Monday, May 21, 2018

पर्यटन बोर्डको नेपाल बिज्ञापन

 This article was published in Arthik abhiyan National news Paper on 12/10/2016

वागमान कुलुङ

आफ्ना पदाधीकारीहरुमाथीको मुद्वाले गतवर्ष यतिबेला ‘नेपाल पर्यटन बोर्ड’ अगाडी बिनियोजित साना–तिना बजेट निकाशा गर्न समेत नसक्ने कमजोर अवस्थामा थियो । प्रमुख कार्यकारी अधिकृत नियुक्तीको लामो अदालती झन्झटबाट मुक्ति पाएपछि त्यस पदमा नयाँ नियुक्तीसंगै यो वर्ष बोर्डले अरु बर्षहरुभन्दा प्रभावकारी कामहरु गरिरहेका छन् । हालसम्म बोर्डले अन्य सरोकारवालाहरुसंगको सहकार्यमा अन्र्तराष्ट्रिय बुद्विष्ट सम्मेलन, चाइना मिसन्, अतिथी देवो भवः लगायतका कार्यक्रमहरु गरिसकेको छ । नेदरल्याण्ड, जापान, युके लगायतका देशहरुमा नेपालीहरुले नेपालको पर्यटन प्रमोशन गर्ने कार्यक्रमहरुमा हातेमालो गरिरहेको छ । जनसम्पर्क अधिकृतहरु तोकेर वा गैरआवासीय नेपालीहरुको सञ्जालमार्फत बोर्डले बिदेशी भूमिमा नेपालको प्रचार गर्न खोजिरहेको छ । यसबाहेक बोर्डले हालै करिब १० करोड खर्च गरेर बिबिसी वा सो स्तरको अन्र्तराष्ट्रिय मिडियामार्फत र करिब ६ करोड खर्च गरेर चिनिया र भारतीय टेलिभिजनहरुमार्फत नेपाली पर्यटनको प्रचारप्रसार गर्ने निर्णय गरेको छ । यतिका सरकारी रकम खर्च गरेर बनाईने यो विज्ञापनले नेपालबारे कम्तिमा ६ वटा सकारात्मक सन्देशहरु दिन सक्नुपर्दछ । भूकम्पपछि नेपाल पुर्ण सुरक्षित भएको सन्देश, नेपाल अन्र्तराष्ट्रिय आतंबादका गतिविधी शुन्य मुलुक, आउदो पर्यटन वर्षमा नेपालले पर्यटकहरुलाई दिने प्रमुख सहुलियतहरु, विभिन्न भाषाभाषी र संस्कृतिको मुलुक, गौतम बुद्व र हिमालको देश आदी । यसबाहेक नेपाल चराचुरुङ्गी र भौगोलिक बिविधताको देश पनि हो ।

अहिले संसारका पर्यटकहरुको गन्तब्य डाइभर्ट गर्ने प्रमुख कारक तत्व अन्र्तराष्ट्रिय आतंकवादका गतिविधीहरु भईरहेका छन् । संयुक्त राष्ट्रसंघ विश्व पर्यटन संगठनको प्रतिवेदन अनुसार २०१६ को पहिलो ४ महिनामा टुनिसिया, टर्की र इजिप्टबाट मात्र अन्र्तराष्ट्रिय आतंकवाद्का गतिविधीले गतवर्षको पहिलो चार महिनाको तुलनामा ५१ लाख पर्यटकहरु अन्य देशहरुमा डाइभर्ट भईसकेका छन् । संगठनको प्रतिवेदन अनुसार ती पर्यटकहरु युरोपका स्पेन, पोर्चुगल, इटाली, माल्टा र बुलगारियातिर डाइभर्ट भईरहेका छन् । युरोपका यी सहरहरु आफैमा दैनिक लाखौ पर्यटकहरु प्रवेश गर्ने व्यस्त सहरहरु हुन् । त्यसो त अहिले ठुला मानिसहरुको हुल जम्मा भएका युरोपका सहरहरुमा पर्यटकहरुले धेरथोर आतंकवादको हमलादेखि डराइरहनु परेको छ । उदाहरणले लागी पेरिसमा आगामी महिनामा शुरु हुने युरो कपमा संसारका लाखौ पर्यटकहरु आउनेछन् तर त्यही अवसरमा अमेरिकाले फ्रान्सलाई अन्र्तराष्ट्रिय आतंकवादी हमला हुन सक्ने भन्दै सजक रहन भनेको थियो । त्यसको केही दिनमै उक्त युरो कपमा बिस्फोटको योजना बनाईरहेका एकजना आतंकवादी कार्यकर्ता युक्रेनमा पक्राउ परेको छ । संसारका प्रमुख पर्यटकीय गन्तव्यहरुमा यसरी आतंवादी हमलाको त्रास उत्पन्न भईरहेको अवस्थामा नेपाल इतिहासमै यस्ता गतिविधी शुन्य भएको शान्त मुलुक हो भन्ने सन्देश विश्व जगतलाई दिन जरुरी छ । हुन त अमेरिकी प्रतिवेदनले नेपाल भारत खुल्ला सिमा र त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलको कमजोर चेकिङ प्रणालीका कारण यस्ता गतिविधीमा संलग्नहरु नेपालमा लुक्न सक्ने भनेर सजक गराएको छ । सरकारको ध्यान त्यस क्षेत्रमा जानसक्नुपर्छ । हालैको ग्लोबल पिस इन्डेक्स प्रतिवेदनमा नेपाल दक्षिण एसियामा भुटानपछि दोस्रो शान्त मुलुक भनेर आएको छ । शान्त देशको यो साख बचाउन सक्यौ भने संसार आतंकवादले सताइरहेको बेला हामीलाई पर्यटनमा राम्रो गर्दै जानेछ र यसलाई बचाएर प्रचारमा जान जरुरी छ ।

अर्को महत्वपुर्ण कुरा सरकारले २०१८ लाई पर्यटन वर्ष मनाउने घोषणा गरिसकेको अवस्थामा पर्यटन वर्षमा पर्यटकहरुलाई दिइने विषेश सहुलियतहरु के के हुन् ? सरकारले त्यसको निर्णय गरेर सार्वजानिक गर्न ढिला गर्नुहुदैन । खासगरी अरु भ्रमण वर्ष जस्तै पर्वतारोहण रोयल्टी, प्रवेश शुल्क, भिसा शुल्क आदिमा छुट दिने हो भने बेलैमा सार्वजानिक गरेर पर्यटन बोर्डलाई प्रचारको लागी जिम्मा दिइनुपर्दछ । पर्वतारोहण लामो समयको तालिम र ठुलो बजेटसहित आयोजना गरिने भएकोले पर्वतारोहीहरुले आगामी २ वर्षको योजना अहिले नै शुरु गर्ने हुँदा सरकारले सहुलियतबारे निर्णय गर्न र प्रचार गर्न ढिला गर्नु हुदैन् ।

विज्ञापन दिँदा हाम्रा कमजोरी पक्षहरुमाथी पर्यटकहरुबाट उठेका प्रश्नहरुको पनि सन्तोषजनक उत्तर मिलेको हुनुपर्दछ किनभने नेपाललाई एसियाको महंगो हवाईभाडा भएको देश भनेर पनि चिनिन्छ । हवाईभाँडा महंगो भए पनि खान र बस्ने खर्च संसारका प्रमुख पर्यटकीय गन्तब्यहरुभन्दा तीन गुणा सस्तो छ । बोर्डले चलाखीपुर्ण तरिकाले यो सन्देश दिन सक्नुपर्दछ । यसबाहेक हाम्रो हवाईमैदान संसारको खराब मैदानहरुको लिष्टहरुमा आउछ भने हाम्रो राजधानी संसारकै प्रदुषित शहरहरुमा गनिन्छ । बोर्डले यी सबै कुराहरुलाई मिलाएर चलाखीपुर्बक आफ्नो विज्ञापनहरुमा समावेश गर्न सक्नु पर्दछ ।

