Tuesday, April 17, 2012

'द ग्रेट हिमालयन टे्रल' र फाप्लु सेतोपोखरी पर्यटन पदमार्गको अन्तरसम्बन्ध


वागमान कुलुङ
छेस्काम ३ सोलुखुम्बु
परिचय
एसिया महादेशका देशहरु पाकिस्तान चीन/तिब्बत,भारत, नेपाल, भुटान र म्यानमारको उच्च हिमश्रृखलाहरु हुदै करिब ४५०० कि.मि. लामो हिमाली पर्यटन पदमार्ग विकासको परिकल्पना नै 'द ग्रेट हिमालयन टे्रल' हो । उच्च हिमश्रृखलाहुदै हिमाली यात्रा र मध्य पहाडी मार्ग हुदै 'गि्रन ग्रेट हिमालनय ट्रेल' को नामले साँस्कतिक धार्मिक तथा प्राकृतिक पर्यटनको विकास गरिने कुरा यस पदमार्गको दिर्घकालीन अवधारणामा उल्लेख गरिएको छ । विश्वको आठ हजारभन्दा माथिको १४ वटै हिमालहरुको काखहुदै तय गरिने यो यात्रा सम्भवतः संसारकै सबैभन्दा साहसिक रमणीय र लामोदुरीको हुने अनुमान गरिएको छ । प्रस्तावित नक्शा अनुसार म्यानमारको हिमश्रखलाबाट शुरु हुने यो हिमाली पदमार्ग भारतको अरुणााचल प्रदेश, भुटानी हिमश्रखला हुदै सिक्किम, दार्जिलिङ भएर नेपालको कnचन्जंगा क्षेत्र प्रवेश गर्दछ । यसरी नेपालको कnचनजंगा क्षेत्र भएर प्रवेश गरेको यस पदमार्गको प्रस्तावित नक्साले विश्वको पाँचौ हिमशिखर मकालु आधारशिविर हुदै शेर्पेनीकोल (६१३५मि.)पास गरेर सोलुखुम्बुको सेतोपोखरी भाज्याङ प्रवेश गर्दछ भने त्यसपछि आम्फुलाम्चा (५८०० मि.)पास गरेर छिकुङ,टेङबोचे, नाम्चे,थामे हुदै दोलखाको गौरीशंकर आधारशिविर भएर सोलुखुम्बु पार गर्दछ । त्यसपछि यस प्रस्तावित अन्तर्राष्ट्रिय पदमार्ग नेपालको अन्नपुर्ण क्षेत्र हुदै दार्जुला,जुम्ला भएर तिब्बतको बर्वा भन्ने ठाँउमा अन्त हुन्छ । नेपालमा भने यस पदमार्गको लम्बाई करिब १,७०० कि.मि. हुने अनुमान गरिएको छ भने यसको दुरी पार गर्न करिब १५० दिन लाग्ने अनुमान गरिएको छ । यस पदमार्ग विकासको मुख्य दुईवटा उद्देश्यहरु एसियाको हिमालयन श्रृखलाहरुको पयर्टन पदमार्गको एकैसाथ प्रचार प्रसार गर्नु तथा जलवायु परिवर्तनको मारमा परेका हिमाली भेगका जनताहरुको पर्यटनको विकास मार्फत जीवनस्तर उठाउनु रहेको छ । सन् १९९० तिर पहिलोपल्ट यस पदमार्गको धारणा उक्त क्षेत्रका पर्यटन ब्यवसायीहरु र खासगरी 'द माउण्टेन इन्सटिच्युट'भन्ने अन्तर्राटि्रय गैरसरकारी संस्थाले ल्याएका थिए । हाल यस पदमार्ग विकास र प्रवद्र्धनको लागि SNV र UKaid को सहयोगमा पर्यटन मन्त्रालय,पयर्टन बोर्ड,नेपाल ट्रेकिङ एजेन्ट एसोसियसन अफ नेपाल लगायतका संस्थाहरुहरुले हुम्ला,डोल्पा,गोर्खा,सोलुखुम्बु लगायतका जिल्लाहरुमा स्थानीय साझेदारी संस्थाहरुसंग सहकार्य गरी विभिन्न कार्यक्रमहरु सnचालन गरिरहेका छन् ।

