Wednesday, January 15, 2014

पर्यटन बजारमा प्रतिस्पर्धा गर्न हिमाली केबलकार

वागमान कुलुङ
  • थाई एयरवेजले ३ सय ३५ डलर (करीब ३० हजार)मा काठमाडौं बैङ्कक राउण्ड टिकटको अफर गरिरहँदा हामी पैदल १० दिनमा पुग्न सकिने मुस्ताङ र नाम्चे घुम्न पर्यटकलाई उत्प्रेरणा दिइरहेका छौं, जब कि काठमाडौंबाट बैङ्कक आज गएर भोलि फर्कन सकिन्छ । विश्वका १ सय ९५ देशका १ हजार ३ सय २८ एयरपोर्ट छन् । यिनमा दैनिक २१ हजार ९ सय उडान  हुन्छन् । यो हवाई व्यापार गर्ने २८ ओटा विमान कम्पनीको सङ्गठन स्टार सञ्जालमा थाई एयरवेजको ठूलो अंश छ । उसले सो सञ्जालमार्फत संसारभरिका पर्यटक आफ्नो देशमा सस्तोमा थुपार्छ । हाम्रो नेपाल वायुसेवा निगमले दैनिक पाँचओटा देश (थाइल्याण्ड, भारत, दुबई, हङकङ र मलेशिया)मा उडान गर्छ । यो विश्व पर्यटन बजारमा नेपालले गरिरहेको प्रतिस्पर्धाको एउटा उदाहरण मात्र हो । हामी विश्व पर्यटन बजारको प्रतिस्पर्धात्मक वातावरणभित्र रहेर यहाँको प्राकृतिक, धार्मिक, सांस्कृतिक र ऐतिहासिक पक्षको सकारात्मक प्रचार गरी  पर्यटन उद्योग चलाइरहेका छौं, पर्यटक बोलाइरहेका छौं । कहिले हामी पर्यटन वर्षको पोष्टर भित्ताभरि टास्छौं, कहिले होम स्टे चलाउँछौं, गुम्बा, मठमन्दिर आदिको विज्ञापन दिन्छौं । जसोतसो हाम्रो पर्यटन व्यवसाय चलिरहेको छ ।
  • हामीसँग संसारमै कम मात्र पाइने भौगोलिक अवस्था, जातीय र सांस्कृतिक विविधता भरिपूर्ण छुट्टै महत्वका पर्यटकीय गन्तव्य स्थल छन् । तर पनि हामी किन विश्वबजारमा प्रतिस्पर्धा गर्न सकिरहेका छैनौं ? यसको प्रमुख कारण यहाँ पुग्ने सहज पहुँचको अभाव नै हो । सहज पहुँचको अभावका पछाडि आर्थिक र भौगोलिक कठिनाइ प्रमुख छन् । हाम्रो प्रमुख हिमाली पर्यटकीय क्षेत्र दोलखाको तामाकोशी उपत्यकादेखि पूर्वको अरुण उपत्यकासम्मको भौगोलिक अवस्था हेर्ने हो भने त्यस बीचमा तामाकोशी, खुम्बु, इङ्खु, हुङ्गा र अरुण उपत्यका गरी पाँचओटा उपत्यका छन् । तर, भौगोलिक कठिनाइका कारण ती सबै उपत्यकाको भ्रमण गर्न पर्यटकलाई करीब ३ महीना लाग्छ ।
  • दोलखाको चरिकोटबाट सिँगटी, जगत, छो–रोल्पा ताल हुँदै गौरीशङ्कर हिमालको आधारशिविर पुगिन्छ । उक्त ठाउँबाट खुम्बु उपत्यकाको पहिलो गाउँ थामे निस्कन कम्तीमा ५ हजार ७ सय मिटर उचाइ रहेको टासिलाप्चा भञ्ज्याङ पार गर्नुपर्ने हुन्छ । हिमाल आरोहण गर्न तालीम प्राप्त ट्रेकरहरूले मात्र यो भञ्ज्याङ पार गर्न सक्छन्, पर्यटक जोकोहीले त्यो भञ्ज्याङ पार गर्न सक्दैनन् । त्यसैले उनीहरू जुन भञ्ज्याङभित्रको हिमालय शृङ्खलाको दृश्यावलोकन गरेर गएका हुन्छन्, त्यहीँबाट चरिकोट फर्कनुपर्ने बाध्यता छ । उनीहरूलाई खुम्बु उपत्यका पस्न इच्छा भए जिरी, लुक्ला, नाम्चे भएर थामे पुग्नुपर्ने हुन्छ । यसका लागि पर्यटकले कम्तीमा थप २२ दिन खर्चनुपर्ने हुन्छ । थामेबाट छिकुङसम्मका खुम्बु उपत्यकाभित्रका सयौं हिमशृङ्खलाहरूको दृश्यावलोकन गरी सेतीपोखरी हुँदै हुङ्गा उपत्यकाभित्र प्रवेश गरेर बरुञ्जे, मेरा, चाम्लाङजस्ता दर्जनौं चर्चित हिमालको दृश्यावलोकन गर्न सकिन्छ । यसका लागि उनीहरूले अर्को ५ हजार ८ सय मिटर उचाइको आम्फुलाप्चा भञ्ज्याङ पार गर्नुपर्ने हुन्छ । त्यो पनि टासिलाप्चाजस्तै सबै पर्यटकको पहुँचमा छैन । यो भञ्ज्याङ पार गर्न नसक्नेले  थप १ महीना लगाएर नाम्चे, लुक्ला, कोठे, नौलेख, खहरे हुँदै त्यस भञ्ज्याङभित्र प्रवेश गर्नुपर्ने हुन्छ । सोही तरीकाले हुङ्गा उपत्यकाको सेतीपोखरीबाट अरुण उपत्यका प्रवेश गर्न ६ हजार १ सय ३५ मिटर उचाइको शेर्पेनीकोल भञ्ज्याङ पार गर्नुपर्छ ।  इङ्खु उपत्यका प्रवेश गर्न ५ हजार ४ सय १५ मिटरको मेराला पार गर्नुपर्ने हुन्छ । संसारका प्रख्यात हिमालहरू नेपालको यही पाँचओटा उपत्यकाभित्र रहे पनि त्यसको अवलोकन गर्न सहज पहुँचको अभाव छ ।
  • यी भौगोलिक कठिनाइलाई सहज बनाई बढीभन्दा बढी पर्यटकलाई हिमालतिर आकर्षित गर्न १० वर्ष लाग्ला, २० वर्ष लाग्ला । तर, हामीले दोलखाको टासिलाप्चा, सोलुखुम्बुको आम्फुलाप्चा र सङ्खुवासभाको शेर्पेनीकोल भञ्ज्याङमा तीनओटा हिमाली केबलकारको विकास गर्न सके पर्यटकले टासिलाप्चा, थामे, नाम्चे, छिकुङ, सेतीपोखरी, मकालु आधारशिविर हुँदै करीब २ हप्तामै संसारका प्रख्यात हिमालहरूको अवलोकन गरी सङ्खुवासभाको तुम्लिङटार पुग्नेछन् । यसले नेपालको पर्यटन विकासलाई संसारको अन्य पर्यटकीय गन्तव्यसँग सजिलै प्रतिस्पर्धामा लग्नेछ । सरकारले राष्ट्रिय गौरवको आयोजनामा यस्ता हिमाली उपत्यका जोड्ने केबलकारहरूको विकास गर्न जरुरी छ । संसारका थुप्रै पर्यटकीय ठाँउमा यस प्रकारको केबलकारको विकास गरिएको पाइन्छ । हिमाली केबलकारको विकास गर्न सकेनौं भने हामीले विदेशी पर्यटक गुमाउने निश्चित छ । विदेशी पर्यटक जहाज र रेलमा थाइल्याण्ड गई सेतोहात्ती चढ्ने कि नेपाल गएर होम स्टे गर्ने तुलनात्मक अध्ययन गर्छन् र आफ्नो फाइदाअनुसार योजना बनाउँछन् । त्यसैले विश्व पर्यटन बजारमा हाम्रो प्रतिस्पर्धात्मक उपस्थितिका लागि हिमाली क्षेत्रमा केबलकार सञ्चालन गर्नुपर्छ  ।
  •  http://www.abhiyan.com.np/article-dristikone_21poush2070_paryatan#.UtZOctIW1Ol 
  • - लेखक पहाडी विकास तथा संरक्षण समूह नेपालका कोषाध्यक्ष र पर्यटन विकास शाखाका संयोजक हुन् ।

Tuesday, September 24, 2013

सयल कुञ्जमा बसेर निकुञ्ज चलाउनेहरुको चाला

वागमान कुलुङ
जंगल के हो ? जहाँ कहिले काही निकुञ्ज पनि राखिन्छ । यदी एकजना राउटे छेउमा भए, यो प्रश्न भुइमा खस्न नपाउदै जवाफ फर्काउछ । जंगल घर हो । नजिकको शिकारीले मान्दैन र कसम खान्छ, जंगल शिकार गर्ने थलो हो । त्यसै गरी कृषकको लागी जंगल घाँस, दाउरा, स्याउलाको श्रोत हो भने शासक राजा–महाराजाहरुको लागी जंगल रमाइलो गर्ने ठाँउ हो । जे होस् उद्देश्य व्यापक फरक भए पनि सबैलाई जंगल चाहिन्छ, त्यो पक्का हो । यी विभिन्न जंगलमा स्वार्थ जोडिएका मनुवाहरुमध्ये जंगललाई एक्लै पेवा बनाउन खोजे कसले बनाउला ? उत्तर सजिलो छ, जोसंग बल छ उसैले बनाउछ । स्वभाविक हिसाबले शासकसंग सेनामेना र राज्यको ढुकुटी छ र उसैले अन्तिममा पेवा बनाउछ । यसरी शासकले पेवा घोषणा गरेको जंगललाई नेपाली भाषाविद्हरुले राष्ट्रिय निकुञ्ज नाम दिए । यसरी शासकले पेवा घोषणा गरेको जंगलमा अरुको प्रवेश निषेध गर्दै आइयो र त्यसबाट चित्त नबुझ्नेहरुले विवेक अनुसारको बिलौना वा बिद्रोह गरे वा गर्दै आइरहेका छन् । संसारभरीका निकुञ्जसंग स्थानीयको द्वन्दको घटनाहरु यसैको पेरिफेरीमा छ । आफ्ना पितापुर्खाले चर्चिआएका भूमिबाट एकाएक यसरी विस्थापित हुनेहरुको बिलौना सुनेर अन्तर्राष्ट्रिय श्रम संगठन महासन्धी नं. १६९ र संयुक्त राष्ट्रसंघको आदिवासी जनजाति सम्बन्धी घोषणा पत्र नामको उपायहरु पनि ल्याइयो तर विधीको शासनमा विश्वास नगर्नेहरुको लागि यो केबल कागजको पन्ना हो । यहाँ भइरहेको पनि यही हो । 