बोर्डको प्रचार रणनीति अनुसार सोह्र करोड रुपैयाको यी फरक ३ बिज्ञापनहरु पहिला चिनिया टेलिभिजन, भारतीय टेलिभिजन र बिबिसीमार्फत प्रचारण हुनेछन् । त्यसपछि त्यही बिज्ञापनलाई सामाजिक सञ्जालहरुमार्फत ब्यापकरुपमा प्रचार गरिनेछ । तर सामाजिक सञ्जाल भन्नाले एउटा पश्चिमा सामाजिक सञ्जालहरु जस्तै फेसबुक, ट्विटर, युट्युव, व्वाट्स अप आदि र अर्का चिनिया सामाजिक सञ्जालहरु जस्तै वेइवो, क्युजोन, पेङयु, रेनरेन, काइछिन्, विच्याट आदि पर्दछन् । भारतीय र हामी नेपालीहरुले प्रयोग गर्ने सामाजिक सञ्जालहरु यी पश्चिमा सामाजिक सञ्जालहरु हुन जसलाई चीनमा प्रतिबन्द गरिएको छ र उनीहरुको आफ्नै यी सामाजिक सञ्जालहरु छन् । भारतमा हिन्दीमा बज्ने बिज्ञापन र बिबिसीमा अंग्रेजीमा बज्ने बिज्ञापनलाई हामी संसारभरीका नेपालीहरुले आफुले प्रयोग गर्ने सामाजिक सञ्जालहरुमार्फत प्रचार गर्दा त्यसले बोर्डको रणनीति अनुसार काम गर्छ तर ठुलो खर्चमा बनाईएका चीनिया भाषाका बिज्ञापनलाई हाम्रो समाजिक सञ्जालहरुमार्फत मात्र प्रचार गर्ने हो भने त्यसले चीनिया पर्यटकहरुसम्म पु¥याउन सक्दैन ।

टेक्नोलोजी इन एसिया नामक मेगाजिनका अनुसार यी चीनिया सामाजिक सञ्जाल प्रयोगकर्ताहरुमध्ये चीनमा मात्र ५९ करोड ७० लाख रहेका छन् जोसंग हामी समाजिक सञ्जालमार्फत सम्पर्कमा छैनौं । त्यस्तै हाल बार्षिक १२ करोड चिनिया पर्यटक बिश्व बजारमा छन् । यसले चीनिया पर्यटकसम्म हाम्रो सन्देश पुग्न जरुरी छ तर सामाजिक सञ्जालमार्फत पुग्न सजिलो छैन भन्ने देखाउछ । यस्तो अवस्थामा चीनका ख्याती प्राप्त कलाकार, खेलाडी, धार्मिक नेता जस्ता प्रतिष्ठित ब्याक्तिहरुलाई नेपालले पर्यटन दुत, पर्यटन सहयोगी वा के भनेर हुन्छ, कुन स्तरको ब्यक्तिलाई सकिन्छ नियुक्ती गरेर उनीहरुको सामाजिक सञ्जालमार्फत प्रचार गराउने हो भने लाखौंलाख उनीहरुको फ्यानहरुसम्म हाम्रो बिज्ञापनहरु समाजिक सञ्जालमार्फत एकैसाथ पुग्नेछ । यो रणनीति भारतीय पर्यटकहरुसम्म पुग्नको लागी पनि प्रयोग गर्न सकिन्छ । तर प्राविधिक कारणले चीनिया समाजिक सञ्जालमा भने हामीले प्रयोग गर्नै पर्ने आवश्यकता छ ।

Saturday, October 7, 2017

महाकुलुङ हेर्न जान्छन् कि हेर्दै जान्छन् ?


वागमान कुलुङ

१९६० को दशकताका लुक्ला हवाईमैदानको बिकल्पको खोजी हुने क्रममा महाकुलुङको पिचिरिम
Chhemsi Village Mahakulung 
प्राविधिकहरुको पहिलो रोजाईमा परेको थियो । तर पर्यटन बुझ्न नसकेका त्यसबेलाका स्थानीयले बनाउन दिएनन् । पर्यटकहरुले बहुमुल्य खनिज पदार्थहरु (मणी) उत्खनन् गरेर लान्छन् भन्ने त्यसबेलाका स्थानीयहरुमा भ्रम थियो । त्यसपछि लुक्ला सारिएको हवाईमैदान आज नेपालको सबैभन्दा ब्यास्त हवाईमैदानको रुपमा चिनिन्छ । छ दशकअघि खुम्बुक्षेत्रका पर्यटन विकासको प्रमुख केन्द्रको रुपमा हेरिएको महाकुलुङका जनतालाई आज आएर पर्यटनको विकास अपरिहार्य लाग्न थालेको छ । यसवर्षको स्थानीय चुनावमा पनि कतिपय ठुला राजनीतिक दलहरुले पर्यटन समृद्व महाकुलुङको पहिलो आधारको रुपमा प्रस्तुत गरे भने कतिपयले कृषिपछिको दोस्रो आधारको रुपमा प्रस्तुत गरे । जे भए पनि महाकुलुङमा पर्यटनको विकास अपरिहार्य भईसक्यौ भन्नेमा चाही दुईमत छैन । 

यही आवश्यकताको महशुसले नै आज गुदेलमा हवाईमैदान बनाउन पहल भईरहेको छ । गुदेलबाट मार्मेकु–केन्पा–खोङमाडिङमा र गुदेलबाट छेस्काम–मुद्वि खोङमाडिङमाहुदै सेतीपोखरीसम्मको दुई पर्यटन पदमार्गहरु बनाउन पहल भईरहेको छ भने यता बुङबाट खिराउले–छाराखर–कोठे–खहेरसम्मको पर्यटन पदमार्ग स्तरोन्नतीको पहल भईरहेको छ । त्यसै गरी बुङमा एउटा पर्यटन सुचना केन्द्र र बिशाल आदिवासी संग्रालयको कुरा पनि जोडदार उठिरहेको छ । त्यसबाहेक तोखखम, चालिम्खम्, पोम्लालुङ संरक्षण र केन्पा, भुकुर लगायतका हिमालहरुमा हिमालयन भ्यु टावरका कुरा पनि उठिरहेका छन् । यी उठेका भौतिक विकासका विषयहरुमा पनि स्थानीयबीच धेरै मत मतान्तर छैन यद्यपी कुन योजना पहिला, दोस्रो वा तेस्रोमा सम्पन्न गर्ने भन्नेमा भने बुझाई धेरै फरक देखिदैछ । 

खासमा बिदेशी पर्यटकहरु महाकुलुङ हेर्न जान्छन् कि हेर्दै जान्छन् ? अथवा बरुञ्जे, चाम्लाङ, मेरा र मकालु जस्ता हिमालहरुले तानेका विदेशी पर्यटकहरुलाई महाकुलुङमा भएका ऐतिहासिक, धार्मिक र प्राकृतिक पक्षले अझ तान्न सघाउछ ? कि महाकुलुङमा भएका ऐतिहासिक धार्मिक र प्राकृतिक पक्षले तानेका विदेशी पर्यटकहरुलाई यी हिमालहरुले तान्न सघाउछ ? यी कुरामा एकमत हुन नसक्दा आज महाकुलुङका पर्यटन विकासका प्राथमिकताहरु पनि एकमत हुन सकिरहेको छैन । 

क) बढीजसो पर्यटकहरु महाकुलुङ हेर्न जानेछन् :- 


यदी हामी यो कुरामा बढी विश्वास गर्छौ भने महाकुलुङका तोसखम्, चालिमखम्, पोम्लालुङ, गुम्बा, मठमन्दिर, बिशाल संग्रालय आदिको निर्माणलाई पहिलो प्राथमिकतामा राखेर अगाडी बढ्नु पर्ने हुन्छ । किनकी यो मान्यतामा महाकुलुङले पर्यटक तान्ने भएकोले यी कुराहरु पहिलो आवश्यकतामा पर्छ र हिमालहरुले पर्यटक तान्न सघाउने भएकोले हिमालतिर जाने बाटो र पूलहरु दोस्रो प्राथमिकतामा पर्छ । 

ख) बढीजसो पर्यटकहरु महाकुलुङ हेर्दै हिमालतिर जानेछन् :-


यदी हामी यो कुरामा बढी विश्वास गर्छो भने बुङबाट छाराखर हुदै खहरेसम्म जाने बाटो र गुदेलबाट केन्पा र मुद्वी हुदै सेतीपोखरी उपत्यका जाने बाटोलाई पहिलो प्राथमिकतामा राखेर अगाडी बढ्नु पर्ने हुन्छ । किनकी यो मान्यतामा हिमालहरुले पर्यटक तान्ने भएकोले यी बाटाहरु र बाटोमा आवश्यक पर्ने पुलहरु पहिलो आवश्यकतामा पर्छ र महाकुलुङका धार्मिक तथा साँस्कृतिक पक्षहरु दोस्रो प्राथमिकतामा पर्छ । 