फाप्लु सेतोपोखरी पर्यटन पदमार्गको सम्भाव्यता:
सोलुखुम्बुको लुक्ला हवाईमैदानबाट नौलेख हुदं मेराला (५,४१५मि.)पास गरेपछि सप्तकोशीको मुहान समेत रहेको एउटा गहिरो सेतीपोखरी भाज्याङ (करिब औषतमा ३,७०० मि.)पुगिन्छ । उक्त भाज्याङलाई अब सोलुखुम्बुमा 'द ग्रेट हिमालयन टे्रल' को प्रवेशद्वार पनि भन्न सकिन्छ । मेराला पास बाहेक उक्त भाज्याङ पुग्न यात्रुहरुले निम्न चार बैकल्पिक बाटोहरु प्रयोग गदै आएका छन्:-
१, लुक्लादेखि नाम्चे टेङबोचे हुदै मिङबोला (५,८१७ मि.)पास गरेर,
२ लुक्लादेखि नाम्चे छिकुङ हुदै आम्फुलाम्चा (५,८०० मि.) पास गरेर,
३ तुम्लिङटारबाट मकालु आधारशिबिर हुदै शेर्पेनीकोल (६,१३५ मि.)पास गरेर,
४ तुम्लिङटारबाट ताम्कु केन्पाहुदै गौबित्ता करिब (३,९०० मि.)पास गरेर,
उक्त भाज्याङ पुगेपछि फर्कनलाई पर्यटकहरुले माथि उल्लेख गरिएका शेर्पेनीकोल,आम्फुलाप्चा, मेरा, लामिङमाला वा गौवित्ता मध्ये कम्तीमा पनि एउटा साहसिक बाटो पास गर्नै पर्ने हुन्छ । प्राय अचानक हिमपात भएको अवस्थामा उक्त भाज्याङ पास गर्न नसकी धेरै विदेशी पर्यटकहरुलाई हेलिकप्टरबाट उद्वार गरिन्छ भने प्राय खुम्बु क्षेत्रमा टे्रकिङमा मर्ने भरियाहरु प्रतिकुल मौसम भएको बेला उक्त भाज्याङ पार गर्न नसकी मर्ने गर्दछन् । यी जोखिमपुर्ण यात्राका भावजुट पनि वर्षेनी हजारौ पर्यटकहरु मकालु,मेरा,बरुन्जे,चाम्लाङ लगायतका बिख्यात हिमालहरु चढ्न उक्त क्षेत्रमा जाने गर्दछन् । पर्यटकीय समयमा उक्त भाज्याङ कुनै बाक्लो बस्ती भएको सहरभन्दा कम्तीको हुदैन । त्यसैले उक्त भाज्याङबाट कुनै हिमालहरु पास नगरी पहाड र चट्टानहरु छिचोल्दै आउने हुँगा खोलाको किनारै किनार एउटा उद्वार पर्यटन पदमार्गको विकास गर्न अत्यान्त जरुरी छ । यसरी हुँगा खोलाको किनारै किनार आएको पर्यटकहरु छेस्काम निस्केर बुङ,सोताङ,पावै,देउसा,मुक्ली,गार्मा,सल्लेरी हुदै फाप्लु वा साल्पाडाँडा पास गरेर खोटाङको लामिडाँडा र संखुवासभाको तुम्लिङटार पुग्नेछन् । यस नयाँ पदमार्गको नाम फाप्लु सेतोपोखरी पर्यटन पदमार्ग राख्न सकिन्छ । हालै जिल्ला प्राविधिक कार्यालय सल्लेरीको प्राविधिकहरु र एभ्युन्युज टेलिभिजनको 'यात्रा' काrयकरम छाँयाङकन प्राविधिक टोली उक्त क्षेत्रसम्म गएर श्रोत साधन उपलब्ध भए यस पदमार्गको विकास गर्न सकिने प्रतिवेदन ल्याएका छन् ।

फाप्लु सेतोपोखरी पर्यटन पदमार्गको आवश्यकता तथा महत्व:-
यस पदमार्गको विकास गर्न सकिएमा लुक्ला र तुम्लिङटारबाट मेरा,मिङ्बोला,आम्फुलाप्चा,गौबित्ता र शेर्पेनीकोल पास गरेर आउने पर्यटकहरु यस पदमार्ग हुदै सोलुखुम्बुको फाप्लु,काँगेल वा खोटाङको लामीडाँडा हावाईमैदान वा तुम्लिङटार हुदै काठमाण्डौं फर्कन सक्नेछन् । जसले गर्दा सोलुखुम्बुको दक्षिणी भेगमा पनि पर्यटनको विकास बढ्नुका साथै त्यसक्षेत्रको आर्थिक विकास पनि हुदै जानेछ । यसबाहेक उक्त सेतीपोखरी भाज्याङबाट हिमालहरु क्रस गर्न नसक्नेहरुले यस मार्ग भएर फर्कंदा कुनै हिमाल पास गर्न नपर्ने भएकोले यो बाटोलाई सुरक्षित अवतरणको बाटोको रुपमा पनि चिनाउन र विकसित गर्न सकिन्छ । त्यस्तै यही बाटो हुदै जाने पर्यटकहरुले आम्फुलाप्चा पास गरेर गएमा सगरमाथा लगायतका हिमालहरु पनि चढ्न सक्नेछन् । यस्तो अवस्थामा यो बाटो सोलुखुम्बुको दक्षिणी क्षेत्रबाट शुरु भई हिमाली क्षेत्रसम्म जोडिने हुनाले यस पदमार्गलाई साँस्कृतिक तथा पर्वतारोहण पर्यटन पदमार्गको रुपमा समेत चिनाउन सकिनेछ । तर त्यसो नभएर भविष्यमा त्यो बाटो बनाईएन वा बनाउन ढिलो गरियो भने हिमपात भएको बेला 'द ग्रेट हिमालयन टे्रल'हुदै म्यान्मारबाट चारवटा देशको हिमाली यात्रा आरामले पार गरेर आएका पर्यटकहरु शेर्पेनीकोल पास गरेर सेतोपोखरी भाज्याङमा भोक र जाडोले मर्नुपर्ने हुन सक्छ । त्यसैले जतिसक्दो छिटो उक्त फाप्लु सेतीपोखरी भाज्याङ पर्यटन पदमार्ग निर्माण गरियो त्यति नै छिटो उक्त 'द ग्रेट हिमालयन टे्रल' को सकारात्मक भविष्य पनि बन्दै जाने छ । अन्यथा उक्त भाज्याङ 'द ग्रेट हिमालयन टे्रल' को दुःखको रुपमा संसारभरी चाडै नै चिनिने छ । त्यस संवेदनशिलता प्रति सबै सरोकारवालाहरु बेलैमा सचेत हुनु राम्रो हुनेछ ।


No comments:

Post a Comment