सन् १८७१ मा पच्चिम अमेरिकाको हिमाली भेगमा अवस्थित वोयोङमेङ क्षेत्रमा स्थापना गरिएको यलो स्टोन नेसनल पार्क संसारकै पहिलो राष्ट्रिय निकुञ्ज मानिन्छ । त्यहाँका शोशोनी आदिवासीहरुको पुर्खौली भूमिमा यो राष्ट्रिय निकुञ्ज स्थापना गरिएको थियो । शासकवर्गको रमाइलोको लागी स्थापना गरिएको त्यस निकुञ्ज र त्यस क्षेत्रका आदिवासीहरुबीच ठुलो द्वन्द चल्यौ । अन्तमा ५ वर्षकै अवधीमा करिब ४०० शोशोनीहरुको हत्या सरकारी सेनाबाट भएको थियो । यसरी इतिहासमा पहिलो पटक स्थापना गरिएको निकुञ्जबाट निकुञ्जको थालनी मात्र होइन, दरबारको सयल कुञ्जमा बस्ने शासक र प्राकृतिक श्रोत साधनमा आश्रित स्थानीय जनताबीचको द्वन्द पनि शुरु भयो, जुन आज उप्रान्त चलिरहेको छ । नेपालमा भने पहिलो पटक बि.सं. २०२९ मा चितवन राष्ट्रिय निकुञ्ज स्थापना गरिएको थियो । त्यो भन्दा अगाडी त्यस निकुञ्ज क्षेत्रमा दरबारका राजा–महाराजाहरुले शिकार खेलेर मनोरञ्जन लिने गर्दथे । स्वभाविक हिसाबले त्यसबेला दरबारको इच्छामा खुलेका निकुञ्जको संरक्षणमा दरबारकै प्रत्यक्ष मातहतमा रहेको सेनालाई त्यसको सुरक्षार्थ खटाइयो । संसारमा शासक वर्गले नै निकुञ्ज राख्दै आएकोल,े यो क्रम संसारकै चलनचल्तीको निरन्तरता पनि हो । त्यसैले आज सेनाबिनाको पनि निकुञ्ज हुन्छ र ? भन्ने मान्छेको मन मष्टिष्कमा छाप परिसकेको छ र त्यसै भन्ने गरिन्छ । 

यसरी संसारकै पहिलो राष्ट्रिय निकुञ्ज येलो स्टोनदेखि हालसम्म आइपुग्दा कुनै न कुनै हिसाबमा स्थानीय र निकुञ्जवालाबीच द्वन्द चल्दै आएको छ । पछिल्लो समय चितवन राष्ट्रिय निकुञ्जमा सेनाबाट स्थानीय  महिलामाथीको दुव्र्यवहारका घटनादेखि हात्ती आतंक र त्यसबाट स्थानीय र निकुञ्जवालाबीचको द्वन्द यसका उदाहरण हुन् । 

निकुञ्जमा सृजना हुदै आएका यी द्वन्द संसारकै प्रकृतिविद् र प्रकृति संरक्षकहरुको प्रमुख टाउको दुखाइको विषय हुदै आएको छ । यो समस्याको समाधानको बैकल्पिक उपायबारे सन् १९८० मा पहिलोपल्ट संसारका प्राकृति व्यवस्थापकहरुले नयाँ अवधारणाको जन्म दिए । जसलाई समुदायमा आधारित संरक्षण (Community Based Conservation) भनिन्छ । सरकारले बल प्रयोग गरेर भन्दा पनि प्रकृति संरक्षणको चेतना स्थानीय जनतालाई दिई त्यसको संरक्षण र व्यवस्थापनमा उनीहरुलाई नै जिम्मेवार बनाउनु यस अवधारणाको मुख्य विषेश्ता हो । दक्षिण अफ्रिका लगायतका संसारका विभिन्न ठाँउहरुमा यसको प्रयोग सफल हुदै आएको छ । नेपालमा भने पहिलोपल्ट ‘द माउण्टेन इन्सटिच्युट’ लगायत १४ वटा अन्य विदेशी दातृनिकायहरुले ठुलो रकम खर्च गरेर सरकारको सहकार्यमा बि.सं. २०४८ सालमा यस अवधारणाको प्रयोग मकालु बरुण राष्ट्रिय निकुञ्ज क्षेत्रमा गरे । यो दश वर्षे विदेशी परियोजना थियो । दश वर्ष पछि २०५८ सालमा यो परियोजनाको सम्पुर्ण व्यवस्थापन नेपाल सरकारलाई जिम्मा दिइयो । तर इतिहासमै पहिलो पटक समुदायमा आधारित निकुञ्ज स्थापनाको मर्म र उद्देश्य पुरा गर्न सरकारले समुदायमा आधारित नयाँ निकुञ्ज ऐन बनाउनुपर्ने थियो तर सो नगरी उही पुरानो सेना तैनाथी पारा अपनाइने ‘राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु ऐन २०२९’ अनुसार खोलिएका निकुञ्जहरु जस्तै यस निकुञ्जमा पनि सेना परिचालनको तयारी गर्दैछ र अझ बुझेर पनि बुझ पचाई तर्क गर्छ सेनाबिना पनि निकुञ्ज सम्भव हुन्छ र ?

Monday, September 2, 2013

हिमाली केबलकारको परिकल्पना र विश्व पर्यटन बजारको स्तर

वागमान कुलुङ:
थाई एयरवेजले ३३५ डलर (करिब ३० हजार) मा काठमाडौं बैकक राउण्ड टिकटको अफर गरिरहँदा हामीले हिडेर १० दिनमा बल्ल सम्पन्न गर्न सकिने मुस्ताङ र नाम्चे घुम्न पर्यटकहरुलाई सक्दो उत्प्रेरणा दिइरहेकाछौं, जबकी काठमाडौंबाट बैंकक आज गएर भोली फर्कन सकिन्छ । दैनिक विश्का १९५ देशका १३२८ एयरपोर्टहरुमा, २१,९०० उडान भरी हवाई ब्यापार गर्ने २८ वटा विमान कम्पनीहरुको संगठन स्टार सञ्जालमा थाई एयरवेजको ठुलो हिस्सा छ । उसले सो सञ्जालहरुमार्फत संसारभरीका पर्यटकहरु आफ्नो देशमा सस्तोमा थुपार्छ । हाम्रो नेपाल एयरलाइन्सले दैनिक ५ वटा देश (थाइल्याण्ड, भारत, दुबई, हङकङ र मलेशिया) मा उडान भर्छ । यो विश्व पर्यटन बजारमा नेपालले गरिरहेको प्रतिष्पर्धाको एउटा उदाहरण मात्र हो । हामी यी विश्व पर्यटन बजारको प्रतिष्पर्धात्मक वातावरण भित्र रहेर यहाँको प्राकृतिक, धार्मिक, साँस्कृतिक र ऐतिहासिक पक्षहरुको सकारात्मक प्रचार गरी सक्दो पर्यटन उद्योग चलाईरहेका छौ, पर्यटकहरु बोलाइरहेका छौ । कहिले हामी पर्यटन वर्षको पोष्टर भित्ताभरी टास्छौ, कहिले होमस्टे चलाउछौ, गुम्बा, मठ मन्दिर आदिको विज्ञापन दिन्छौ । जे होस जसो तसो हाम्रो पर्यटन व्यवसाय चलिरहेको छ । यो विश्व बजारको विश्लेषण गरेर वा नगरी अथवा जानेर वा नजानी ‘नयाँ नेपालको आधार पर्यटन’ पनि भनिरहेका छौ । 

खासगरी हामीसंग संसारभरी कमै पाईने भौगोलिक अवस्था, यहाँका जातीय र साँस्कृतिक विविधता आदिले छुट्टै महत्वको पर्यटकीय गन्तव्य स्थलहरु भए पनि किन विश्व बजारमा प्रतिष्पर्धा गर्न सकिरहेका छैनौं ? यसको प्रमुख कारण यहाँ पुग्ने सहज पहँचको अभाव नै हो । सहज पहँचको अभावको पछाडी आर्थिक र भौगोलिक कठिनाइ प्रमुख छन् । हाम्रो प्रमुख हिमाली पर्यटकीय क्षेत्र दोलखाको तामाकोशी उपत्यकादेखि पूर्बको अरुण उपत्यकासम्मको भौगोलिक अवस्था हेर्ने हो भने त्यस बीचमा तामाकोशी, खुम्बु, इङखु, हुंगा र अरुण उपत्यका गरी ५ वटा उपत्यकाहरु रहेका छन् । तर भौगोलिक कठिनाइको कारणले ति सबै उपत्यकाको भ्रमण गर्न हिमाल आरोहण गर्न नसक्ने पर्यटकहरुलाई करिब ३ महिनाभन्दा बढी लाग्दछ । 

दोलखाको चरिकोटबाट सिंगटी, जगत, छो–रोल्पा ताल हुदै गौरीशंकर हिमालको आधारशिविर पुगिन्छ । उक्त ठाँउबाट खुम्बु उपत्यकाको थामे निक्कनको लागि कम्तिमा ५,७०० मिटर उचाई रहेको टासिलाप्चा भञ्ज्याङ पार गर्नुपर्ने हुन्छ, जुन हिमाल आरोहण गर्न तालीम प्राप्त टे«करहरुले मात्र पास गर्न सक्छन् अथवा पर्यटकहरु जो कोहीले त्यो भञ्ज्याङ पार गर्न सक्दैनन् । यस्तो अवथामा उनीहरु जुन भञ्ज्याङभित्रको हिमालय श्रृखलाहरुको द«ष्यावलोकन गरेर गएका हुन्छन् त्यही श्रृखलाहरुको दोहोरो अवलोकन गर्दै चरिकोट फर्कनुपर्ने बाध्यता छ । त्यसपछि उसलाई खुम्बु उपत्यका पस्न इच्छा भए जिरी, लुक्ला, नाम्चे भएर थामे पुग्नुपर्ने हुन्छ, जसको लागी उसले कम्तिमा थप २२ दिन खर्चनुपर्ने हुन्छ । थामेबाट छिकुङसम्मका खुम्बु उपत्यका भित्रको सयौ हिमश्रृखलाहरुको द«ष्यावलोकन गरेर फेरी त्यही पर्यटकले सेतीपोखरीहुदै हुंगा उपत्यका भित्र प्रवेश गरेर बरुञ्जे, मेरा, चाम्लाङ जस्ता दर्जनौ चर्चित हिमालहरुको दृष्यावलोकन गर्नु परे उसले अर्को ५,८०० मिटर उचाईको आम्फुलाप्चा भञ्ज्याङ पार गर्नुपर्ने हुन्छ । त्यो पनि टासिलाप्चा जस्तै सबै पर्यटकहरुको पहँुचमा छैन । उसले सो भञ्ज्याङ पार गर्न नसके थप एक महिना लगाएर नाम्चे, लुक्ला, कोठे, नौलेख, खहरे हदै त्यस भञ्ज्याङभित्र प्रवेश गर्नुपर्ने हुन्छ । सोही तरिकाले हुंगा उपत्यकाको सेतीपोखरीबाट अरुण उपत्यका प्रवेश गर्न ६,१३५ मिटर उचाईको शेर्पेनीकोल भञ्ज्याङ र इङ्खु उपत्यका प्रवेश गर्न ५४१५ मिटरको मेराला पास गर्नुपर्ने हुन्छ । संसारको बिख्यात हिमालहरु त्यही ५ वटा उपत्यकाभित्र रहे पनि त्यसको अवलोकन गर्न सहज पहुँचको अभाव छ । 