माथी क र ख मध्ये जुनै रणनीति अपनाएर पर्यटनको विकास गरिए पनि गुदेल हवाई मैदान र पर्यटन सुचना केन्द्र चाही उतिकै रुपमा आवश्यक हुन्छ । तर यी भौतिक पुर्बाधारहरु निर्माण गरेर पर्यटकहरु फाट्टफुट्ट आउन थालेपछि कहाँ जाने ?, कताबाट जाने ? त्यहाँ जान कति समय लाग्छ ? कहाँ बस्ने ?, के खाने ? के अवलोकन गर्ने ? किन अवलोकन गर्ने ? सबै कुरा थाँहा नभएर भौतारिरहेको बेला बल्ल सुचना केन्द्रको आवश्यकता पर्छ अहिले तत्काल होइन कि ? किनभने पहिलो कुरा अहिले महाकुलुङमा ज्यादै कम्ती पर्यटक आउछन् र त्यसमा कति नै पो भौतारिएला त्यसरी ? यसको अर्थ चाहिदैन भनेको पनि होइन मात्र प्राथमिकताको कुरा हो ।


Sunday, May 15, 2016

कमजोर भौतिक पूर्बाधारले नेपालमा थोरै पर्यटक

 वागमान कुलुङ
वार्षिक ५ करोड ५० लाख भन्दा बढी पर्यटकहरुले चीनको भ्रमण गर्छन् भने २ करोड ६० लाखको हाराहारीले भारतको भ्रमण गर्छन् । मलेशिया बार्षिक २ करोड ७४ लाखले र थाईल्याण्ड २ करोड ६० लाखले भ्रमण गर्छन् तर नेपाल भने बल्ल बार्षिक ८ लाखले मात्र भ्रमण गर्छन् । कारण किन ? थोरै पर्यटक नेपाल आउने प्रमुख दुई कारणहरुमा नेपालको कमजोर अन्र्तराष्ट्रिय हवाई सञ्जाल र काठमाडौं आईपुगेका पर्यटकहरु गन्तब्यमा पुग्न भौतिक संरचनाको अभाव प्रमुख कारण रहेका छन् । यस लेखमा भने काठमाडौं आईपुगेका पर्यटकहरुको लागि गन्तब्यसम्म पुग्न भौतिक संरचनाको अभावबारे चर्चा गरिएको छ ।
मुख्यतया पर्यटकहरु हिमाल चढ्न र हेर्न नेपाल आउने हुन् तर नेपालको सबै हिमाली भुभागहरु घुम्न बिदेशी पर्यटकहरुले अपर ग्रेट हिमालयन ट्रेलको यात्रा गर्न सक्नुपर्ने हुन्छ । पाँच हजारदेखि ६ हजार १ सय ९० मिटरसम्मका १० वटा हिमाली भञ्ज्याङहरु पार गर्न सक्ने शर्तमा उक्त ग्रेट हिमालयन ट्रेल करिब ५ महिनाको यात्रा हो । जबकी युरोपियन ट्राभल एजेन्सीहरुले युरोपका २६ वटा भन्दा बढी देशहरु तीन महिनामा घुमाउने अफर गरिरहेका छन् । तर यी हिमाली भञ्ज्याङहरु पार गर्न नसक्नेहरुले एक वर्षमा पनि नेपालको सबै हिमाली भुभागहरुको नजिकबाट अवलोकन गर्न सक्दैनन् । यसको प्रमुख कारण भौतिक पूर्बाधार विकासको अभाव हो जसले हाम्रो हिमाली पर्यटकीय क्षेत्र सबैको पहुँचभन्दा टाढा बनाईरहेको छ । यसकारण ग्रेट हिमालयन ट्रेलको सहज पँहुच बनाउने पूर्बाधारको दिगो बिकासबिना नेपालको पर्यटन बजारले संसारका सुविधा सम्पन्न पर्यटकीय गन्तब्यहरुसंग प्रतिष्पर्धा गर्न सक्ने छैन ।
के हो ग्रेट हिमालयन ट्रेल ?
एसियाका देशहरु पाकिस्तान, चीन, भारत, नेपाल, भुटान र म्यानमारका उच्च हिमश्रृखलाहरु हुदै करिब ४,५०० कि.मि. लामो हिमाली पर्यटन पदमार्गको परिकल्पना ‘ग्रेट हिमालयन टे्रल’ हो । उच्च हिमश्रृखलाहुदै हिमाली यात्रा र मध्य पहाडी मार्ग हुदै ‘ग्रिन ग्रेट हिमालनय ट्रेल’ को नामले साँस्कतिक धार्मिक तथा प्राकृतिक पर्यटनको विकासको लागि यो मार्गको अवधारणा ल्याईएको हो । विश्वका आठ हजारभन्दा माथिको १४ वटै हिमालहरुको काखहुदै तय गरिने यो यात्रा संसारकै सबैभन्दा साहसिक, रमणीय र लामोदुरीको हुने अनुमान गरिएको छ । म्यानमारको हिमश्रखलाबाट शुरु हुने यो हिमाली पदमार्ग भुटानी हिमश्रखलाहुदै भारतको अरुणााचल, सिक्किम, दार्जिलिङ भएर नेपालको कञ्चनजंगा क्षेत्र प्रवेश गर्दछ । नेपालको कलचनजंगाबाट विश्वको पाँचौ हिमशिखर मकालु आधारशिविर हुदै वेष्टकोल ६,१९० मि., शेर्पेनीकोल ६,१३५मि. र आम्फुलाप्चा ५,८०० मि पास गरेर सोलुखुम्बुको नाम्चे आईपुग्छ । नाम्चेबाट गौरीसंकर क्षेत्रमा ५,७१७ मिटरको टासिलाप्चा, मनास्लु क्षेत्रमा ५,१५० मिटरको लर्केपास र ५,४१६ मिटरको थोरोङला पास, त्यस्तै डोल्पा मुगुक्षेत्रमा ५,५५० मिटरको जुङबेनला पास, ५,३७८ मिटरको छानला पास, ५,१९० मिटरको नुमाला पास र ५,५०० मिटरको च्र्यागोला पासपछि दार्जुला हुदै तिब्बतको बर्वा भन्ने ठाँउमा यो पदमार्गको अन्त हुन्छ । नेपालमा भने यस पदमार्गको लम्बाई करिब १,७०० कि.मि. रहेको छ ।
ग्रेट हिमालयन ट्रेलका भौगोलिक कठिनाईहरु
काठमाण्डौंबाट चरिकोटहुदै गंगुरखोलासम्म बसमा गएर सजिलै दोलखाको छो–रोल्पा ताल पुगिन्छ । उक्त ठाँउबाट ५,७१७ मिटरको टासिलाप्चा भञ्ज्याङ पार गर्न सकियो भने २ दिनमै थामे हुदै सोलुखुम्बुको नाम्चे बजार पुगिन्छ । तर हिमाल आरोहण गर्ने टिम बाहेक अन्यको लागि यो असम्भव कार्य हो । यस्तो अवस्थामा उनीहरु जुन भञ्ज्याङभित्रको हिमाली श्रृखलाहरुको द«ष्यावलोकन गरेर गएका हुन्छन् त्यही श्रृखलाहरुको दोहोरो अवलोकन गर्दै चरिकोट फर्कनुपर्ने बाध्यता छ । त्यसपछि उसलाई खुम्बु उपत्यकाको नाम्चेक्षेत्र पस्न इच्छा भए जिरी, लुक्ला, भएर थामे पुग्नुपर्ने हुन्छ, जसको लागी उसले कम्तिमा थप २२ दिन खर्चनुपर्ने हुन्छ । थामेबाट छिकुङसम्मका खुम्बु उपत्यका भित्रका हिमश्रृखलाहरुको द«ष्यावलोकन गरेर फेरी त्यही पर्यटकले सेतीपोखरीहुदै हुंगा उपत्यका भित्र प्रवेश गरेर बरुञ्जे, मेरा, चाम्लाङ जस्ता अरु चर्चित हिमालहरुको दृष्यावलोकन गर्नु परे उसले अर्को ५,८०० मिटर उचाईको आम्फुलाप्चा भञ्ज्याङ पार गर्नुपर्ने हुन्छ । त्यो पनि टासिलाप्चा जस्तै सबै पर्यटकहरुको पहँुचमा छैन । उसले सो भञ्ज्याङ पार गर्न नसके थप एक महिना लगाएर नाम्चे, लुक्ला, कोठे, नौलेख, खहरे हदै त्यस भञ्ज्याङभित्र प्रवेश गर्नुपर्ने हुन्छ । सोही तरिकाले हुंगा उपत्यकाबाट विश्वको पाँचौ हिमशिखर मकालु लगायतका अन्य हिमालहरु हेर्न अरुण उपत्यका प्रवेश गर्दा ६,१३५ मिटरको शेर्पेनीकोल र ६,१९० मिटरको वेष्ट कोल भञ्ज्याङ पार गर्नुपर्ने हुन्छ ।
फेरी यो दुई भञ्ज्याङहरु पनि सबै पर्यटकहरुको पहुँचमा छैन । यस्तो बेला यी भञ्ज्याङहरु पार गर्न नसक्नेले फर्केर नौलेख, कोठे, बुङ, साल्पा, तुम्लिङटार हुदै अर्को ४५ दिनको यात्रा गरेर अरुण उपत्यकामा प्रवेश गर्नुपर्ने हुन्छ । यी चारवटा भञ्ज्याङहरुको भौगोलिक कठिनाई गे्रट हिमालयन ट्रेलका सबै ५ हजार उचाईभन्दा माथिका १० वटै भञ्ज्याङहरुमा भोग्नुपर्ने भौगोलिक कठिनाईका प्रतिनिधी उदाहरणहरु हुन् । नेपालमा अपर ग्रेट हिमालयन ट्रेलका यी १० वटा कठिन भञ्ज्याङहरु विभिन्न नदीहरुले सिर्जना गरेका प्रत्येक दुई उपत्यकाहरुलाई जोड्ने भञ्ज्याङहरु हुन । जस्तै शेर्पेनीकोल भञ्ज्याङले अरुण उपत्यका र हंगा उपत्यकालाई जोड्छ । आम्फुलाप्चा भञ्ज्याङले हंगा उपत्यका र खुम्बु उपत्यकालाई जोड्छ भने टासिलाप्चा भञ्ज्याङले दोलखाको तामाकोशी उपत्यका र खुम्बु उपत्यका जोड्ने काम गर्दछ । फरक सामाजिक परिवेश र फरक भौगोलिक परिवेशका एक दर्जन भन्दाबढी महत्वपुर्ण हिमाली पर्यटकीय गन्तब्यहरुलाई सामान्य मानिसहरुले बिना तयारी पार गर्न नसक्ने यी १० वटा भञ्ज्याङहरुले सक्दो टाढा बनाउने काम गरेको छ । भौतिक पुर्बाधारको विकासले ती भञ्ज्याङहरुलाई सहज नबनाएसम्म नेपाली पर्यटनमा नयाँ आयाम थपिने छैन । यहाँ ति पुर्बाधारमध्ये दुईवटा पुर्बाधारको चर्चा गरिएको छ ।
फ्रान्स र स्वीजरल्याण्डबिच हेउट समेनीका हिमाली केबलकार
फ्रान्स र स्वीजरल्याण्डबिच हेउट समेनीका हिमाली केबलकार

