Sunday, May 15, 2016

सगरमाथाको देशमा थोरै पर्यटक किन ?

बागमान कुलुङ
संसारका ८ हजार मिटरभन्दा माथिका १४ वटा हिमालहरुमध्ये ८ वटा त नेपालमै छन् । लोनली प्लानेटको सर्वेक्षणमा २०१२ मा संसारभरिमै रुचाइएको ट्रेकिङ क्षेत्रको सुचीमा सगरमाथा क्षेत्र चौंथो स्थानमा आयो ।
सन् २०१५ मा ट्रिप एड्भाईजरले गरेको सर्वेक्षणमा संसारको १९ औं पर्यटकीय गन्तब्यमा नेपालको काठमाडौं आयो । २०११ म्ाा अन्नपूर्ण क्षेत्रले संसारमै सबैभन्दा घुमिएको ट्रेकिङ क्षेत्रको रुपमा परिचय बनायो ।
कास्कीको घान्द्रुकले एशियाकै नमूना पर्यटकीय गाँउको उपाधि पाउँछ । संसारमा करिब ६ प्रतिशत बुद्धधर्मावलम्बीहरुका भगवान गौतम बुद्वको जन्म नेपालमा भएको थियो । संसारको सुन्दर देशहरुको लिस्टमा नेपाल आएकै हुन्छ । पर्यटनमा यति धेरै विधाहरु रहेको नेपालको बाषिर्क पर्यटक संख्या भने बढीमा आठ लाखको हाराहारीभन्दा माथि जाँदैन । कारण किन ? हाम्रो छिमेकी भारतमा बाषिर्क २ करोड ५० लाख र चीनमा ५ करोड ५० लाखभन्दा बढी पर्यटकहरु जान्छन् ।

भौतिक विकास र क्षेत्रफलको हिसाबले आकाश पताल फरक दुई छिमेकी देशहरुसँग हाम्रो पर्यटन तुलना गर्न खोजिएको होइन । तर, भारत र चीनमा त्यतिको संख्यामा पुग्ने पर्यटकहरु आउने वा र्फकने क्रममा नेपाल चाँहि किन चुस्स निस्कँदैनन् ? मलेसिया नेपालभन्दा मात्र २.२५ गुणा ठुलो देश हो तर त्यहाँ बाषिर्क २ करोड ७४ लाख पर्यटक जान्छन्, जो नेपाल आउने अधिकतम पर्यटक संख्या भन्दा करिब ३९ गुणा बढी हो ।
अनलाइनमा नेपालका पर्यटन क्षेत्र संसारको राम्रो भनेर भोट हाल्नेहरु जाने बेलामा चाँहि किन मलेशिया जान्छन् ? यसमा नेपाल आउन हवाइ टिकट महंगो हुनु र आइपुगेपछि गन्तव्यमा पुग्न सहज भौतिक संरचनाको अभाव हुनु प्रमख छन् ।
राउण्ड यात्राका लागि प्रस्थान हुने ठाँउ गन्तब्य   मुल्य  (£)
बेलायतको लण्डन काठमाण्डौं   ५४७  
बैंकक  ३९८  
नयाँदिल्ली   ४२२  
बेइजिङ ४२७  
अमेरिकाको न्युयोर्क

काठमाण्डौं   ७६३  
बैंकक  ४५५  
नयाँदिल्ली   ५७२  
बेइजिङ ५६६  
क्लालाम्पुर   ५०६  
फ्रान्सको पेरिस काठमाण्डौं   ४३२  
बैंकक  ३३७  
नयाँदिल्ली   ३६१  
बेइजिङ ३१८  
क्लालाम्पुर   ३४८  
नोभेम्बर २८, २०१५ मा गएर डिसेम्बर २८ मा फर्कन पाईएको सस्तो हवाइ टिकट
नेपाल पुग्न महंगोः