यस भौगोलिक कठिनाइहरुलाई सहज बनाइ बढी भन्दा बढी पर्यटकहरुलाई हिमालतिर आकर्षित पार्न १० वर्ष लाग्ला, २० वर्ष लाग्ला हामीले दोलखाको टासिलाप्चा भञ्ज्याङ, सोलुखुम्बुको आम्फुलाप्चा भञ्ज्याङ र संखुवासभाको शेर्पेनीकोल भञ्ज्याङमा ३ वटा हिमाली केबलकारको विकास गर्न सके काठमाडौंबाट बसमा दोलखाको छो–रोल्पा पुग्ने विदेशीहरुले टासिलाप्चा, थामे, नाम्चे, छिकुङ, सेतीपोखरी, मकालु आधारशिविर हुदै करिब २ हप्तामै संसारको बिख्यात हिमालहरुको अवलोकन गरी संखुवासभाको तुम्लिङटार पुग्नेछन् । यसले नेपालको पर्यटन विकासलाई संसारको अन्य पर्यटकीय गन्तव्यसंग सजिलै प्रतिष्पर्धामा लग्नेछ । सरकारले राष्ट्रिय गौरवको आयोजनामा यस्ता हिमाली उपत्यका जोड्ने केबलकारहरुको विकास गर्न जरुरी छ । तर हामीले सो हिमाली केबलकारको विकास गर्न नसके त्यो समस्या हाम्रो मात्र हो, विदेशी पर्यटकहरुको होइन उसले त युरोप बसेर आफ्नो समय र पैसाले जहाज र रेलमा थाइल्याण्ड गई सेतो हात्ती चढ्ने कि नेपाल गएर होमस्टे गर्ने तुलनात्मक अध्ययन गर्छ र आफ्नो फाइदामा लगानी गर्छ ।
This article was published in Arthik Abhiyan a national daily newspaper click here to see  

खोटाङदेखि सगरमाथा जाने नयाँ पर्यटन पदमार्गको सम्भावना

वागमान कुलुङ 
छेस्काम ३, सोलुखुम्बु 
तत्कालिन संविधानसभाभित्र गठित ‘राज्यको पुनर्संरचना र राज्य शक्तिको बाँडफाँड समिति’ ले खोटाङलाई १४ प्रदेशमध्येको एउटा प्रदेशको राजधानी बनाउन प्रस्ताव गर्दा त्यस प्रदेशको नामांकरणमा ठुलै विवाद भयो तर राजधानी खोटाङ प्रस्ताव गरिएकोमा उति बिरोध भएन । त्यसले आगामी दिनहरुमा खोटाङको सम्भावनालाई आंकलन गर्न सकिन्छ । तर भविष्यमा संघीय राज्यको राजधानी पाए खोटाङले आफूलाई के गर्छ ? कसरी यसको इज्जत धान्छ वा संविधानले नाममात्र दिइएको राजधानीलाई भौतिक पूर्वाधारयुक्त व्यवस्थित शहरीकरण सहितको राजधानी कसरी बनाउछ ? आफ्नो सिंगो प्रदेशको विकासमा खोटाङले त्यस प्रदेशको केन्द्र हुनुको नाताले के सोचेको छ ? यसबारे बहस र अन्तरक्रिया थाल्न जरुरी छ । यस अन्र्तगत आगामी ५ वर्ष, १० वर्ष वा २० वर्षमा पर्यटन विकासको पुर्वाधार, हिमाली जडिभुटीको उत्पादन तथा निर्यात बजारीकरणका क्षेत्रहरु, जलविद्युतको सम्भावना र अन्य भौतिक पुर्वाधारहरु हुन आउछन् । प्रस्तुत लेख पहाडी विकास तथा संरक्षण समूह नेपाल, समास मिडिया प्रा.लि.,जिल्ला प्राविधिक कार्यालय सोलुखुम्बु र एभ्युन्युज टेलिभिजनमा यात्रा कार्यक्रम निर्माण टोलीको संयुक्त प्रयासमा सोलुखुम्बुको फाप्लु, खोटाङको लामिडाँडा र संखुवासभाको टुम्लिङटारबाट सेतीपोखरी भञ्ज्याङ हुदै सगरमाथा जाने बैकल्पिक पर्यटन पदमार्गको ३६ दिने सम्भाव्यता सर्वेक्षण कार्यपछि तयार गरिएको हो । यसलाई उक्त सर्वेक्षण कार्यको प्रतिवेदन पनि भन्न सकिन्छ । 

सगरमाथा जाने हालको पदमार्ग र यसमा रहेका कमजोरीहरु:
संसारको सबैभन्दा अग्लो हिमशिखर सगरमाथा खुम्बु हिमनदी बग्ने खुम्बु उपत्यका भित्र सोलुखुम्बुको खुम्जुङ गा.वि.समा पर्दछ । उक्त उपत्यकाभित्र ल्होत्से, कालापत्थर, कोङडे, आमाडम्लाङ, पुमोरी, चोयु, नुप्से, आईसल्याण्ड पिक, लोत्से, गोक्यौ, लबुचे लगायतका दर्जनौ विश्वविख्यात हिमशिखरहरु छन् । यद्यपी यो उपत्यकाभित्र प्रवेश गर्न एकमात्र प्रवेशद्वार लुक्ला हो । हवाईजहाजमा जाने पर्यटकहरुले संसारको टप १० वटा खतरनाक हवाईमैदानहरु मध्येका एक, यो हवाईमैदानमा हरेक पटक आफ्नो ज्यानको बाजी मारेर अवतरण गर्नुपर्ने हुन्छ । यो हवाईमैदानमा ओर्लेका विदेशी पर्यटकहरु खुम्बु हिमनदीको नागबेली पहिल्याउदै सगरमाथासम्म पुग्छन्, सयौ हिमशिखरहरुको अवलोकन गर्छन् । तर फर्कने बेलामा फेरी उही हिमनदीको नागवेली पहिल्याउदै, उही हिमश्रृखलाहरुको दृष्यावलोकन गरेर लुक्ला फर्कनुपर्ने हुन्छ । किनभने त्यो भञ्ज्याङबाट अर्को सेतीपोखरी भञ्ज्याङ निस्कन ५,८०० मिटरको आम्फुलाप्चा पास गर्नुपर्नेहुन्छ वा दोलखाको छो–रोल्पा ताल निस्कन ५७०० मिटरको टासिलाप्चा पास गर्नुपर्ने हुन्छ जुन विकल्प सबै विदेशी पर्यटकहरुको पहँुचमा छैन । यद्यपी यी भौगोलिक कठिनाईका बीच पनि बर्षेनी हजारौं विदेशी पर्यटकरु लुक्ला भएर खुम्बु उपत्यका प्रवेश गर्दछन् । दिनमा ७५ वटा भन्दा बढी जहाज उडान भर्ने नेपालको सबैभन्दा ब्यास्त हवाईमैदान लुक्ला हो । दर्जनौं रात स्थानीय जनसंख्याभन्दा बढी विदेशी पर्यटकहरुले बास गर्ने नेपालको एक मात्र गा.वि.स नाम्चे पनि त्यही उपत्यकामै पर्दछ । 

सेतीपोखरी भञ्ज्याङ र त्यहाँबाट लामिडाँडा हवाईमैदानः 
नेपालको सबैभन्दा ठुलो नदी सप्तकोशीको मुहान सेतीपोखरी हो । खुम्बु उपत्यकाको छिकुङबाट ५८०० मिटर उचाई रहेको आम्फुलाप्चा पास गरेर दक्षिणतिर मोडिएपछि सेतीपोखरी भञ्ज्याङ भित्र सेतीपोखरी ताल भेटिन्छ । त्यही सेतीपोखरी रहेको भञ्ज्याङभित्र बरुञ्जे, चाम्लाङ, मेरा, हुंगु चुली १, हुंगु चुली २, चारपाटे लगायतका दर्जनौं हिमशिखरहरु छन् । उक्त भञ्ज्याङबाट ६१३५ मिटरको उचाईमा रहेको शेर्पेनीकोल पास गरे मकालु हिमाल, ५४१५ मिटरको मेराला पास गरे सोलुखुम्बुको नौंलेख गाँउ निस्कन सकिन्छ । त्यस्तै  सेतीपोखरीबाट हिमनदी जसरी बगेको छ त्यसरी नै खोलाको किनारै किनार तल झरे सोलुखुम्बु छेस्कामको मुद्वि निस्कन सकिन्छ । यो बाटोको जम्मा निर्माण लागत ६८ लाख रुपैया (जिल्ला प्राविधिक कार्यालय सोलुखुम्बुको प्रतिवेदन) भए पनि २० लाख रुपैयाको लागतमा बाटो खन्ने कार्य शुरु भएको छ । बाँकी बजेटको खोजीमा स्थानीय लागि परेका छन् । 