तिब्र गतिमा सडक यातायातको विकासः
ग्रेट हिमालयन ट्रेलका यी १० वटा कठिन भञ्ज्याङहरुले बिभाजन गरेका हिमाली उपत्यकाहरुमा हाल धेरथोर सडक यातायात जोडिन खोजिदैछ । सबै गा.वि.समा सडक यातायात पु¥याउने सरकारी नीति साकार भयो भने आगामी दशकभित्र नाम्चेबजारदेखि थामेतिर सडक आउनुपर्ने हो, नाम्चेदेखि ट्याङबोचे हुदै छिकुङसम्म सडक जानु पर्ने हो, दोलखाको चरिकोटदेखि छोरोल्पासम्मको सडक पिच हुनु पर्ने हो वा डोल्पा र मुगुका यी कठिन भञ्ज्याङहरुतिर कच्ची सडक पुगिसकेको हुनुपर्ने हो । यही दशकमा यो सम्भव नहोला तर पक्का कुरा के हो भने आगामी केही दशकभित्र ढिलोचाडो उक्त सबै हिमाली उपत्यकाहरुमा गाडी गुड्छ नभए गुडाउनुपर्छ । जति चाडो उक्त हिमाली उपत्यकातिर सडक यातायात जोडिन्छ, त्यति नै छिटो नेपालका हिमाली पर्यटकीय क्षेत्रमा विश्वका पर्यटकहरुको सहज पहँुचको बृद्वि भई नेपालमा पर्यटकको संख्या बढ्ने छ । सडक यातायातको अभावले संसारका थुप्रै हिड्न नसक्ने तर नेपालको हिमाली क्षेत्र हेर्न चाहनेहरु हाम्रो सडक विकासको प्रतिक्षामा छन् ।
हिमाली केबलकारको योजना निर्माणः
भविष्यमा अपर ग्रेट हिमालयन ट्रेलका हिमाली उपत्यकाहरुमा सडक यातायात पुगे पनि यी ट्रेलका कठिन भञ्ज्याङहरुले उक्त एक दर्जन हिमाली उपत्यकाहरुलाई फेरी पनि आवतजावतमा सहज बनाउने छैन । यसलाई सहज बनाउन हिमाली केबलकारहरु बनाउन जरुरी छ । यस्ता केबलकारहरु बिकसित देशहरुका हिमाली पर्यटनक्षेत्रमा हिमाल चढ्न समेत बनाईएका छन् । स्वीजरल्याण्ड र फ्रान्सको बीचमा अवस्थित हेउट हिमाली क्षेत्रका हिमाली श्रृखलाहरुको दृष्यावलोकन गर्न त्यहाँ केबलकार चढ्न सकिन्छ भने ब्राजिलको सुगरलफ हिमाली क्षेत्रमा पनि यस्ता केबलकार बनाईएका छन् । हेउटमा सन् १९२४ मा बनाइएका यही केबलकारको सुविधाले २०१२ मा लोनली प्लानेटले गरेको सर्वेक्षणमा संसारको नवौं राम्रो ट्रेकिङ क्षेत्रको रुपमा स्थापित भएको थियो । ३ एस गोन्दोला लिफ्ट प्रविधी प्रयोग गरेर स्विस् कम्पनी र डोप्पलमेयर गडाभेन्टा ग्रुप अस्ट्रिया लगायतका थुप्रै अन्र्तराष्ट्रिय कम्पनीहरुले संसारभरी यस्ता ठाँउहरुमा केबलकार र रोपवेहरु निर्माण गरिरहेका छन् । डोप्पलमेयर ग्रुपले २००५ मा अष्ट्रियामा किजबुहेल ३ एस केबल कार नामको एउटा केबल कार आयोजना सम्पन्न गरेका थिए ।
जमिनको सतहदेखि ४०० मिटर अग्लो, ३६४२ मिटर लामो र १९ वटा क्याबिन भएको यो केबल कारले ४०० किलोवाट बिद्युत खपत गर्ने कुरा उल्लेख गरिएको छ । यो केबलकारको एउटा क्याबिनमा २४ जना मानिसहरु एकैचोटी बस्न सक्छन् भने यसले प्रति घण्टा ३२०० मानिसहरु ओर्साने काम गर्दछ । कम्पनीले यो परियोजना जम्मा एक करोड ३५ लाख युरोमा सम्पन्न गरेको थियो । हुन त यती धेरै पर्यटकहरु हाम्रो हिमाली भञ्ज्याङहरुमा ओसार्नु पक्कै पनि पर्दैन । ठाँउ बिषेश, प्रविधी र केबलकारको क्षमताले पनि लागतलाई प्रभाव पार्छ नै । यद्यपी यस परियोजनालाई मात्र आधार मान्ने हो भने करिब १० वटा परियोजनाको लागि चार मेघावाट बिद्युत र १५ अर्ब लगानी चाहिन्छ । यो हिमाली केबलकारको विकासपछि एउटा भञ्ज्याङबाट यात्रा शुरु गरेर पर्यटकहरुको समय र योजना अनुसार दोस्रो, तेस्रो देखि दशौं भञ्ज्याङसम्म पार गरेर सकाउने थुप्रै पर्यटन पदमार्गहरु सृजना हुनेछ । यस स्तरको भौतिक विकासबिना नेपालको पर्यटनले अन्र्तराष्ट्रिय बजारमा प्रतिष्पर्धा गर्न सक्नेछैन । तराई र पहाडमा महेन्द्र राजमार्ग र मध्यपहाडी लोकमार्ग जोडिए जस्तै हिमाली क्षेत्र जोड्ने हिमाली केबलकारको विकासमा हिमाली जिल्लाहरु एक हुन आवश्यक छ । किनभने यसले संसारका पर्यटकीय क्षेत्रसंग हाम्रो पर्यटन बजारले प्रतिपर्धा गर्न सक्छ ।
This article was published in Shikhar post. To see the original article click here 

सगरमाथाको देशमा थोरै पर्यटक किन ?