नेपाल बायुसेवा निगमका महानिर्देशक सुगतरत्न कंसाकारका अनुसार नेपाल एसियाकै महंगो गन्तब्य हुन् । अक्टोबर २८, २०१५ दिन नोबेम्बर २८ मा उड्ने र एक महिनापछि डिसेम्बर २८ मा फर्कनका लागि भनेर संसारको विभिन्न प्रमुख सहरहरुबाट नेपालसहित एसियाका प्रमुख पर्यटकीय गन्तब्यहरुको लागि सबैभन्दा सस्तो हवाइ भाडा तुलना गरिएको थियो ।
बेलायतको लण्डनबाट नेपालको काठमाडौं, भारतको नयाँदिल्ली, चीनको बेइजिङ, मलेशियाको क्लालाम्पुर र थाइल्याण्डको बैंकक गएर एक महिनापछि लण्डन नै र्फकन खोजिएको हवाइ टिकटमध्ये राउण्ड बैंककको टिकट सबैभन्दा सस्तो ३९८ पाउण्ड स्टलिङ परेको थियो भने सबैभन्दा महंगो राउण्ड काठमाण्डौंको टिकट ५४७ पाउण्ड स्ट्रलिङ परेको थियो ।
सन् २०१५ का वर्षभरि थाइल्याण्डका विभिन्न ट्राभल एजेन्सीहरुले प्रतिदिन ३० देखि ५० डलरमा पर्यटकहरुलाई खाने, बस्ने र घुमाउने अफर गरेका छन् । यस अर्थमा बैंकक जानुभन्दा काठमाडौं जाँदा लाग्ने बढी लागत रकम १४९ पाउण्डले बैंककमा करिब ८ दिन बस्न, खान र घुम्न पुग्छ अथवा काठमाण्डौं पुगेर र्फकने मात्र पैसाले बैंककमा ८ दिन घुमेर लण्डन र्फकन सकिन्छ । अमेरिकाको न्युयोर्कबाट हेरिएको राउण्ड टिकटमा पनि नेपालको काठमाडौं नै ७६३ पाउण्ड स्ट्रलिङसहित सबैभन्दा महंगो देखाएको थियो भने नजिकै भारतको नयाँदिल्ली काठमाडौंभन्दा १९१ पाउण्डले सस्तो पर्न गई जम्मा ५७२ पाउण्ड स्ट्रलिङ परेको थियो ।
नयाँदिल्लीमा १९१ पाउण्डले करिब १२ दिन खाने, बस्ने र घुम्न पुग्छ । यस हिसाबले न्युयोर्कबाट काठमाडौं आउने जाने बजेटले भारतको नयाँडिल्लीमा १२ दिन घुमेर अमेरिका नै फर्कन सकिन्छ । फ्रान्सको पेरिसबाट आउने जाने टिकटमा पनि नेपालको काठमाडौं नै सबैभन्दा बढी महंगो ४३२ पाउण्ड स्ट्रलिङ परेको थियो भने ११४ पाउण्ड स्ट्रलिङ सस्तोमा छिमेकी चीनको राजधानी बेइजिङ पुग्न पाइएको थियो ।
चिनियाँ ट्राभल एजेन्सीहरुले प्रतिदिन १५० युयानदेखि ३०० युयानसम्ममा बिदेशी पर्यटकहरुलाई बेइजिङमा बस्ने, खाने र घुमाउने सुविधाको अफर गरिरहेका छन् । यस अर्थमा  फ्रान्सको पेरिसबाट काठमाडौं आउने जाने बजेटले चीनको बेइजिङ एक हप्ता घुमेर र्फकन सकिन्छ ।
हवाइ कम्पनी जम्मा गन्तब्य   अर्न्तराष्ट्रिय बिमानस्थल   जम्मा जहाज
चिनियाँ एयर  ११५   ४६ ८९
नेपाल एयरलाइन्स ७  १  ९ 
थाई एयरलाइन्स  ७८ ९  ८२
मलेसियन एयरलाइन्स   ६० ७  ९३
इण्डियन एयरलाइन्स   ८५ १२ १०८  

नेपाल पुग्न महंगो किन ?

फ्रान्स, अमेरिका र स्पेनपछि चीन संसारको चौथो र एसियाको पहिलो बढी पर्यटक प्रवेश गर्ने देश हो । २०१५ मा ५ करोड ५६ लाख पर्यटकहरुले चीनको भ्रमण गरेका छन् । एयर चाइनाले स्काई टिमको सहकार्यमा संसारको ११५ अन्तरराष्ट्रिय बिमानस्थलहरुबाट दैनिक आफ्नो देशमा पर्यटकहरु ल्याउँछन् । त्यहाँ ४६ वटा अर्न्तराष्ट्रिय विमानस्थलहरु छन् ।
त्यस्तै एसियामा चीन, रसिया, हङकङ र मलेसियापछि बढी पर्यटक ल्याउने देश थाइल्याण्ड हो । २०१५ मा २ करोड ४८ लाखले थाइल्याण्ड घुमेका थिए । प्रतिपक्षको सरकारबिरोधी आन्दोलनले यस वर्ष थाइल्याण्मा १२ लाखभन्दा बढी पर्यटक संख्या घटेको हो । २०१४ मा २ करोड साठी लाखको रेकर्डसहित थाइल्याण्ड विश्वकै दशौं बढी पर्यटक भित्र्याउने देश थियो । थाई एयरवेजले स्टार एलियन्सको सहकार्यमा ७८ अन्र्तराष्ट्रिय बिमानस्थलहरुबाट दैनिक पर्यटक ल्याउँछ ।
त्यहाँ ९ वटा अन्र्तराष्ट्रिय विमानस्थलहरु छन् । भारत एशियामा अर्को धेरै पर्यटक ल्याउने देश हो । बाषिर्क २ करोड ५० लाखको हाराहारीमा भारतमा पर्यटकहरु आउने गर्दछन् । त्यहाँ १२ वटा अन्र्तराष्ट्रिय विमानस्थलहरु रहेका छन् । इण्डियन एयरलाइन्सले दैनिक ८५ वटा अन्र्तराष्ट्रिय विमानस्थलहरुबाट भारतमा पर्यटकहरु ल्याउछन् । त्यहाँका अन्य निजी कम्पनीहरुले पनि अन्र्तराष्ट्रिय उडानहरु भर्छन् ।
नेपालको भने अन्र्तराष्ट्रिय उडान भर्ने एउटै मात्र कम्पनी नेपाल एयरलाइन्स हो । यसले बल्ल ७ वटा अन्र्तराष्ट्रिय बिमानस्थलहरुमा मात्र दैनिक उडान भर्छ ।
यहाँ १ वटा मात्र अन्र्तराष्ट्रिय विमानस्थल रहेको छ । भएको एउटा अन्र्तराष्ट्रिय बिमान पनि सीएनएनको २०१५ को प्रतिवेदनमा संसारकै तेस्रो खराब हवाइ मैदानको सुचीमा आयो । यस हिसाबले हेर्दा नेपाली एयरलाइसले संसारभरि बजारक्षेत्र बिस्तार गर्न नसक्नु नै हवाइ भाडा महंगो हुने प्रमुख कारण हो ।
अरु देशहरुले संसारभरिबाट आफ्नो देशमा सस्तोमा यात्रुहरु ओर्साछन्, नेपालले त्यो हवाइ सञ्जाल फिँजाउन सकिरहेको छैन । यसबाहेक नेपालले अपनाउने भिसा प्रणालीले पनि थोरै पर्यटक संख्यामा असर गरिरहेको छ ।
हाम्रो भिसा प्रणालीः

