकी आयोजनाहरु, सडक बिस्तारसंग मानिसहरुले गर्ने सिमेन्ट पक्की घरहरुको आँकलन, अन्तर्राष्ट्रिय हवाईमैदानहरुको निर्माण क्रमले सिमेन्ट कम्पनीमा लगानीकर्ताहरु हौशियता हुन् । नाईजेरियामा बोको हराम जस्ता समूहको युद्धले पनि लगानी नेपाल आउन सहयोग ग¥यौ ।
ग) पर्यटनः
भौतिक पुर्बाधारहरुको लगानीले पर्यटकहरुलाई नेपाल आउन र गुम्न सहयोग गर्नेछ । यसबाहेक सरकारले नेपाल बायुसेवा निगममार्फत अन्र्तराष्ट्रिय उडानहरु थप्न जहाज किन्ने योजनाहरु सार्बजानिक गर्दछन् । तर यसमा राजनीतिक हस्तक्षेप र  खिचलो पनि हुदैछ । पोखरा र बिरगन्ज अन्तर्राष्ट्रिय बिमानस्थलहरु बन्ने कुरा छ । यस्ता योजनाले पर्यटकको संख्या बढ्नेछ । खासगरी चीनले सिल्क रोड परियोजना अन्र्तगत एसियाका देशहरु सबैमा रेल तथा सडक बिकास योजना सार्वजानिक गर्दैछ । जसले गर्दा उक्त सडक तथा रेलमार्ग नेपाली भूमी भएर दक्षिणतिर जान सक्नेछ । यसले गर्दा सस्तोमा चिनीया पर्यटकहरु नेपाल आउनेछन् । चिनीया पर्यटक आउने अर्को कारण उनीहरुको प्रति व्यक्ति आय बढ्दैछ । यी कुराहरुको आँकलन गरेर हाल पोखरा र काठमाडौंका ठाँउहरुमा धमाधम होटलहरु बन्दैछ । सेराटन लगायतका अन्र्तराष्ट्रिय ब्राण्डका होटलहरु काठमाडौंमा बन्दैछ । उनीहरुले पनि शेयर आवहान गर्न सक्नेछन् । बुद्धीमानी युवाहरु चिनिया भाषा सिकेर होटलहरुमा काम गर्ने तथा ट्रेकिङमा आम्दानी गरिरहेका छन् । 
घ) इन्जिनियरिङ कलेजहरुः
सिमेन्ट, हवाईमैदान, सडक र बिद्युतमा लगानीसंग ठुलो संख्यामा इन्जिनियरिङ मानवीय संसाधनको माग बढ्ने सम्भावना छ । यसले गर्दा इन्जिनियरिङ कलेजहरु पनि लगानीको क्षेत्र हुन सक्नेछ ।
ङ) यातायात पुर्बाधारहरुः
भिविन्न हिमाली डाँडाहरुमा केबलकारहरु, काठमाडौंका सडकमा केबलकार, काठमाडौं हेटौडा सुरुङमार्ग लगायतमा पनि लगानी आउने क्रम जारी छ । उनीहरुले पनि शेयर आवहान गर्न सक्छन् ।
नोटः यसबाहेक अरु धेरै क्षेत्रहरु छन् तर हाल बजारमा चम्केका मुख्य लगानी क्षेत्रहरु चाही यही क्षेत्र हन् ।

१०, यी लगानीहरु के के कारणले डुब्न सक्ला ?
क) राजनीतिक कारणः
राजनीतिक कारण यी लगानीहरु डुब्ने पहिलो कारण हुन सक्ला । जस्तो संविधानको नाममा जहिले पनि बन्दै बन्दै, हड्तालै हड्ताल भयो भने । फेरी युद्ध भयो भने त कम्पनी नचल्ला । घाटामा कम्पनी जाला । अर्को संविधान आए पनि एउटा न एउटा पक्षले बिरोध गरिरहला, आन्दोलन गरिरहला ।
अर्को कुरा सरकार फेरिरहला । आज सरकारले विद्युतलाई छुट दियो भोलीको सरकारले अर्को नीति ल्याएर बिदेशी लगानीकर्ता लखेट्ने किसिमको नीति बनाउला । यस्तो अवस्था आयो भने बिद्युतमा लगानी आउदैन । बिद्युतमा लगानी नआएपछि जलविद्युत आयोजना बन्दैन सिमेन्ट खपत पनि नहोला वा बिद्युत नभएपछि सिमेन्ट कारखाना पनि कसरी चल्ला ? यो नेपालको राजनीतिको जिम्मा त कसैले पनि लिन सक्दैन ।
तर याद गर्नुपर्ने कुरा के हो भने सामान्य आन्दोलन र कहिलेकाहीको बन्द संसारको जुनसुकै पनि ठाँउमा हुने भएकोले केही बन्द हुदैमा आतिनु पर्ने चाही हुदैन ।
ख) प्रशासनिक ढिलासुस्ती ः १ अर्बको योजनामा एउटा गा.वि.सको सिफारिसले एक हप्ता रोकियो भने करोडौ घाटा होला । नेपालको दुर्भाग्य यो पनि छ ।
ग) स्थानीयको अवरोधः स्थानीयले नचाहिदो माग राखेर योजना अगाडी बढ्न दिदैन भने घाँटामा जान सक्छ । जलविद्युत र सिमेन्ट कारखानाहरुले यो समस्या झेल्नुपर्ने अवस्था आउन सक्छ ।
घ) मजदुर आन्दोलनः हामीमा जिम्मेवारी पुरा गर्नु भन्दा बढी अधिकार माग्ने संस्कार छ । अनाआवश्यक माग राखेर मजदुर आन्दोलन भईरहने र यसले राजनीतिक संरक्षण पाउने भएकोले कम्पनी घाँटामा जान सक्छ । कतिपय कम्पनीहरु मजदुर आन्दोलनले बिगठनसम्म भएको छ ।