बागमान कुलुङ
संसारका ८ हजार मिटरभन्दा माथिका १४ वटा हिमालहरुमध्ये ८ वटा त नेपालमै छन् । लोनली प्लानेटको सर्वेक्षणमा २०१२ मा संसारभरिमै रुचाइएको ट्रेकिङ क्षेत्रको सुचीमा सगरमाथा क्षेत्र चौंथो स्थानमा आयो ।
सन् २०१५ मा ट्रिप एड्भाईजरले गरेको सर्वेक्षणमा संसारको १९ औं पर्यटकीय गन्तब्यमा नेपालको काठमाडौं आयो । २०११ म्ाा अन्नपूर्ण क्षेत्रले संसारमै सबैभन्दा घुमिएको ट्रेकिङ क्षेत्रको रुपमा परिचय बनायो ।
कास्कीको घान्द्रुकले एशियाकै नमूना पर्यटकीय गाँउको उपाधि पाउँछ । संसारमा करिब ६ प्रतिशत बुद्धधर्मावलम्बीहरुका भगवान गौतम बुद्वको जन्म नेपालमा भएको थियो । संसारको सुन्दर देशहरुको लिस्टमा नेपाल आएकै हुन्छ । पर्यटनमा यति धेरै विधाहरु रहेको नेपालको बाषिर्क पर्यटक संख्या भने बढीमा आठ लाखको हाराहारीभन्दा माथि जाँदैन । कारण किन ? हाम्रो छिमेकी भारतमा बाषिर्क २ करोड ५० लाख र चीनमा ५ करोड ५० लाखभन्दा बढी पर्यटकहरु जान्छन् ।

भौतिक विकास र क्षेत्रफलको हिसाबले आकाश पताल फरक दुई छिमेकी देशहरुसँग हाम्रो पर्यटन तुलना गर्न खोजिएको होइन । तर, भारत र चीनमा त्यतिको संख्यामा पुग्ने पर्यटकहरु आउने वा र्फकने क्रममा नेपाल चाँहि किन चुस्स निस्कँदैनन् ? मलेसिया नेपालभन्दा मात्र २.२५ गुणा ठुलो देश हो तर त्यहाँ बाषिर्क २ करोड ७४ लाख पर्यटक जान्छन्, जो नेपाल आउने अधिकतम पर्यटक संख्या भन्दा करिब ३९ गुणा बढी हो ।
अनलाइनमा नेपालका पर्यटन क्षेत्र संसारको राम्रो भनेर भोट हाल्नेहरु जाने बेलामा चाँहि किन मलेशिया जान्छन् ? यसमा नेपाल आउन हवाइ टिकट महंगो हुनु र आइपुगेपछि गन्तव्यमा पुग्न सहज भौतिक संरचनाको अभाव हुनु प्रमख छन् ।
राउण्ड यात्राका लागि प्रस्थान हुने ठाँउ गन्तब्य   मुल्य  (£)
बेलायतको लण्डन काठमाण्डौं   ५४७  
बैंकक  ३९८  
नयाँदिल्ली   ४२२  
बेइजिङ ४२७  
अमेरिकाको न्युयोर्क

काठमाण्डौं   ७६३  
बैंकक  ४५५  
नयाँदिल्ली   ५७२  
बेइजिङ ५६६  
क्लालाम्पुर   ५०६  
फ्रान्सको पेरिस काठमाण्डौं   ४३२  
बैंकक  ३३७  
नयाँदिल्ली   ३६१  
बेइजिङ ३१८  
क्लालाम्पुर   ३४८  
नोभेम्बर २८, २०१५ मा गएर डिसेम्बर २८ मा फर्कन पाईएको सस्तो हवाइ टिकट
नेपाल पुग्न महंगोः

नेपाल बायुसेवा निगमका महानिर्देशक सुगतरत्न कंसाकारका अनुसार नेपाल एसियाकै महंगो गन्तब्य हुन् । अक्टोबर २८, २०१५ दिन नोबेम्बर २८ मा उड्ने र एक महिनापछि डिसेम्बर २८ मा फर्कनका लागि भनेर संसारको विभिन्न प्रमुख सहरहरुबाट नेपालसहित एसियाका प्रमुख पर्यटकीय गन्तब्यहरुको लागि सबैभन्दा सस्तो हवाइ भाडा तुलना गरिएको थियो ।
बेलायतको लण्डनबाट नेपालको काठमाडौं, भारतको नयाँदिल्ली, चीनको बेइजिङ, मलेशियाको क्लालाम्पुर र थाइल्याण्डको बैंकक गएर एक महिनापछि लण्डन नै र्फकन खोजिएको हवाइ टिकटमध्ये राउण्ड बैंककको टिकट सबैभन्दा सस्तो ३९८ पाउण्ड स्टलिङ परेको थियो भने सबैभन्दा महंगो राउण्ड काठमाण्डौंको टिकट ५४७ पाउण्ड स्ट्रलिङ परेको थियो ।
सन् २०१५ का वर्षभरि थाइल्याण्डका विभिन्न ट्राभल एजेन्सीहरुले प्रतिदिन ३० देखि ५० डलरमा पर्यटकहरुलाई खाने, बस्ने र घुमाउने अफर गरेका छन् । यस अर्थमा बैंकक जानुभन्दा काठमाडौं जाँदा लाग्ने बढी लागत रकम १४९ पाउण्डले बैंककमा करिब ८ दिन बस्न, खान र घुम्न पुग्छ अथवा काठमाण्डौं पुगेर र्फकने मात्र पैसाले बैंककमा ८ दिन घुमेर लण्डन र्फकन सकिन्छ । अमेरिकाको न्युयोर्कबाट हेरिएको राउण्ड टिकटमा पनि नेपालको काठमाडौं नै ७६३ पाउण्ड स्ट्रलिङसहित सबैभन्दा महंगो देखाएको थियो भने नजिकै भारतको नयाँदिल्ली काठमाडौंभन्दा १९१ पाउण्डले सस्तो पर्न गई जम्मा ५७२ पाउण्ड स्ट्रलिङ परेको थियो ।
नयाँदिल्लीमा १९१ पाउण्डले करिब १२ दिन खाने, बस्ने र घुम्न पुग्छ । यस हिसाबले न्युयोर्कबाट काठमाडौं आउने जाने बजेटले भारतको नयाँडिल्लीमा १२ दिन घुमेर अमेरिका नै फर्कन सकिन्छ । फ्रान्सको पेरिसबाट आउने जाने टिकटमा पनि नेपालको काठमाडौं नै सबैभन्दा बढी महंगो ४३२ पाउण्ड स्ट्रलिङ परेको थियो भने ११४ पाउण्ड स्ट्रलिङ सस्तोमा छिमेकी चीनको राजधानी बेइजिङ पुग्न पाइएको थियो ।
चिनियाँ ट्राभल एजेन्सीहरुले प्रतिदिन १५० युयानदेखि ३०० युयानसम्ममा बिदेशी पर्यटकहरुलाई बेइजिङमा बस्ने, खाने र घुमाउने सुविधाको अफर गरिरहेका छन् । यस अर्थमा  फ्रान्सको पेरिसबाट काठमाडौं आउने जाने बजेटले चीनको बेइजिङ एक हप्ता घुमेर र्फकन सकिन्छ ।
हवाइ कम्पनी जम्मा गन्तब्य   अर्न्तराष्ट्रिय बिमानस्थल   जम्मा जहाज
चिनियाँ एयर  ११५   ४६ ८९
नेपाल एयरलाइन्स ७  १  ९ 
थाई एयरलाइन्स  ७८ ९  ८२
मलेसियन एयरलाइन्स   ६० ७  ९३
इण्डियन एयरलाइन्स   ८५ १२ १०८  

नेपाल पुग्न महंगो किन ?