युरोपका २६ वटा राष्ट्रहरु सेङजन राष्ट्रहरु हुन् । यी २६ वटा देशहरुमध्ये एउटा देशको भिसा लिएर ३ महिनाभित्र बाँकी २५ वटा देशहरु समेत सजिलै घुम्न सकिन्छ ।
लोनली प्लानेटको सर्वेक्षणमा २०१२ को संसारका १० आर्कषक टे्रकिङमार्गहरुमा नेपालको सगरमाथा क्षेत्र चौथो र भारतको अरुणाञ्चल प्रदेशका हिमाली श्रृंखलाहरु पाँचौ स्थानमा परेका थिए । तर सगरमाथा क्षेत्रबाट अरुञ्चल प्रदेश जान वा अरुणाञ्चल प्रदेशबाट सगरमाथा क्षेत्र आउन एकजना पर्यटकले भारत र नेपाल दुवै प्रशासनिक निकायबाट भिसा लिनुपर्ने हुन्छ । हामी एशियाको ६ वटा देशहरु जोडिएको ग्रेट हिमालयन ट्रेलको मार्केटिङ गछौर्ं । तर, उक्त ट्रेल घुम्न खोज्ने पर्यटकलाई एकै प्रशासनिक केन्द्रबाट भिसा दिन मिल्ने सुविधाको बारेमा सोच्दैनौं ।
नेपाल आउन सजिलो र सस्तो कसरी बनाउने ?

स्पष्ट भइसकेको छ कि नेपाल आउन महंगो हुनुको कारण हामीले अन्र्तराष्ट्रिय गन्तब्यहरु कभर गर्न सकिरहेका छैनौं । अन्र्तराष्ट्रिय गन्तब्यहरु कभर गर्न धेरै हवाइजहाजहरु चाहिन्छ । अहिले औसतमा एशियाका प्रमुख गन्तब्यहरुको २० प्रतिशतमात्र बजार हिस्सा दाबी गर्ने हो भने हालको ९ वटा जहाजमा १४ वटा थपेर २५ वटा पुर्‍याउनैपर्छ ।
हवाइजहाज खरिद र बजार सञ्जालको बिस्तारसँगै हवाइ मैदानको कुरा आउँछ । त्यसैले छिटो पोखरा र निजगढमा अन्र्तराष्ट्रिय विमानस्थल बनाउनुपर्दछ र काठमाडौंको स्तरोन्नति गर्नुपर्छ ।
यद्यपि अहिले नै तत्काल यतिका जहाज किनेर बजारमा आक्रामक प्रतिष्पर्धा गर्ने हाम्रो स्थिति नभएको अवस्थामा भारत वा चीन आएका पर्यटकहरुले त्यहाँको भिसा लिएकैबेला एकै प्रशासनिक केन्द्रबाट नेपालको समेत भिसा दिन सकिने व्यवस्थाका लागि पहल गर्ने हो भने हवाइमार्गबाट चीन र भारत आएका थुप्रै बिदेशी पर्यटकहरु सस्तो भाडादरमा सडकमार्गबाट नेपाल आउन सक्नेछन् ।
दिल्ली-काठमाडौं बससेवा सुचारु भइसकेको अवस्था र चीनबाट नेपालको मार्ग हुँदै एशिया जोड्ने सिल्क रोडको परियोजना कार्यान्वयन भइरहेको अवस्थामा नेपालले कुटनीतिक पहलबाट यो निर्णय गर्न सकियो भने बर्षेनी भारत र चीन आउने पर्यटकहरु केही दिनका लागि नेपाल निस्कँदा मात्र पनि नेपालको पर्यटनमा ठूलो टेवा पुग्नेछ । This article was published in onlinekhabar.com. To see original article click here

No comments:

Post a Comment