यी चार बिकल्पहरुबाहेक उक्त भञ्ज्याङबाट करिब ३९०० मिटर उचाईको धर्मढोका पास गरेर थप दक्षिणतिर मोडिए सोलुखुम्बु र संखुवासभाको बीचमा अवस्थित केन्पाडाँडा आउन सकिन्छ । सेतीपोखरी उपत्यकाबाट खोलाको किनारै किनार छेस्कामको मुद्वी आउनु बाहेक अन्य हिमालहरु पास गरेर आइने ५ वटा बिकल्पहरुमा यो सबै भन्दा कम उचाई पास गरेर निस्कन सकिने सजिलो बाटो हो । यसरी सेतीपोखरीबाट केन्पा आएका विदेशी पर्यटकहरुले सोलुखुम्बुको भुकुर भोजपुरको साल्पा शिलुछो÷शिलिछोको पर्वतीय श्रृखलाहरुहुदै साल्पा पोखरी भएर खोटाङ आईपुग्नेछन् । केन्पाको पेकरसिद्वीमा गौबित्ता धार्मिकस्थलको अवलोकन गर्न सकिन्छ भने साल्पामा साल्पा धार्मिक स्थालको अवलोकन गर्न सक्नेछन् (थप अनुसुची १ र २) । प्रस्तावित यस पर्यटनमार्गको बाटोमा कमिरे डाँडा, बतासे डाँडा, भुकुर डाँडा, शिलुछो पिक आदि ठाँउहरुबाट ल्होत्से, मकालु, सगरमाथा, मेरा, दुधकुण्ड, चाम्लाङ, कन्चन्जंगा लगायतका दर्जनौ हिमशिखरहरु हेर्न सकिन्छ । अक्टोबर सिजनमा यस ठाँउहरुमा पानीको उपलब्धता पनि छ । खोलाको किनारै किनार आउदा कुनै पनि ठाँउहरुको दृष्याकलोकन गर्न नसकिने तर यो प्रस्तावित हिमाली बाटो हुदै साल्पासम्म आएका विदेशीहरुले डाडैडाँडा हिमालको दृष्यावलोकन गर्न सकिने हुनाले पर्यटकहरु माथीको प्रस्तावित बाटो भएर आउने स्थानीय पर्यटन व्यवसायीहरु बताउछन् । यद्यपी उक्त सेतीपोखरीबाट हिमपात भएको अवस्थामा खोलाको किनारै किनार सजिलै आउन सकिने भएकोले यस तल्लो मार्गलाई हिमपात उद्दार मार्गको रुपमा विकास गर्न सकिन्छ ।  यसर्थ खोटाङबाट उक्त सप्तकोशीको किनारै किनार वा शिलुछो, भुकुर, केन्पा, धर्मढोका हुदै डाँडैडाँडा दुवै विकल्पहरुमध्ये एउटा विकल्प रोजेर विदेशी पर्यटकहरु सेती पोखरी भञ्ज्याङ जान सक्नेछन् । तर बसन्त ऋतुमा पानीको समस्या भए साल्पाबाट सोलुखुम्बुको गुदेल, छेस्कामको मार्मेकु, भैसीरि, मेकटो हुदै मकालु बरुण राष्ट्रिय निकुञ्ज भित्रको घनाजंगल भएर पनि केन्पा निस्कन सकिन्छ । 

आम्फुलाप्चामा हिमाली केबलकारको परिकल्पना र बहुआयामिक पर्यटन मार्गको विकासः
प्रस्तावित शिलुछोदेखि भुकुर, केन्पा, धर्मढोका हुदै सेतीपोखरीसम्मको बाटो निर्माणपछि अक्टोबर सिजनमा विदेशीहरु उक्त डाँडैडाँडाको बाटो भएर सेतीपोखरी पुग्नेछन् । यो बाटो खासै धेरै बनाउनु पर्दन । भेडा गोठालो वा चौरी गोठालोहरु यो बाटो भएर हिड्दै आएका छन् । यहाँ भेडा र चौरी हिड्ने पुरानो बाटाहरु पाइन्छ । समग्रमा खोटाङबाट सेतीपोखरी उपत्यका जान ३ वटा बैकल्पिक बाटाहरुको सम्भावना छन् त्यसलाई अपर, मिडल र लोवर बाटो भन्न सकिन्छ । पर्वतीय श्रृंखलाहरु हुदै जाने बाटो अपर हो । पानीको अभाव भए पर्वतीय श्रृंखला हुदै जान नसकिने अवस्थामा मकालु बरुण राष्ट्रिय निकुञ्जको घनाजंगल भएर जाने बाटो मिडल हो । तर पुरै हिमपात भएको समयमा सेतीपोखरी भञ्ज्याङबाट खोलाको किनारै किनार छेस्काम निस्कने बाटो लोवर वा हिमपात उद्दार मार्ग हो । तर खोटाङको लामीडाँडाबाट यी तिनै मार्गहरु भएर सेतीपोखरी पुग्न सकिन्छ । भविष्यमा सेतीपोखरीबाट सजिलै ५८०० मिटरको आम्फुलाप्चा पास गर्न सकिने हिमाली केबलकारको विकास गर्न सकिए त्यसले सेतीभ्याली र खुम्बुभ्यालीे जोड्ने पुलको काम गर्नेछ । यसो हुन सके काठमाडौंबाट दैनिक ७५ वटा जहाजमा लुक्ला आएका विदेशीहरु खुम्बुभ्यालीभित्र सगरमाथा लगायतका हिमालहरु हेरेर हिमाली केबलकारबाट सजिलै सेतीपोखरी प्रवेश गरी प्रस्तावित ३ वटा मार्गहरु भएर खोटाङको लामिडाँडा आउनेछन् । 

यसलाई खोटाङको हलेशी महादेवबाट भन्दै लग्ने हो भने त्यहाँ दर्शन गरेका विदेशीहरु स्थानीय ग्रामीण परिवेशको अवलोकन गर्दै शिलुछो, भुकुर, केन्पा भएर हिमाली केबलकारबाट खुम्बु भ्याली हुदै सगरमाथा जानेछन् र खुम्बु उपत्यकाको खुम्बुहिमनदीको नागवेली पहिल्याउदै लुक्ला निस्केर काठमाडौं जानेछन् । यस्तो बेला यो मार्ग धार्मिक, साँस्कृतिक र हिमाल आरोहणको समग्ररुप भएको सबैभन्दा उत्तम पर्यटकीय मार्ग हुनेछ । यो मार्गको विकासले महिनामा एक जना युरोपियन मुस्किलले देख्न सकिने खोटाङमा विदेशीहरुको घुइचो बढाईदिनेछ । नत्र खोटाङले आफै गएर त्यस पदमार्गको सम्भावना अध्ययन गरे हुन्छ ।  जुलुस निकालेर प्रदेशको राजधानी माग्ने खोटाङले यो सपना देख्न र पुरा गर्न हिम्मत गर्नुपर्दछ । चाहे त्यो २० वर्ष किन नलागोस् ।

(लेखक उक्त पर्यटन पदमार्ग सर्वेक्षण कार्यको ब्यवस्थापन संयोजक हुन्)

अनुसुची १: केन्पा गौबित्ता धार्मिक स्थल (कालपोखरी):
१६ औ सताब्दीतिर तराईबाट एकजना गुरुङ भेडागोठालो एक हजारभन्दा बढी भेडा सहित केन्पाको गौबित्ता भन्ने ठाँउमा आएछ । गुरुङले खाना बनाउन चुलो बनाउनको लागि तीनवटा ढुँगा ल्याएर चुलो मिलाएछ । जब आगो बालेर खाना बनायो उसले दुध र अन्य चोखो खानेकुरा पकाउदा समस्या भएन तर जब उसले अन्य खानेकुरा पकायो तब चुलो भत्किएर खाना पोखियो । यो क्रम ३÷४ पल्ट दोहोरिए पछि उसले रिसले त्यो ढुँगालाई नै खुकुरीले काट्यो । यसरी काट्दा ढुङगाबाट रगत बगेछ । यसपछि गुरुङले त्यो ढुङगा देउता भएको अनुमान ग¥यौ । नभन्दै त्यस दिन मुसलधारे पानी प¥यौ र उसको सबै भेडालाई नजिकको पोखरीमा बाढीले बगाएर लग्यौ । त्यसपछि उसले त्यस ठाँउमा बर मागेर त्यो देउतालाई एउटा मन्दिर बनाएर राखि दियो । त्यो सुनेपछि स्थानीय एक थिम्रा थरको कुलुङ धामी उक्त ठाँउमा बर माग्न आफ्नो केही टोलीका साथ गयो । उक्त पोखरीमा पुगेपछि धामीले आफुले मन्त्र लगाएर तयार पारेको अछेता भेटी सहयोगीहरुलाई दियो र आफु उक्त तालभित्र पसेर एउटा राँगालाई तानेर ल्याउने कुरा ग¥यो । त्यस्तो बेला उक्त अछेताले मलाई छर्काउनु र जोडदार आफ्नो ड्याङ्ग्रो बजाउनु भनी सहयोगीहरुलाई कडा निर्देशन दिए । तर जब धामीले तालभित्र पसेर साँच्चीकै राँगालाई कानमा समाती तानेर बाहिर ल्यायो तब सहयोगीहरु आत्तिएर अछेता छर्काएर ड्याङग्रो बजाउनुको सट्टा भागे । यसरी सहयोगीहरु भागेपछि उक्त राँगाले उक्त धामीलाई तालभित्र फर्कायो र तालभित्र डुुबायो । केही क्षणपछि तालमा राताम्य रगत देखियो । धामी कहिल्यै फर्केन र त्यस दिनदेखि उक्त तालको नाम कालपोखरी राखियो । आज पनि उक्त कालपोखरी र उक्त गुरुङ गोठालोले काटेको भनिएको देउताको दाग रहेको छ । त्यस पछि बर्षेनी जनैपुर्णिमाको दिन उक्त कालपोखरीमा हजारौको संख्यामा तिर्थालुहरु बर माग्न जाने गर्दै आएको छ । हाल संखुवासभा, भोजपुर, खोटाङ, सोलुखुम्बु, धनकुटा लगायतका ठाँउहरुबाट भक्तजनहरु उक्त गौबित्ताथानमा बर माग्न जाने गर्दछन् । 