फ्रान्स, अमेरिका र स्पेनपछि चीन संसारको चौथो र एसियाको पहिलो बढी पर्यटक प्रवेश गर्ने देश हो । २०१५ मा ५ करोड ५६ लाख पर्यटकहरुले चीनको भ्रमण गरेका छन् । एयर चाइनाले स्काई टिमको सहकार्यमा संसारको ११५ अन्तरराष्ट्रिय बिमानस्थलहरुबाट दैनिक आफ्नो देशमा पर्यटकहरु ल्याउँछन् । त्यहाँ ४६ वटा अर्न्तराष्ट्रिय विमानस्थलहरु छन् ।
त्यस्तै एसियामा चीन, रसिया, हङकङ र मलेसियापछि बढी पर्यटक ल्याउने देश थाइल्याण्ड हो । २०१५ मा २ करोड ४८ लाखले थाइल्याण्ड घुमेका थिए । प्रतिपक्षको सरकारबिरोधी आन्दोलनले यस वर्ष थाइल्याण्मा १२ लाखभन्दा बढी पर्यटक संख्या घटेको हो । २०१४ मा २ करोड साठी लाखको रेकर्डसहित थाइल्याण्ड विश्वकै दशौं बढी पर्यटक भित्र्याउने देश थियो । थाई एयरवेजले स्टार एलियन्सको सहकार्यमा ७८ अन्र्तराष्ट्रिय बिमानस्थलहरुबाट दैनिक पर्यटक ल्याउँछ ।
त्यहाँ ९ वटा अन्र्तराष्ट्रिय विमानस्थलहरु छन् । भारत एशियामा अर्को धेरै पर्यटक ल्याउने देश हो । बाषिर्क २ करोड ५० लाखको हाराहारीमा भारतमा पर्यटकहरु आउने गर्दछन् । त्यहाँ १२ वटा अन्र्तराष्ट्रिय विमानस्थलहरु रहेका छन् । इण्डियन एयरलाइन्सले दैनिक ८५ वटा अन्र्तराष्ट्रिय विमानस्थलहरुबाट भारतमा पर्यटकहरु ल्याउछन् । त्यहाँका अन्य निजी कम्पनीहरुले पनि अन्र्तराष्ट्रिय उडानहरु भर्छन् ।
नेपालको भने अन्र्तराष्ट्रिय उडान भर्ने एउटै मात्र कम्पनी नेपाल एयरलाइन्स हो । यसले बल्ल ७ वटा अन्र्तराष्ट्रिय बिमानस्थलहरुमा मात्र दैनिक उडान भर्छ ।
यहाँ १ वटा मात्र अन्र्तराष्ट्रिय विमानस्थल रहेको छ । भएको एउटा अन्र्तराष्ट्रिय बिमान पनि सीएनएनको २०१५ को प्रतिवेदनमा संसारकै तेस्रो खराब हवाइ मैदानको सुचीमा आयो । यस हिसाबले हेर्दा नेपाली एयरलाइसले संसारभरि बजारक्षेत्र बिस्तार गर्न नसक्नु नै हवाइ भाडा महंगो हुने प्रमुख कारण हो ।
अरु देशहरुले संसारभरिबाट आफ्नो देशमा सस्तोमा यात्रुहरु ओर्साछन्, नेपालले त्यो हवाइ सञ्जाल फिँजाउन सकिरहेको छैन । यसबाहेक नेपालले अपनाउने भिसा प्रणालीले पनि थोरै पर्यटक संख्यामा असर गरिरहेको छ ।
हाम्रो भिसा प्रणालीः

युरोपका २६ वटा राष्ट्रहरु सेङजन राष्ट्रहरु हुन् । यी २६ वटा देशहरुमध्ये एउटा देशको भिसा लिएर ३ महिनाभित्र बाँकी २५ वटा देशहरु समेत सजिलै घुम्न सकिन्छ ।
लोनली प्लानेटको सर्वेक्षणमा २०१२ को संसारका १० आर्कषक टे्रकिङमार्गहरुमा नेपालको सगरमाथा क्षेत्र चौथो र भारतको अरुणाञ्चल प्रदेशका हिमाली श्रृंखलाहरु पाँचौ स्थानमा परेका थिए । तर सगरमाथा क्षेत्रबाट अरुञ्चल प्रदेश जान वा अरुणाञ्चल प्रदेशबाट सगरमाथा क्षेत्र आउन एकजना पर्यटकले भारत र नेपाल दुवै प्रशासनिक निकायबाट भिसा लिनुपर्ने हुन्छ । हामी एशियाको ६ वटा देशहरु जोडिएको ग्रेट हिमालयन ट्रेलको मार्केटिङ गछौर्ं । तर, उक्त ट्रेल घुम्न खोज्ने पर्यटकलाई एकै प्रशासनिक केन्द्रबाट भिसा दिन मिल्ने सुविधाको बारेमा सोच्दैनौं ।
नेपाल आउन सजिलो र सस्तो कसरी बनाउने ?

स्पष्ट भइसकेको छ कि नेपाल आउन महंगो हुनुको कारण हामीले अन्र्तराष्ट्रिय गन्तब्यहरु कभर गर्न सकिरहेका छैनौं । अन्र्तराष्ट्रिय गन्तब्यहरु कभर गर्न धेरै हवाइजहाजहरु चाहिन्छ । अहिले औसतमा एशियाका प्रमुख गन्तब्यहरुको २० प्रतिशतमात्र बजार हिस्सा दाबी गर्ने हो भने हालको ९ वटा जहाजमा १४ वटा थपेर २५ वटा पुर्‍याउनैपर्छ ।
हवाइजहाज खरिद र बजार सञ्जालको बिस्तारसँगै हवाइ मैदानको कुरा आउँछ । त्यसैले छिटो पोखरा र निजगढमा अन्र्तराष्ट्रिय विमानस्थल बनाउनुपर्दछ र काठमाडौंको स्तरोन्नति गर्नुपर्छ ।
यद्यपि अहिले नै तत्काल यतिका जहाज किनेर बजारमा आक्रामक प्रतिष्पर्धा गर्ने हाम्रो स्थिति नभएको अवस्थामा भारत वा चीन आएका पर्यटकहरुले त्यहाँको भिसा लिएकैबेला एकै प्रशासनिक केन्द्रबाट नेपालको समेत भिसा दिन सकिने व्यवस्थाका लागि पहल गर्ने हो भने हवाइमार्गबाट चीन र भारत आएका थुप्रै बिदेशी पर्यटकहरु सस्तो भाडादरमा सडकमार्गबाट नेपाल आउन सक्नेछन् ।
दिल्ली-काठमाडौं बससेवा सुचारु भइसकेको अवस्था र चीनबाट नेपालको मार्ग हुँदै एशिया जोड्ने सिल्क रोडको परियोजना कार्यान्वयन भइरहेको अवस्थामा नेपालले कुटनीतिक पहलबाट यो निर्णय गर्न सकियो भने बर्षेनी भारत र चीन आउने पर्यटकहरु केही दिनका लागि नेपाल निस्कँदा मात्र पनि नेपालको पर्यटनमा ठूलो टेवा पुग्नेछ । This article was published in onlinekhabar.com. To see original article click here

पर्यटन वर्षका निराशावादी उद्देश्य

वागमान कुलुङ
नेपालमा शान्ति प्रक्रिया शुरू भएपछि युद्धकालमा खस्केको पर्यटनलाई उठाउन तत्कालीन नेपाल सरकारले २०११ लाई ‘नेपाल भ्रमण वर्ष’ मनाउने घोषणा गरेको थियो । त्यसको निर्दिष्ट उद्देश्य पर्यटन वर्ष मनाएर वार्षिक १० लाख पर्यटक भित्र्याउनु थियो । हालै सरकारले सन् २०१८ लाई फेरि पर्यटन वर्ष मनाउने योजना प्रस्तुत गरेको छ । ७ वर्षपछि मनाउन लागिएको उक्त पर्यटन वर्षको निर्दिष्ट उद्देश्य भने फेरि पनि उही १० लाख पर्यटक भित्र्याउनु नै छ । सरकारले ७ वर्षको फरकमा उही लक्ष्य राखेर पर्यटन वर्ष घोषणा गर्दा यसले संसारलाई नेपालबारे के सन्देश दिन्छ ?

यूएन विश्व पर्यटन सङ्गठन (डब्ल्यूटीओ)का अनुसार एशिया प्यासिफिक र यूरोपमा वार्षिक ५ प्रतिशत पर्यटक आगमनको सङ्ख्यामा वृद्धि भइरहेको छ । उत्तर अफ्रिकालगायतका युद्धग्रस्त देशहरूमा बाहेक संसारभरि औसतमा पर्यटक घटिरहेका छैनन् । डब्ल्यूटीओको प्रतिवेदनले २०३० सम्म औसतमा संसारभरि कम्तीमा वार्षिक ३ दशमलव ३ प्रतिशतले पर्यटकको सङ्ख्या बढिरहने अनुमान गरेको छ । यस्तो अवस्थामा नेपाल सरकार आफैले नेपालमा ७ वर्षमा पर्यटकको सङ्ख्या उही रहने अनुमान कसरी गरेको होला ? के पहिलाको सरकारको अनुमान हावादारी र अति महत्त्वाकाङ्क्षी थियो ? वा अहिलेको सरकार नेपालको पर्यटन विकासमा निराशावादी भएको हो ?

संसारको सबैभन्दा धेरै र प्रतिव्यक्ति बढी खर्च गर्ने पर्यटक चिनियाँ हुन् । विश्व पर्यटन सङ्गठनका अनुसार २०१५ मा १२ करोड चिनियाँ पर्यटकले संसारका विभिन्न ठाउँ घुमेर १ खर्ब ४ अर्ब अमेरिकी डलर खर्च गरी यो रेकर्ड कायम गरेका हुन् । औसतमा संसारभरि करीब ४ प्रतिशतले पर्यटकको सङ्ख्या बढिरहेको बेला चिनियाँ पर्यटक भने वार्षिक १२ प्रतिशतले बढिरहेका छन् । चीनको आर्थिक विकाससँगै बढिरहेका यी लोभलाग्दा चिनियाँ पर्यटकलाई विभिन्न सुविधा दिएर संसारले आफ्ना देशमा सकेसम्म तान्न खोजिरहेका छन् । एशियामा चिनियाँलाई छुट्टै भिसा योजनासहित सन् २०२० सम्ममा वार्षिक ५० लाख चिनियाँ पर्यटक ल्याउने फ्रान्स सरकारको योजना छ । अहिले भने करीब वार्षिक २५ लाख चिनियाँले फ्रान्स घुम्दै आएका छन् । जापानमा अहिले नै वार्षिक ५० लाख चिनियाँ जान्छन् । जापानले २०२० सम्ममा यो सङ्ख्या बढाएर २ करोड पुर्‍याउने योजना बनाएको छ । गतवर्ष स्वीट्जरल्याण्डका रिगी हिमाली भेगतिर जाने रेलमा चिनियाँ पर्यटकहरूले आफ्नो भाषामा हल्ला गरेर आफूहरूलाई डिष्टर्ब गरेको भनी अन्य पर्यटकले त्यहाँका अधिकारीहरूसमक्ष उजुरी गरेका थिए । त्यसको सुनुवाइ गर्दै स्वीट्जरल्याण्डले चिनियाँ पर्यटकहरूका लागि छुट्टै रेल पठाउने निर्णय गर्‍यो । मलेशियाले गत मार्चदेखि नेपालले जस्तै चिनियाँहरूलाई भिसा शुल्क नलगाउने निर्णय गरेको छ । सामान्य अवस्थामा १ लाख २५ हजारको हाराहारीमा नेपाल आइरहेका चिनियाँहरूबाट वार्षिक ४० करोड भिसा शुल्क आउँथ्यो । तर, उक्त राजस्वलाई माया मारेर हामीले पनि उनीहरूलाई भिसा शुल्क मिनाहा गरिदियौं । हामी जस्तैका अन्य छिमेकीले वार्षिक २ करोड चिनियाँ पर्यटक ल्याउने र हामीबाट सात समुद्रपारिका देशहरूले उडाएर वार्षिक ५० लाख चिनियाँलाई आफ्नो देशमा भ्रमण गराउने हिम्मत गरिरहँदा हामीले चाहिँ वार्षिक ५ लाख चिनियाँलाई नेपाल ल्याउन नसक्ने ? त्यसो भए ४० करोड राजस्वचाहिँ किन छोड्ने ? यसै आउँदैन उसै आउँदैन भने बरु भिसा शुल्क बढाइदिने नि ! होइन भने नेपाल पर्यटन बोर्डले चिनियाँ पर्यटकलाई लक्षित गरेर चिनियाँ भाषामा वेबसाइटहरू बनाउने, चिनियाँ मिडियाहरूमार्फत प्रचार गर्ने, निजी कम्पनीहरूसँग सहकार्य गरेर चिनियाँ भाषाहरूमा भिडियो, पर्चा, पम्प्लेटहरू बनाउने र त्यसलाई चिनियाँ सामाजिक सञ्जालहरू वेइवो, युकु, विच्याट, पेङ युलगायतमार्फत बेलैदेखि प्रचार गर्ने हो भने नेपालका लागि ५ लाख चिनियाँ पर्यटक टाढाको सपना होइन । यसमा पनि काठमाडौं–चीन उडानहरू थपिरहेका छन् । ल्हासादेखि सिगात्से हुँदै केरुङ आउने रेलमार्ग दिनदिनै अगाडि बढ्दै छ ।  यसले झन् सजिलो बनाउँदै छ ।

नेपालका लागि दोस्रो बजार रणनीति युद्ध भइरहेका देशहरूका पर्यटकलाई नेपालतिर डाइभर्ट गर्नुपर्छ । खासगरी यूरोपसँग जोडिएका मुस्लिम बाहुल्य देशहरूमा अहिले आजको भोलि नै लाखौंलाख पर्यटक डाइभर्ट भइरहेका छन् । उदाहरणका लागि मध्यपूर्वको टर्कीमा भइरहेको युद्धले वार्षिक ५५ लाख जर्मन र ४५ लाख रसियाली पर्यटक मात्र त्यहाँबाट डाइभर्ट भइरहेका छन् । अरू बेला टर्की जान्थे अब कहाँ जाने होला भनेर सोचिरहेका उनीहरूसमक्ष ‘नेपाल इतिहासमै अन्तरराष्ट्रिय आतङ्कवाद गतिविधि शून्य मुलुक हो’ भन्ने सन्देशसहित पुग्यौं भने उनीहरूमध्ये एक प्रतिशतले मात्र नेपाल भ्रमण गर्दा पनि त्यो अर्को १ लाख थपिन्छ । त्यसो त अन्तरराष्ट्रिय आतङ्कवादको समस्याले यूरोपका ठूला पर्यटन बजारलाई समेत डाइभर्ट गरिरहेका छन् । सरकारले चाहने हो भने टर्कीजस्ता आतङ्कवादले ग्रस्त देशका पर्यटक कुन देशका बढी छन् त्यसको पहिचान गर्दै यो सन्देश लिएर तत्काल उक्त देशहरूमा किन पुग्न सक्दैन ? सक्छ भने नेपालमा पर्यटक किन आउँदैनन् ? सक्दैन भने पर्यटक ल्याउन नसक्ने पर्यटन वर्ष घोषणा मात्रचाहिँ किन गर्नु ?

चीनपछि भारतीय पर्यटक अर्को आशा गर्ने ठाउँ हुन् । दिल्ली–काठमाडौं सीधा बससेवा र थपिरहेका इण्डिया काठमाडौं उडानलगायतले यसलाई अझ सजिलो बनाइरहेको छ । त्यसकारण नेपालमा भारतीय पर्यटक पनि बढ्ने आशा गर्न सकिन्छ । भौतिक संरचनाको दिनानुदिनको प्रगति अर्को हाम्रो सबल पक्ष हुन् । हामी देश विदेशका सुविधासम्पन्न भौतिक विकासहरू हेरेर हाम्रोमा केही छैन भनिरहेका छौं तर वास्तविकता त्यो होइन । हाम्रा हिमालतिर जाने सडक सञ्जाल दिनानुदिन बढ्दै छ । यसले हिमाल हेर्न आउने पर्यटकलाई सजिलो बनाइरहेका छन् । हाम्रो मुख्य कमजोरी काठमाडौं आइपुग्ने हवाईभाडा घटाउन नसक्नु हो । एशियामा काठमाडौं महँगो गन्तव्य हो तर अन्तरराष्ट्रिय हवाई मैदानहरूको निर्माण र सरकारको जहाज खरीद योजनाहरूले कम्तीमा हामीले हाम्रो कमजोरी महसूस गरिरहेका छौं भन्ने बुझ्न सकिन्छ । 
  
२०११ को पर्यटन वर्षपछि २०१२ मा करीब ८ लाख ३ हजारको सङ्ख्यामा नेपालमा पर्यटक घुम्न आएका थिए जो सबैभन्दा बढी सङ्ख्यामा थियो भने २०१३ र २०१४ मा पनि करीब ८ लाखकै हाराहारीमा आएका थिए । भूकम्प र भारतीय नाकाबन्दीले २०१५ मा भने गिरावट आएको हो । चिनियाँ पर्यटक वार्षिक १२ प्रतिशत र एशियामा आउने पर्यटक ५ प्रतिशत बढिरहेको अवस्थामा नेपालले सो अवसर सोही अनुपातमा लिन सक्छ भन्ने सामान्य मान्यतामै पनि २०१८ मा नेपालमा १० लाख पर्यटक आउनुपर्ने हो । बन्दहडताल नहुने अवस्था सृजना गरेर अत्याश्यक वस्तुको आपूर्ति गरी प्रचारमा सरकार जुट्ने हो भने २०१८ सम्ममा १५ लाखभन्दा बढी पर्यटक नेपालमा आउन सक्छन् । त्यसैले सरकारको अहिलेको उद्देश्य निराशावादी छ । सरकारले आशा गरेपछि अरू क्षेत्रले आशा गर्ने हो ।
This article was published in Arthik Abhiyan Daily newspaper. To look original article click here 