अनुसुची २: साल्पा पोखरी एक धार्मिकस्थलः 
एउटा किम्बदन्ती अनुसार आदिम युगमा वर्तमान संखुवासभाको अरुण उपत्यका क्षेत्रमा किरात वंशका एक प्रभावशाली राजा राज्य गर्दथे । तराई र कैलाश आवत–जावत गर्ने क्रममा महादेवले त्यो देखेको रहेछ । महादेवलाई किरात राजाको राज्य मन परेको रहेछ । उनले त्यो राज्य हडप्ने मनसायले राजालाई पिनाश रोग लगाएछन् । उनी आफू भने झाँक्रीको रुपधारण गरी लेक बेंशी हिड्दा रहेछन् । राजाले झाँक्रीलाई आफ्नो रोग देखाए छन् । झाँक्रीले राजालाई यो ठाँउ छाडेर जानुपर्ने नत्र रोगले ज्यान लिनसक्ने कपटपूर्ण कुरा गरेछन् । झाँक्रीको सुझावपछि राजा आफ्नो सहयोगीहरुलाई लिएर उपचारका लागि मधेश प्रस्थान गरेछन् । झाँक्रीको रुप धारण गरेका महादेवले राजाको प्रस्थानपछि त्यस राज्यलाई ध्वस्त पारी संखुवा खोला उत्पत्ति गराउनुका साथै रानी र जनतालाई त्यहाँबाट लखेटेर आफू राजा भएछन् । स्वास्थ्य उपचार गर्न गएका किरात राजा फर्केर आउँदा महादेवले आफ्नो राज्य हडपेको र आफ्नी रानीलाई बिचल्ली पारेर धपाएको बाटैमा थाहा पाएछन् । राज्य खोसी सकिएको थियो । त्यसैले उनी रानीको खोजीमा लागेछन् । सबैतिर सोधखोज गर्दा राज्य हडपिएपछि रानी रुँदै साल्पातिर गएको अरुले बताएछन् । राजा आफ्नी रानीको खोजीमा त्यतै गएछन् । रानी गएको बाटोमा उनले टेकेको विभिन्न ठाँउमा धाप र पोखरी निर्माण भएको राजाले थाहा पाएछन् र त्यसैलाई पछ्याउँदै गएछन् । रानी खोज्दै आएका राजाले बिल्बाटे ढुङ्गा (दोबानेको माथि) को टुप्पा चढेर रानी कता पुगिछन् भनेर माथी शिलुछोतिर हेर्दा रानीको टाउको मात्र देखिएछ । त्यसमाथि अर्को ढुंगा राखेर हेर्दा साल्पा पोखरीमा रानी देखेछन् । किरात राजाले आफ्नी रानी खोज्न चढेको ढुंगा भनेर स्थानीयवासी त्यसलाई ‘राजालुङ’ भनेर पुर्काछन् । किरात राजा हतार हतार रानी लिन जाँदा रानीलाई सर्पले बेरिरहेको अवस्थामा भेट्टाएछन् । राजाले उक्त शर्प मार्न खोज्दा रानीले त्यो नागसंग आफुले बिहे गरिसकेको बताउदै मारे ठुलो क्षती बेहोर्नुपर्ने बताइन । वर्षमा तीनपटक लाग्ने साल्पा मेलामा उही विछोडिएका किरात राजा–रानीको सम्झनामा सबैले सय राजा सये सये, सय रानी सये सये गीत समेत गाँउने चलन हालसम्म पनि छ । (राजधन कुलुङ प्रसिद्व किरात धार्मिक तथा साँस्कृतिक स्थल साल्पा पोखरी बाट) ।

पर्यटनको ट्रान्जिट बिन्दु हुदै भोजपुरको साल्पा

    वागमान कुलुङ:        
 समुन्द्र सतहदेखि ३,४६० मि. उचाईमा रहेको पुर्वाञ्चलको प्रख्यात धार्मिक स्थल 'साल्पा पोखरी' सोलुखुम्बु, संखुवासभा, भोजपुर र खोटाङ जिल्लाको बिचमा भोजपुरको दोबाने गा.वि.समा पर्दछ । काठमाडौंबाट संखुवासभाको टुम्लिङटार हुदै पैदल यात्रा गरेर ३ दिनमा भोजपुरको चौकीडाँडा, दोबाने र गुँरासे हुदै त्यस ठाँउमा पुग्न सकिन्छ । त्यस्तै गरी खोटाङको लामिडाँडा हुदै जानेहरु ताप्खोला, बाने र सावा हुदै ३ दिनमा, सोलुखुम्बुको फाप्ल ु हुदै जानेहरु भुडिडाँडा, सोताङ,सानाम हुदै ४ दिनमा र लुक्लाबाट जानेहरु पैया, पाङगोम, बुङ, गुदेल हुदै ५ दिनमा उक्त साल्पा भन्ने ठाँउमा पुग्छन् । यसबाहेक धरानबाट बसमा धनकुटा हिले, टुम्लिङटार भएर पनि उक्त ठाँउसम्म पुग्न सकिन्छ भने काठमाडौंबाट बसमा ओखलढुंगाहुदै सोलुखुम्बुको सल्लेरीबजार, भोजपुरको सदरमुकाम वा खोटाङको दिक्तेलबजारसम्म गएर पनि साल्पा पुग्न सकिन्छ । 

        साल्पालाई गुँरासको राजधानी भनेर पनि चिनिन्छ । बसन्त ऋतुमा जाने पर्यटकहरुले साल्पामा आफुलाई लालीगुँरासको बगैचामा पाउनेछन् । त्यहाँ एउटा पोखरी छ जसलाई साल्पा पोखरी भनेर चिनिन्छ । धार्मिक हिसाबले त्यस ठाँउ र पोखरीको बेग्लै महत्व छ (नोटमा हेर्नुहोस्) । बर्षेनी बैशाखे पुर्णिमा, जनै पुर्णिमा र कातिके पुर्णिमाको दिन देशका विभिन्न जिल्लाहरुबाट आउने तिर्थयात्रीहरु उक्त ठाँउमा पुजा आराधना गर्ने गर्दछन् । साल्पा पोखरीदेखि २ घण्टामा शिलुछो पिक (४,१५६ मि.) को चुचुरामा पुग्न सकिन्छ । त्यहाँ जानको लागी बाटो बनाईएको छ । उक्त चुचुरामा पनि देवीको मन्दिर छ । साल्पामा वर माग्न आउनेहरु उक्त चुचुरोमा पनि गएर वर माग्ने चलन छ । तर शिलुछो पिकको विशेषता त्यती मात्र होइन, महत्वपुर्ण कुरा त त्यहाँबाट सगरमाथा, मकालु, ल्होत्से, अन्नपुर्ण, कैलाश, मेरा, दुधकुण्ड, नुप्से, गौरीशंकर र कञ्चनजंगा लगायतका २२ वटा भन्दा बढी हिमालयन श्रंखलाहरुको अवलोकन गर्न पाईन्छ । त्यस ठाँउसम्म केही वर्षभित्रै सडक यातायात पु-याउने योजना बनाइसकिएको छ । तेन्जिङ शेर्पा र एडमण्ड हिलारीले उक्त बाटो हुदै गएर पहिलो पटक सगरमाथा चढेको हुनाले त्यस सडकको नाम तेन्जिङ हिलारी सडक नामाकरण गर्नेसम्मको सहमती भईसकेको छ ।यसरी सडक यातायातले साल्पालाई छुने सम्भावनासंगै अब साल्पा चाडै नै संसारकै पहिलो बसमा गएर सगरमाथा हेर्ने ठाँउ हुदैछ । 

साँस्कृतिक र हिमाल आरोहणको ट्रान्जिट बिन्दु हुदैछ साल्पाः

साल्पाबाट पुर्वी दक्षिणतिरको हिमालयको लहरमा क्रमस: शिलुछो (४१५६ मि.), भुकुर (४००० मि.) र केन्पाडाँडा (३,९०० मि.) पर्दछन् । केन्पाबाट गौंवित्ताको कालपोखरी, धर्मढोका (करिब ४,२०० मि.) हदै २ दिनमा नेपालको सबैभन्दा ठुलो नदी सप्तकोशीको मुहान समेत रहेको एउटा गहिरो सेतीपोखरी भञ्ज्याङ (करिब औषतमा ३,७०० मि.) पुगिन्छ । गतवर्ष २०६९ वैशाखमा पहाडी विकास तथा संरक्षण समूह नेपालको पहलमा गएका एभ्युन्युज राष्ट्रिय टेलिभिजनको यात्रा कार्यक्रम निर्माताहरु र जिल्ला प्राविधिक कार्यालय सोलुखुम्बुका प्राविधिकहरुको १ महिने खोजमुलक स्थलगत भ्रमणले उक्त साल्पादेखि सेतीपोखरी भञ्ज्याङ जान निम्न ३ वटा पर्यटन पदमार्गको सम्भाव्यता रहेको कुराको सिफारिस गरेको छन्:

१) साल्पाबाट शिलुछोको भकारी छिरुवा, कोङखो, भुकुरडाँडा, संखुवासभाको कमिरेडाँडा, केन्पाडाँडा हुदै गौंवित्ता, धर्मढोका हुदै सेतीपोखरी भञ्ज्याङ: यो बाटो २७०० मि.देखि ४,००० मि.सम्मको उचाईको जंगल र पर्वतहरुहुदै जाने सबैभन्दा माथिल्लो बाटो हो । यो बाटो सबैभन्दा रमाईलो बाटो भए पनि बसन्त ऋतुमा खाने पानीको समस्या हुने सम्भावना छ ।
  
२) साल्पाबाट सोलुखुम्बुको गुदेल, सात्दी, बोदिरी, मार्मेकु, भैसीरी, मेकटो, केन्पाडाँडा, धर्मढोका हुदै सेतीपोखरी भञ्ज्याङः– यो बाटो मध्यम उचाई भएर कुलुङ र शेर्पा बस्ती हुदै गरिने यात्रा हो । यसमा खानेपानीको कुनै समस्या हुदैन । यो बाटो रोज्नेहरुले भैसीरीदेखि मेकटोसम्म मकालु बरुण राष्ट्रिय निकुञ्जभित्रको घनाजंगल हुदै जानुपर्ने हुन्छ । यी दुई बाटो रोज्नेहरुले केन्पामा प्रसिद्व धार्मिक स्थल गौबित्ता कालपोखरी (नोटमा हेर्नुहोस्) को पनि दर्शन गर्न पाउनेछन् । 

३) साल्पाबाट सोलुखुम्बुको गुदेल, छेस्काम, मुद्वी, माँगन दोबान, वातेल्मा दोवान हुदै सेतीपोखरी भञ्ज्याङ:– यो बाटो सेतीपोखरी भञ्ज्याङबाट हिमपात भएकोबेला उक्त भञ्ज्याङ पार गर्न नसक्नेहरुको लागि उद्दार बाटो (Rescue way)। सेतीपोखरी भञ्ज्याङ पुगेपछि फर्कनको लागि हालको प्रचलित बाटोहरुमध्ये सबैभन्दा सजिलो पार गर्न सकिने बाटो मेराला पास (५,४१४ मि.) गरी लुक्लाको लागी नौंलेख फर्कने बाटो हो । तर हिमपात भएको बेला सो भञ्ज्याङबाट निस्कन नसक्नेहरुले अनिवार्यरुपमा उद्दारको लागि हेलिकप्टर पठाउनुपर्ने हुन्छ । सो उद्दार, समयमा नभएमा पदयात्रीहरु उक्त भञ्ज्याङमै वर्षेनी मर्ने समेत गर्दै आएकाछन् । यही संवेदनशिलतालाई मध्यनजर गरेर उक्त सर्वेक्षण टिमले बढी जोडदारकासाथ सिफारिस गरी हाल उक्त पदमार्ग निर्माण कार्यको थालनी भएको छ । जम्मा ६८ लाख रुपैयाको अनुमानित लागतमा सम्पन्न हुने अपेक्षा गरिएको उक्त उद्दार बाटोमा हाल करिब २० लाख रुपैया लगानी हुदैछ । अर्थ मन्त्रालय, द ग्रेड हिमालयन ट्रेल विकास योजना र स्थानीय गा.वि.स. कोषहरुबाट सो रकम जुटाईएको थियो भने बाँकी रकमको लागि सम्बन्धित निकायबाट सकारात्मक प्रतिबद्वताहरु आइरहेका छन् । 

माथिका सेतीपोखरी भञ्ज्याङ जाने ३ वटा बिकल्पहरु साल्पाबाट पुग्ने बिकल्पहरु मात्र हुन् यसबाहेक टुम्लिङटार र लुक्लाबाट पनि निम्न ४ वटा विकल्पहरु प्रयोग गरेर सेतीपोखरी भञ्ज्याङ पुग्न सकिन्छ । यो ४ वटा विकल्पहरु हालै विदेशी पर्यटकहरुले प्रयोग गर्दै आएका प्रख्यात पदमार्गहरु हुन् ।           
१, लुक्लादेखि नाम्चे, टेङबोचे हुदै मिङबोला (५,८१७ मि.) पास गरेर,
२, लुक्लादेखि नाम्चे, छिकुङ हुदै आम्फुलाम्चा (५,८०० मि.) पास गरेर,
३) लुक्लाबाट थोल, कोठे, नौलेख, खहरे हुदै मेराला (५४१४ मि.) पास गरेर,
३, तुम्लिङटारबाट मकालु आधारशिबिर हुदै शेर्पेनीकोल (६,१३५ मि.) पास गरेर । 

पर्यटकहरु किन सेतीपोखरी भञ्ज्याङ जान्छन् ? 
सोलुखुम्बुको लुक्लाबाट खुम्बु उपत्यकाभित्र पर्ने कोङडे, आमाडब्लाङ, पुमोरी, सगरमाथा, कालापत्थर लगायतका सयौ हिमशिखरहरु हेर्दै गएपछि फर्कने बेलामा पर्यटकरु अर्को उपत्यकाको हिमालय लहरहरु हेर्दै फर्कन रुचाउछन् । यद्यपी भौगोलिक कठिनाईका कारण अहिलेसम्म प्राय पर्यटकहरु खुम्बु उपत्यकाको हिमालहरु हेर्दै गएर उही हिमालहरु हेर्दै लुक्ला फर्कनुपर्ने बाध्य छन् । यद्यपी केही जोखिम मोल्न रुचाउने आरोही पर्यटकहरु खुम्बु उपत्यकाबाट आम्फुलाप्चा (५८०० मि.) वा मिङबोला (५८१७ मि.) पास गरेर सेतीपोखरी उपत्यका (अरुण उपत्यका र खुम्बु उपत्यकाको बीच उपत्यका) भित्र प्रवेश गर्दछन् । यसरी सेतीपोखरी उपत्यका प्रवेश गरे उसले थप मेरापिक, बरुज्जे, चाम्लाङ, हुंगु चुली, चारपाते, मकालु लगायतका १२ भन्दा बढी हिमालहरुको नयाँ दृष्यवलोकन गर्न सक्दछ । यद्यपी उक्त भञ्ज्याङ प्रवेश गरेपछि सो प्रस्तावित नयाँ उद्दारबाटो सम्पन्न नहुन्जेलसम्म निस्कनलाई उसले कम्तिमा ५,४१४ मि. उचाईको मेराला पास गरेर फर्कनुपर्ने हुन्छ । अन्यथा उसले उद्दारको लागी हेलिकप्टर बोलाउनुपर्ने हुन्छ । हेलिकप्टर बस्न नसकेर फर्केमा ज्यानै जाने खतरा समेत रहन्छ । यस्तो बेला धेरै विदेशी भरियाहरुको मृत्यु हुदै आएको छ । 
यी जोखिमहरुको भावजुत पनि वर्षेनी सयौं विदेशी पर्यटकहरु उक्त भञ्ज्याङ हुदै हिमालहरु आरोहण गर्न जाने गर्दछन् । खासगरी बरुञ्जे हिमाल, मेरा हिमाल, चाम्लाङ हिमाल, हंगु चुली १, हुंगु चुली २, चारपाते हिमाल, मकालु हिमाल आदि दर्जनौ हिमालहरु त्यही सेतीपोखरी उपत्यकाभित्र पर्ने भएकोले पर्यटकरु सो भञ्ज्याङ पुग्नैपर्ने हुन्छ । अन्य समयमा सुनसान त्यो हिमाली उपत्यका ट्रेकिङ सिजनमा संसारको चर्चित सहरहरुभन्दा कम झिलिमिली हुदैन् । ग्रामिण पूर्बाधारको विकाससंगै त्यस पर्यटनकेन्द्र सेतीपोखरी भञ्ज्याङ पुग्ने सजिलो प्रस्थानबिन्दु अब साल्पा हुदैछ ।

साल्पा र ग्रेट हिमालय ट्रेल:
एसिया महादेशका देशहरु पाकिस्तान, चीन÷तिब्बत, भारत, नेपाल, भुटान र म्यानमारको उच्च हिमश्रृखलाहरु हुदै करिब ४,५०० कि.मि. लामो हिमाली पर्यटन पदमार्ग विकासको परिकल्पना नै ‘द ग्रेट हिमालयन टे«ल’ हो । उच्च हिमश्रृखलाहुदै हिमाली यात्रा र मध्य पहाडी मार्ग हुदै ‘ग्रिन ग्रेट हिमालनय ट्रेल’ को नामले साँस्कतिक, धार्मिक तथा प्राकृतिक पर्यटनको विकास गरिने कुरा यस पदमार्गको दिर्घकालीन अवधारणामा उल्लेख गरिएको छ । विश्वको आठ हजारभन्दा माथिको १४ वटै हिमालहरुको काखहुदै तय गरिने यो यात्रा सम्भवतः संसारकै सबैभन्दा साहसिक, रमणीय र लामोदुरीको हुने दावी गरिएको छ । प्रस्तावित  ‘उच्च ग्रेट हिमालयन ट्रेल’ को नक्शा अनुसार म्यानमारको हिमश्रखलाबाट शुरु हुने यो हिमाली पदमार्ग भारतको अरुणाञ्चल प्रदेश, भुटानी हिमश्रखला हुदै सिक्किम दार्जिलिङ भएर नेपालको कञ्चन्जंगा क्षेत्र प्रवेश गर्दछ । यसरी नेपालको कञ्चनजंगा क्षेत्र भएर प्रवेश गरेको यस पदमार्गको प्रस्तावित नक्साले विश्वको पाँचौ हिमशिखर मकालु आधारशिविर हुदै शेर्पेनीकोल (६,१३५मि.) पास गरेर सोलुखुम्बुको त्यही सेतोपोखरी भञ्ज्याङ प्रवेश गर्दछ, भने त्यसपछि आम्फुलाम्चा (५,८०० मि.) पास गरेर छिकुङ, टेङबोचे, नाम्चे, थामे हुदै दोलखाको गौरीशंकर आधारशिविर टाशिलाप्चा (5755 m.) भएर पार गर्दछ । त्यसपछि यस प्रस्तावित अन्तर्राष्ट्रिय पदमार्ग नेपालको अन्नपुर्ण क्षेत्र हुदै दार्जुला, जुम्ला भएर तिब्बतको बर्वा भन्ने ठाँउमा अन्त हुन्छ । नेपालमा भने यस पदमार्गको लम्बाई करिब १,७०० कि.मि. हुने अनुमान गरिएको छ भने यसको दुरी पार गर्न करिब १५० दिन लाग्ने अनुमान गरिएको छ ।

यस दुईवटा समानान्तर पदमार्ग विकासको मुख्य दुईवटा उद्देश्यहरु एसियाको हिमालयन श्रृखलाहरुको पयर्टन पदमार्गको एकैैसाथ प्रचार प्रसार गर्नु तथा जलवायु परिवर्तनको मारमा परेका हिमाली भेगका जनताहरुको  पर्यटनको विकास मार्फत जीवनस्तर उठाउनु रहेको छ । सन् १९९० तिर पहिलोपल्ट यस पदमार्गको धारणा उक्त क्षेत्रका पर्यटन ब्यवसायीहरु र खासगरी ‘द माउण्टेन इन्सटिच्युट’ भन्ने अन्तर्राट्रिय गैरसरकारी संस्थाले ल्याएका थिए । हाल यस पदमार्ग विकास र प्रवद्र्धनको लागि क्ल्ख् को प्रविधिक र SNV को आर्थिक सहयोगमा संचालन गरिदैछ । 

उक्त प्रस्तावित ‘तल्लो ग्रिन ग्रेट हिमालयन ट्रेल’ संयोगले संखुवासभाको तुम्लिङटार, भोजपुरको दोबाने हुदै साल्पा पास भएर जानेगरी निर्धारण गरिएको छ । यस अवस्थामा उच्च मार्गले साल्पाबाट प्रस्थान गर्ने प्रमुख गन्तब्य सेतीपोखरी भञ्ज्याङ जोड्दैछ वा अर्को शब्दर्मा  'उच्च ग्रेट हिमालयन ट्रेल’ भएर सेतीपोखरी आउने विदेशीहरु केन्पा कालपोखरी वा मुद्वी भएर साल्पा हुदै तुम्लिङटार वा लामिडाँडा हवाईमैदानहरु जान सक्ने सम्भावनाको विकास भएर जानेछ । भने तल्लो मार्गले सिधै साल्पालाई छुनेछ । यस अवस्थामा ग्रेट हिमालयन ट्रेलको विकास संगै साल्पाको पनि प्रबद्र्वन हुदैछ । 