Saturday, May 14, 2016

Delegation team meets Nepal Tourism Borad

Delegation team
A delegation team leaded by Bal Bahadur K.C the former tourism minister and a recent parliament member of Solukhumbu district has met to the Chief Executive Officer of Nepal Tourism Board and his team. During the meeting, the delegation members urged to him to allocate sufficient budget for the final construction of Muddi to Setipokhari valley trekking trail of Chheskam Solukhumbu. The trail is now in the process of construction. Local people of Chheskam have been constructing this route since 4 years and yet to be completed due to the lack of budget.  Nepal Tourism board this year had allocated Rs. 2 million budget for this construction. More over Rs.15 million budget for trail and bridge construction is needed the delegation team presented their tentative estimation to the board. 
 
'In reaction Dipak Raj Joshi the CEO of the Nepal tourism board has committed to allocate budget for this project' Bhala Kaji Kulung a delegation member from local village Chheskam has reported. 
Ram Kumar Kulung and Saniwa Kulung from local villages Chheskam and Bung had coordinated with K.C while KC had coordinated with Nepal Tourism Board for this meeting. Sovit Man Kulung the coordinator of local construction committee and Bhala Kaji Kulung the chairperson of Hill Development and Conservation Group Nepal had involved in this delegation meeting.
 

Monday, April 4, 2016

नेपालमा रसियाली पर्यटक ल्याउने अवसर

फ्रान्स, अमेरिका, स्पेन, चीन र इटालीपछि टर्की संसारको छैटौं र मध्यपूर्वको पहिलो बढी पर्यटक भिœयाउने देश हो । करीब ३ करोड ९८ लाख पर्यटक ल्याएर सन् २०१४ मा टर्कीले यो अन्तरराष्ट्रिय रेकर्ड कायम गरेको थियो । यसरी यो देश भ्रमण गर्नेमा जर्मनपछि रसियाली पर्यटक बढी थिए । २०१४ मा मात्र करीब ४४ लाख ७९ हजार रसियाली पर्यटकले टर्कीको भ्रमण गरेका थिए ।
संसारका पर्यटक र त्यसमा पनि रसियालीहरूको प्रमुख गन्तव्य टर्कीमा गतवर्षको मध्यतिरबाट निरन्तर युद्ध र अशान्ति फैलिँदै आएको छ । जुन ५, २०१५ मा कुर्दिश फ्रिडम ह्वाक्सले स्वायत्तताको माग गर्दै चार जनाको ज्यान जाने गरी एउटा शक्तिशाली विस्फोट गराएको थियो । विश्व पर्यटनको केन्द्र टर्की यतिले खासै अत्तालिएन । तर, त्यसको १ महीना नबित्दै जुलाई २० मा ३३ जनाको ज्यान जाने गरी अर्को आतङ्ककारी हमला भयो ।
त्यसको २ महीना नबित्दै अक्टोबर १० मा १ सय २ जनाको ज्यान जाने गरी अर्को इस्लामिक आतङ्ककारी हमला थपियो । क्रमशः त्यसको २ महीनापछि डिसेम्बरमा मात्र दुईपल्ट र त्यसपछि २०१६ को पहिलो ३ महीनाभित्रमा चारपल्ट गरी जम्मा छपल्ट टर्कीले आतङ्ककारी हमलाको सामना गर्नुपरेको छ । हालै मार्च १३ मा ३७ जनाको ज्यान जाने गरी भएको हमलापछि त टर्कीले एक्लै अन्तरराष्ट्रिय आतङ्कवादको सामना गर्न सक्दैन भन्ने तर्कसमेत अन्तरराष्ट्रिय जगत्ले गर्न थालेको छ ।
जेहोस् गतवर्ष यता युद्धले मध्यपूर्व र त्यसमा पनि टर्कीमा नराम्ररी पर्यटकीय वातावरण त्रासमय बनाएको छ । यसै सन्दर्भमा गत नोभेम्बरमा रूसले सिरियामा इस्लामिक आतङ्कवादी कारबाहीका लागि पठाएको आफ्नो युद्धविमानलाई विना अनुमति टर्कीको आकाशमा उडाएको भन्दै सीमाक्षेत्रमा टर्कीको सेनाले खसालेपछि यी दुई देशबीच राजनीतिक विवाद बढेको छ ।
यस कारणले पनि टर्कीमा रूसी पर्यटकले अरू देशका भन्दा बढी असुरक्षित महसूस गर्छन् । विगत केही महीनादेखि टर्कीमा भइरहेको यसप्रकारको द्वन्द्वले त्यहाँ एकाएक लाखौंलाख पर्यटक घट्ने अनुमान गरिएको छ ।
त्यसो भए मध्यपूर्वका यी लाखौं सङ्ख्याका पर्यटक अब कहाँ जान्छन् ? के उनीहरूले घुम्न छोडिदिन्छन् ? छोड्दैनन् । यूएन विश्व पर्यटन सङ्गठनका अनुसार २०१५ मा करीब ४ प्रतिशतले विश्व पर्यटकको सङ्ख्यामा वृद्धि भई हाल वार्षिक करीब १ अर्ब २० करोड पुगेको छ भने यो वर्ष पनि उत्तिकै अनुपातमा विश्व पर्यटकको सङ्ख्यामा वृद्धि हुनेछ । संसारका प्रायजसो पर्यटन विज्ञहरूले २०१६ भरि ल्याटिन अमेरिकामा झिङ्कालगायत प्रकोपका डरले, मध्यपूर्वमा युद्धका कारणले र ग्रीस आसपासमा विदेशी शरणार्थी समस्याका कारणले पर्यटकको सङ्ख्यामा ठूलो कमी आउने अनुमान गरेका छन् । उनीहरूका अनुसार हालैको युद्धग्रस्त मध्यपूर्वका पर्यटक त्यहाँको वातावरण र सुविधासँग मिल्लोजुल्दो तर इस्लामिक युद्धले नछोएको देशहरूमा मोडिनेछन् । उनीहरूले त्यस्ता देशहरूमा यूरोपका स्पेन र आसपासका क्षेत्र प्रमुख हुनसक्ने अनुमान गरेका छन् ।
यद्यपि एशियामा यी पर्यटक मोडिने ठाउँहरू कहाँकहाँ हुन सक्छन् ? सम्भवतः ठूला पर्यटन बजारको हिसाबले हेर्दा चीन, मलेशिया, सिङ्गापुर, थाइल्याण्ड, भियतनाम र भारत हुन सक्छ । तर, हालै इस्लामिक स्टेटविरुद्ध रूसले सिरियामा गर्दै गरेको सैन्य हमलाका कारण चीनमा बाहेक इस्लामिक स्टेटको धेरथोर गतिविधि सञ्चालन भइरहेका यी देशमा पनि रूसी पर्यटकहरूले आफूलाई पूर्ण सुरक्षित महसूस गर्न सकेका छैनन् । त्यसको पछिल्लो उदाहरण रूसी सरकारले आफ्नो नागरिकलाई इस्लामिक स्टेटबाट रसियालीहरू भारत र थाइल्याण्डमा समेत उत्तिकै सचेत रहनुपर्ने भनेर गरेको सजगता पनि हो ।
मध्यपूर्वको युद्धले लाखौं पर्यटक अन्यत्र मोडिइिरहेको अहिलेको यो परिस्थितिमा हामीले नेपाल अन्तरराष्ट्रिय आतङ्कवादको क्रियाकलाप शून्य देशका रूपमा मात्र प्रचार गर्न सक्यांै भने पनि नेपालमा रसियालीलगायत अन्य देशका थुप्रै पर्यटक भित्र्याउन सकिन्छ । सरकारी निकायले चातुरतापूर्वक रसियाली पर्यटकहरू नेपालमा ल्याउन उनीहरूलक्षित विशेष किसिमको प्रवद्र्धनात्मक कार्यक्रमहरू तत्काल चलाउन सक्नुपर्छ ।