आम्फुलाप्चामा केबलकारको परिकल्पना र साल्पाः
‘सपना पुरा नहुनु समस्या होइन बरु सपनै नदेख्नु समस्या हो’ (कर्ण शाक्यको सोचबाट) । यदी सपना देख्न पाइन्छ भने भविष्यमा हामीले सेतीपोखरी उपत्यका र खुम्बु उपत्यकालाई सजिलै पार गर्न सकिने गरी आम्फुलाप्चा भञ्ज्याङ (५८०० मि.) मा एउटा केबलकारको स्थापना गर्न सकिन्छ । जसको लागि आवश्यक बिजुलीको व्यवस्था हँगा खोलाबाट बिजुली निकालेर गर्न सकिन्छ । त्यस ठाँउमा केबलकारको स्थापना गर्न सकिए सोलुखुम्बुको लुक्लाबाट खुम्बु उपत्यकाभित्रका सबै हिमालय पर्वतश्रखलाहरुको अवलोकन गर्दै आउने विदेशी पर्यटकहरुले सजिलैसंग आम्फुलाप्चा पार गरेर हंगा उपत्यका भित्रको हिमालहरुको दृष्यावलोकन गर्दै साल्पासम्म आईपुग्नेछन् । त्यसैगरी टुम्लिङतार र लामिडाँडाबाट आदिवासी साँस्कृतिक पक्षहरुको अवलोकन गर्दै साल्पा आईपुगेका विदेशीहरु हंगा उपत्यका हदै खुम्बु: उपत्यका प्रवेश गरेर राउण्ड ट्रेक सम्पन्न गरी काठमाडौं फर्कन सक्नेछन् । यस्तो बेला यो पदमार्ग साँस्कृतिक र पर्वतारोहण दुवै मार्ग हुन्छ, भने, साल्पा पर्वतारोहण र साँस्कृतिक पर्यटनको ट्रान्जिट बिन्दु हुनेछ । यस्तै खालको अर्को केबलकार गौरीशंकर हिमालको फेदीमा रहेको टाशिलाप्चा पास (५,७५५ मि.) मा पनि स्थापना गर्न सके काठमाडौंबाट एक दिनमा बस चढेर तामाकोशी उपत्यकाको छो–रोल्पा ताल आईपुगेका विदेशीहरु १० दिनभित्र खुम्बु उपत्यका हुदै हंगा उपत्यका भएर साल्पा आईपुग्ने सम्भावना रहन्छ । दश वर्ष लाग्ला, २० वर्ष लाग्ला हामीले त्यो सपना पुरा गर्नुपर्दछ, अन्यथा हालको भौगोलिक कठिनाईबीच नाम्चेबजार घुम्नु भन्दा हाम्रै नेपालीहरु थाइल्याण्डको बैंकक घुम्न थाल्नेछन् अनि विदेशी पर्यटकहरु कसरी सम्भव होला हाम्रो हिमालतिर ? यसैले यो सपना देख्नु आवश्यकता र बाध्यता दुवै हो ।  

                                        अनुसुचीको नोटमा राखिएका विषयहरु 
साल्पा पोखरी एक धार्मिकस्थलः
एउटा किम्बदन्ती अनुसार आदिम युगमा वर्तमान संखुवासभाको 
अरुण उपत्यका क्षेत्रमा किरात वंशका एक प्रभावशाली राजा राज्य गर्दथे । तराई र कैलाश आवत–जावत गर्ने क्रममा महादेवले त्यो देखेको रहेछ । महादेवलाई किरात राजाको राज्य मन परेको रहेछ । उनले त्यो राज्य हडप्ने मनसायले राजालाई पिनाश रोग लगाएछन् । उनी आफू भने झाँक्रीको रुपधारण गरी लेक बेंशी हिड्दा रहेछन् । राजाले झाँक्रीलाई आफ्नो रोग देखाए छन् । झाँक्रीले राजालाई यो ठाँउ छाडेर जानुपर्ने नत्र रोगले ज्यान लिनसक्ने कपटपूर्ण कुरा गरेछन् । झाँक्रीको सुझावपछि राजा आफ्नो सहयोगीहरुलाई लिएर उपचारका लागि मधेश प्रस्थान गरेछन् । झाँक्रीको रुप धारण गरेका महादेवले राजाको प्रस्थानपछि त्यस राज्यलाई ध्वस्त पारी संखुवा खोला उत्पत्ति गराउनुका साथै रानी र जनतालाई त्यहाँबाट लखेटेर आफू राजा भएछन् । स्वास्थ्य उपचार गर्न गएका किरात राजा फर्केर आउँदा महादेवले आफ्नो राज्य हडपेको र आफ्नी रानीलाई बिचल्ली पारेर धपाएको बाटैमा थाहा पाएछन् । राज्य खोसी सकिएको थियो । त्यसैले उनी रानीको खोजीमा लागेछन् । सबैतिर सोधखोज गर्दा राज्य हडपिएपछि रानी रुँदै साल्पातिर गएको अरुले बताएछन् । राजा आफ्नी रानीको खोजीमा त्यतै गएछन् । रानी गएको बाटोमा उनले टेकेको विभिन्न ठाँउमा धाप र पोखरी निर्माण भएको राजाले थाहा पाएछन् र त्यसैलाई पछ्याउँदै गएछन् । रानी खोज्दै आएका राजाले बिल्बाटे ढुङ्गा (दोबानेको माथि) को टुप्पा चढेर रानी कता पुगिछन् भनेर माथी शिलुछोतिर हेर्दा रानीको टाउको मात्र देखिएछ । त्यसमाथि अर्को ढुंगा राखेर हेर्दा साल्पा पोखरीमा रानी देखेछन् । किरात राजाले आफ्नी रानी खोज्न चढेको ढुंगा भनेर स्थानीयवासी त्यसलाई ‘राजालुङ’ भनेर पुर्काछन् । किरात राजा हतार हतार रानी लिन जाँदा रानीलाई सर्पले बेरिरहेको अवस्थामा भेट्टाएछन् । राजाले उक्त शर्प मार्न खोज्दा रानीले त्यो नागसंग आफुले बिहे गरिसकेको बताउदै मारे ठुलो क्षती बेहोर्नुपर्ने बताइन । वर्षमा तीनपटक लाग्ने साल्पा मेलामा उही विछोडिएका किरात राजा–रानीको सम्झनामा सबैले सय राजा सये सये, सय रानी सये सये गीत समेत गाँउने चलन हालसम्म पनि छ । (राजधन कुलुङ प्रसिद्व किरात धार्मिक तथा साँस्कृतिक स्थल साल्पा पोखरी बाट) ।

केन्पा गौबित्ता (कालपोखरी): 
किंमदन्ती अनुसार १६ औ शताब्दीतिर तराईबाट एकजना गुरुङ भेडागोठालो एक हजारभन्दा बढी भेडीगोठसहित केन्पाको गौबित्ता भन्ने ठाँउमा आएछ । गुरुङले खाना बनाउन चुलो बनाउनको लागि तीनवटा ढुँगा ल्याएर चुलो मिलाएछ । जब आगो बालेर खाना बनायो उसले दुध र अन्य चोखो खानेकुरा पकाउदा समस्या भएन तर जब उसले अन्य खानेकुरा पकायो तब चुलो भत्किएर खाना पोखियो । यो क्रम ३÷४ पल्ट दोहोरिए पछि उसले रिसले त्यो ढुँगालाई नै खुकुरीले काट्यो । यसरी काट्दा ढुङगाबाट रगत बगेछ । यसपछि गुरुङले त्यो ढुङगा देउता भएको अनुमान ग¥यौ । नभन्दै त्यस दिन मुसलधारे पानी प¥यौ र उसको सबै भेडालाई नजिकको पोखरीमा बाढीले बगाएर लग्यौ । त्यसपछि उसले त्यस ठाँउमा वर मागेर त्यो देउतालाई एउटा मन्दिर बनाएर राख्यौ । त्यो सुनेपछि स्थानीय एक थिम्रा थरको कुलुङ धामी उक्त ठाँउमा बर माग्न आफ्नो केही टोलीका साथ गयो । उक्त पोखरीमा पुगेपछि धामीले आफुले मन्त्र लगाएर तयार पारेको अछेता भेटी सहयोगीहरुलाई दियो र आफु उक्त तालभित्र पसेर एउटा राँगालाई तानेर ल्याउने कुरा ग¥यो । त्यस्तो बेला उक्त अछेताले मलाई छर्काउनु र जोडदार आफ्नो ड्याङ्ग्रो बजाउनु भनी सहयोगीहरुलाई कडा निर्देशन दिएछ । तर जब धामीले तालभित्र पसेर साँच्चीकै राँगालाई कानमा समाती तानेर बाहिर ल्यायो तब सहयोगीहरु आत्तिएर अछेता छर्काएर ड्याङग्रो बजाउनुको सट्टा भागे । यसरी सहयोगीहरु भागेपछि उक्त राँगाले उक्त धामीलाई तालभित्र फर्कायो र तालभित्र डुुबायो । केही क्षणपछि तालमा राताम्य रगत देखियो । धामी कहिल्यै फर्केन र त्यस दिनदेखि उक्त तालको नाम कालपोखरी राखियो । आज पनि उक्त कालपोखरी र उक्त गुरुङ गोठालोले काटेको भनिएको देउताको दाग रहेको छ । त्यस पछि बर्षेनी जनैपुर्णिमाको दिन उक्त कालपोखरीमा वर माग्न जानेको संख्या बढ्दै आएको छ । हाल संखुवासभा, भोजपुर, खोटाङ, सोलुखुम्बु, धनकुटा लगायतका ठाँउहरुबाट उक्त गौबित्ताथानमा वर माग्न हजारौँ भक्तजनहरु जाने गर्दछन् ।   

(लेखक एभ्युन्युज टेलिभिजन र पहाडी विकास तथा संरक्षण समूह नेपालद्वारा फाप्लु, लामिडाँडा र टुम्लिङटारबाट सेतीपोखरी उपत्यकासम्मको पर्यटन पदमार्ग सम्भाव्यता अध्ययन कार्यक्रमको व्यवस्थापन संयोजक तथा तल्लो सोलुखुम्बु पर्यटन प्रर्वद्वन समितिका सचिव हुन्)     


Thursday, June 27, 2013

जंगलको खोचमा भेटेको मास्टर, मास्टर्नी र म

Bagaman Kulung
Photo in 2008 with Bhojpore Khukuri
कुरा सन् २००८ को हो । काठमाण्डौं विमानस्थलबाट यती एयरले लुक्लाको लागी १५ डिग्रीमा आफुलाई सोझ्याउन थालेपछि मैले मेरो सिटको पेटी कसे । ३५ मिनेट पछि लुक्लामा ओर्लेर खानाको लागी छत्रदाईको होटल गएको थिएँ । खाना खाने क्रममा म एक्लै हिड्ने जंगल र खोँचको बाटोमा चोरको बिगविगी बढेको सुनाईयो । कसैको हिजो मात्र सुनको सिक्री खोसियो अरें । कसैको पैसा लुटियो अरें आदि इत्यादी । त्यही बाटोमा हाम्रो गाँउको चन्द्र दाईलाई माओवादी द्वन्दकालमा डाकाहरुले मारेको चाही म आफैलाई पनि थाँहा थियो ।गरिबी निवारण कोष र विश्व बैंकको सहयोगमा चल्ने एउटा परियोजना, त्यसको काम चाही त्यही बाटोभरीको होटल व्यवसायीहरुलाई पर्यटन व्यवसाय सम्बन्धी तालिम दिनुपर्ने अनि म त्यस परियोजनाको एकाउण्टेन्ट थिएँ । जंगलको बाटो हुदै ३ बजेतिर म पैया भन्ने गाँउसम्म पुग्दा बाटोमा समय समयमा टुम्लिङटारबाट आउने युरोपियनहरुको केही टिमबाहेक मान्छेहरुसंग भेट्ने क्रम ज्यादै पातलिएको मैले महशुस गरे । पैयामा खाजा खाने होटलका साहुनी दिदीले पनि सुरक्षामा होस् गर्न भनेपछि भने मलाई ठुलै झोक चल्यौ । औंद्योगिक मेला भृकुटी मण्डपमा किनेको मेरो लामो भोजपुरे खुकुरी कम्मरमा भिरें, कार्यक्रमको पेश्की दुई लाख पचास हजारलाई पनि कम्मरभित्रै लुकाएँ । कानमा सामसुङसेटको एयरफोन छिराएर र धिरज दाईको पप गीत बजाएँ, अनि हिडँे पपको तालमा ।

झोँकमा पाइला छिटै चलेछ म त चारै बजे पो मेरो बासस्थान सिबुजे पुगेछु । सिँबुजे गाँउदेखि अर्को गाँउ गाईखर्क पुग्न २ घण्टा लाग्दो हो त्यो पनि सिस्नो टिप्ने १५ डिग्रीको चिम्टालाई आकासतिर पल्टाए जस्तो ठाँउ । पहिला ओरालो अनी नाकै थोकिने उकालो । मैले सिबुजेमै बास बस्ने निर्णय गरेँ । करिब २० घर जतिको सिबुजे शेर्पा गाँउमा न्युजिल्याण्डका एक संस्थाले सहयोग गरेको विद्यालय भवनमा फर्निचरको काम गर्ने खरीखोलातिरबाट झिकाईको ३ जना सिकर्मीदाईहरु नभएको भए मैले त्यस गाँउमा १५ वर्षभन्दा माथीको एक जना पनि पुरुष छैन भनेर माटोको कसम खान्थेहोला । धेरै शेर्पा दाईहरु विदेशीसंग सम्बन्ध विस्तार गरेर युरोपतिर रहेछ । कोही काठमाडौंतिर रहेछ । बाँकी रहेकाहरु पनि फुल सिजन परेकोले ट्रेकिङमा हिमालतिर रहेछन् । मैले उक्त गाँउको सबैभन्दा राम्रो लजमा बास मागें । शेर्पाभाषामा साहुनीले छोराछोरीहरुसंग केही गनठन गरेपछि बाँस पाइयो तर के विषयमा गनठन चल्यौ बुझिएन । समय घाम अस्ताउदो बेलाको थियो, वरिपरीका सेताम्मे हिमालहरुमा घाँमको किरण थियो, गाँउको मुनि इङखु खोला सुस्ताउदै थियो । केही विदेशी पाउनाहरु सिद्विनै लागेका घामका किरणहरुको भरपुर सदुपयोग गर्दै चौरमा बसिरहेका थिए । मैले दुरबिन र क्यमेरा वरिवरी सोझाएँ । त्यो मेरो कार्यालयको कामै थियो ।

केही क्षणपछि त्यस होटलमा गाँउका सबै महिलाहरु भेला हुन थाले । मानौं त्यहाँ आमा समूहको बैठक शूरु हुदैछ । त्यसबीचमा दुईजना दाईहरु पनि आए । तर साहुनीले ति मध्येका एकजनालाई साह्रै गाली गर्दै थियो । के भनेर गाली गरेको हो मैले पटक्कै बुझिन उनीहरु शेर्पा भाषामा बोलिरहेका थिएँ । तर जवाफमा त्यो पुरुषले ‘के गर्ने बाउजु गप गर्ने बानी’ भन्दै थियो । एकक्षण पछि मैले चिनेको र हाम्रो संस्थाले होटल व्यवस्थापन तालिम अगाडि नै दिईसकेको याङजी दिदी त्यो घरमा आईपुग्नुभयो । हामीले एकअर्कालाई अभिवादन ग-यौ र बोल्यौ । उनीहरुले शेर्पा भाषामै कुरा गरिरहेको थियो । तर बीचमा एकाउण्टेन्ट र मेरो संस्थाको नाम सुनेपछि मेरै बारेमा कुरा गरिरहेको मैले अड्कल गरेँ । फिस्स फिस्स हास्दै मैले पनि शेर्पा भाषा बुझ्छु नि भनेको थिएँ । उनीहरुले माफी पो माग्न थाले । कारण त के रहेछ भने अघिदेखि मलाई त त्यस गाँउमा चोर पो सोचिरहेका रहेछन् र पो आमा समूहको बैठक जस्तो देखिने गरी आमाहरु भेला हुँदा रहेछन् । हुन पनि मैले चाही मेरो भोजपुरे खुकुरी पनि फुकाउनै पो बिर्सेको हरेछु । मेरो दुरबिन र क्यामेरा पनि विदेशी पर्यटकहरुको चोरेको अनुमान गरेछन् क्यारे ।

 त्यस पुरुषले गाली खानुपर्ने कारण चाही अर्कै रहेछ । नेचा सल्यानतिरको एकजना महिला त्यो जंगलको खोचमा मास्टर काम गर्दा रहेछिन् । त्यस स्कुलमा ति दुई शेर्पाहरुले फर्निचरको काम गर्दा रहेछन् । उनीहरुलाई धेरै भाषा आउदो रहेछ । अनि ति मास्टर्नीले चाही यसरी भाषा जान्नुको रहस्य सोधेकी रहेछिन् । गप गर्ने बानी परेको भन्ने सिकर्मीले चाही आफु भाषा सिक्दै केटी पट्याउन माहिर भएको र अब क्षेत्रीनी मात्र बाँकी रहेको कुरा सुनाएछन् । त्यो कुरा सुनेपछि ति अनकन्टार जंगलको खोचको विद्यालयको ती क्षेत्रीनी मास्टर्नीलाई चाही पर्नु पिर परेको रहेछ र म बसेको घरको साहुनीलाई उजुरी दिएको रहेछ । अनि पो साहुनीले चाही बोलाएरै गाली गर्नु पर्ने अवस्था आएको रहेछ ।

भोली पल्ट बिहानै म त्यस ठाँउबाट हिडेँ । त्यसदिन म बुङ पुगेँ । त्यहाँ हाम्रो कार्यालय थियो । त्यहाँ धेरै मानिसहरु बस्छन् । मलाई कुनै समस्या थिएन तर मेरो अर्को काम चाही साल्पाको जंगल हुदै टुम्लिङटारसम्मको होटल सर्भे गर्न जानु पर्ने थियो । तर म संग मेरो कार्यालयको अर्को साथी हिडेपछि मैले सहज महशुस गर्दै थिएँ । बुङबाट एक दिनको हिडाई पछि हामी सानाम भन्ने अर्को शेर्पा गाँउ पुग्यौ । त्यस जंगलको खोचमा हामीले भेट्यौ अर्को मास्टरसाप् । ऊ बेलुका ४ बोटल रक्सी खान्थ्यौ अनि मात्र भात खान्थ्यौ । भोली बिहान हामीले चिया खायौ तर उसले कुनै हिच्किचावत बिना फेरी रक्सी खायो । बिहानभरी हिड्दा हामीलाई भोकले प्याक प्याक बनाइसकेको थियो तर त्यहाँ नजिकमा कुनै होटलहरु थिएन । दश बज्न लागेको बेला त्यही मास्टरसाप्को स्कुलनेरको गाँउमा हामी आईपुग्यौ । हामीले भए भरको खानेकुरामा अपसन् नराखी खान थाल्यौ । तर मास्टरसापले फेरी त्यही कुरा पिउनुभयो । मास्टरसापसंगको हाम्रो भेट अब अन्त हुदै थियो । हामी साल्पाको जंगलतिर जाँदै थियौ । मैले बडो आदर्शका साथ भुमिका मिलाएर मेरो साथीलाई भने । त्यो बिचरा तराईको मान्छे, यस्तो हिमालको जंगलको खोँचमा प्रा.वि.को मास्टर गर्नु छ । परिवार भेट्न दशै कुर्नु पर्छ । पढाई नभएरै यहाँ पढाउनुपरेको हो, आफ्नो मान्छे भएको भए र घुस खुवाउन पैसा भएको भए ऊ यहाँ पढाउदैनथे । परिस्थितीले त उसलाई यहाँ पु-यायो नै तर झन त्यसमा रक्सी चाही किन खान्छ ? मेरो भूमिका सकिन नपाउदै मेरो साथीले थप्र्यौ क्यारेम्बोर्ड र तास खेल्न पनि २ जना त चाहिन्छ’ । ऊ एक्लै छ के गरोस् त ? ओःहोः मेरो त आदर्श र उत्तर नै हरायो यो जवाफले ।

यसो सोचेँ त्यो मास्टर्नी, यो मास्टर र म मा के भिन्नता छ ? कुनै एनजिओ, आइएनजिओ कर्मीहरु तारे होटलमा मिटिङ गरेरै बिताउछन् । उनीहरु बिदेश भ्रमण गर्छन् । डलरमा तलब थाप्छन् । प्रोपोजल आवहान गर्छन् । मन परेकालाई दिन्छन् नत्र नदिदाँ पनि भयो । कुनै मास्टरहरु बिहान, दिउसो, बेलुका ट्युसन पढाउन पाउछन् । नजिकै कलेज भए उनीहरुको योग्यता बढाउछन् । सके राजनीतिक गरेरै पनि तलब पाउछन् । हामीमा चाही न पत्रपत्रिका, न बि.बि.सि, न टेलिभिजन, न फोन (त्यतिबेला फो थिएन) । अनि मैले निचोड दिएँ । ती मास्टर, मास्टर्नी र म मा कुनै फरक छैन । फरक भए ऊ डराउछिन् म डराउदिन । ऊ खान्छ म खाँदिन ।


Tuesday, April 2, 2013

GHTD project and Ministry of Finance Funded for Setopokhari Phaplu trekking Trail

April 2, 2013:- After collective advocacy by local people finally, the Great Himalayan Trail Development Project (GHTD) and Nepal Government Ministry of Finance have raised 1.8 million funds for construction of Setopokhari Phaplu new trekking trail through Muddi of Chheskam Solukhumbu. Local people of lower Solukhumbu have been demanding to construct new trekking trail from Setopokhari valley to Phaplu airport through the bank of Hunggu River.

In this regard, Barshaman Pun immediate minister of finance was given letter of memorandum, when he went  to Bung to inaugurate Kulung national festival Chakchakur on January 2013. Similarly the team of GHTD has been convinced on positive interrelation of Great Himalayan Trail and Phaplu Setopokhari trekking trail promotions. Meanwhile, in collaboration with Avenues national television and Samas Media Pvt. Ltd, a local NGO Hill Development and Conservation Group Nepal visualized and disseminated needs of this trail on  Avenues Television on March 2012. As the impacts of main those aforementioned three events the GHTD project Nrs. 0.8 million and ministry of Finance Nrs. 1 million have funded for this trial construction.

Parkhi Dhan Nachhiring the Executive Member of Hill Development & Conservation Group Nepal who involved in monitoring of implemented program has said that there is needed at least 3 bridges construction and if it is ignored for immediate, at least 3.5 million additional budgets is needed for whole trail construction up to Setopokhari valley where proposed the Great Himalayan Trail can be accessed.